Live
| आइतबार, असार ६, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज, राजनीति

लगातार पाँच बैठकमा अनुपस्थित सांसद कारबाहीमा पर्न सक्ने

2026 Jun 21 8:09 PM 6

विज्ञापन

Birat Cancer Hospital
लगातार पाँच बैठकमा अनुपस्थित सांसद कारबाहीमा पर्न सक्ने

विराटनगर । प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले लगातार पाँच वटा बैठकमा अनुपस्थित रहने सांसदमाथि कारबाही हुन सक्ने व्यवस्था गरेको छ।

समितिले स्वीकृत गरेको नयाँ कार्यविधिअनुसार सभापतिको पूर्वअनुमतिबिना लगातार पाँच बैठकमा अनुपस्थित रहने सदस्यलाई समितिबाट हटाउन सभापतिले सभामुखसमक्ष सिफारिस गर्न सक्नेछन्।

कार्यविधिले बैठकमा अनुपस्थित हुने सदस्यले कारणसहित सभापतिलाई जानकारी गराउनुपर्ने व्यवस्था पनि गरेको छ। लगातार पाँच बैठकमा उपस्थित हुन नसक्ने सदस्यले लिखित रूपमा आफ्नो स्पष्टीकरण पेश गर्नुपर्ने उल्लेख गरिएको छ।

त्यस्तै, समितिको बैठकको कार्यसूची सामान्य अवस्थामा बैठक बस्नुभन्दा कम्तीमा एक दिनअघि सदस्यहरूलाई उपलब्ध गराउनुपर्ने प्रावधान राखिएको छ। आकस्मिक बैठक वा एकै दिनमा एकभन्दा बढी बैठक बस्नुपर्ने अवस्थामा भने कार्यसूची कम्तीमा आधा घण्टा अगाडि जानकारी गराउन सकिने व्यवस्था गरिएको छ।

समितिले सांसदहरूको उपस्थितिलाई थप व्यवस्थित र जवाफदेही बनाउन तथा बैठक सञ्चालनलाई प्रभावकारी बनाउन यो कार्यविधि लागू गरेको जनाएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

तेस्रो सर्किट ब्रेकपछि आजै रोकियो नेप्सेको कारोबार, ६ प्रतिशत उकालोसँगै बजार बन्द

Mar 9

वेब स्टोरिज

छुटाउनुभयो कि ?