Live
| बिहिबार, साउन २१, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज

मोरङ कारागारमा वृद्ध कैदीको मृत्यु

2026 Jun 21 8:03 PM 89

विज्ञापन

Birat Cancer Hospital
मोरङ कारागारमा वृद्ध कैदीको मृत्यु

विराटनगर । मोरङ जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक वृद्ध कैदीको उपचारका क्रममा मृत्यु भएको छ।

सुन्दरहरैँचा नगरपालिका–६ निवासी ७० वर्षीय रामप्रसाद दाहालको आइतबार बिहान निधन भएको कारागार प्रशासनले जनाएको छ। कारागार प्रशासक राजन घिमिरेका अनुसार शनिबार बिहान अचानक चक्कर लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिएपछि दाहाललाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएको थियो।

अस्पतालमा उपचार भइरहेको अवस्थामा स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि आइतबार बिहान करिब २ बजे उनको मृत्यु भएको हो। कारागार प्रशासनका अनुसार दाहाल बिरामी परेलगत्तै उनका परिवारजन र आफन्तलाई जानकारी गराइएको थियो। उपचारकै क्रममा परिवारका सदस्यहरूको उपस्थितिमा उनको निधन भएको जनाइएको छ।

दाहाल जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका थिए। उनलाई २०७५ पुस ६ गते पुर्पक्षका लागि कारागार चलान गरिएको थियो भने पछि जिल्ला अदालत मोरङले १६ वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसलाअनुसार उनले २०९१ पुस ६ गतेसम्म कैद भुक्तान गर्नुपर्ने थियो।

हालसम्म करिब साढे सात वर्ष सजाय भुक्तान गरिसकेका दाहालको बाँकी कैद अवधि पूरा हुनुअघि नै मृत्यु भएको हो। उनको शव हाल कोशी अस्पतालमा राखिएको छ भने परिवारलाई जिम्मा लगाउने प्रक्रिया अगाडि बढाइएको कारागार प्रशासनले जनाएको छ।

मोरङ जिल्ला कारागारमा हाल १ हजार २ सय ८ जना कैदीबन्दी रहेका छन्। तीमध्ये १ जना आश्रित बालिका, १ सय १० जना महिला तथा १ हजार ९७ जना पुरुष कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13

वेब स्टोरिज

छुटाउनुभयो कि ?