Live
| शनिबार, असोज ३०, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज

बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध स्थानीय र व्यापारी आन्दोलित, हुलाकी मार्ग अवरुद्ध

अ अबिजाल बिष्ट · 2026 May 7 5:46 PM 103

विज्ञापन

Birat Cancer Hospital
बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध स्थानीय र व्यापारी आन्दोलित, हुलाकी मार्ग अवरुद्ध

सिरहा । सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने सरकारको निर्णयविरुद्ध स्थानीयवासी र व्यापारीहरू आन्दोलनमा उत्रिएका छन्। विरोध प्रदर्शनका कारण बरियारपट्टी चोक क्षेत्रमा हुलाकी मार्ग अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ।

सरकारले २०८३ वैशाख २४ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेको थियो। उक्त निर्णयले सीमावर्ती क्षेत्रको व्यापार, राजस्व संकलन र स्थानीय आर्थिक गतिविधिमा असर पर्ने भन्दै स्थानीयवासी तथा व्यापारीले निर्णय फिर्ताको माग गरेका छन्।

बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा भेला भएका प्रदर्शनकारीहरूले सडकको बीचभागमा बेन्च राखेर बिहान करिब ८:३० बजेदेखि हुलाकी मार्ग अवरुद्ध गरेका थिए। सडक अवरुद्ध हुँदा पूर्व–पश्चिमतर्फ गुड्ने सवारीसाधन प्रभावित भएको स्थानीयले बताएका छन्।

आन्दोलनरत पक्षले बरियारपट्टी छोटी भन्सार कार्यालय पुनः सञ्चालन गर्नुपर्ने माग अघि सारेको छ। उनीहरूका अनुसार भन्सार कार्यालय बन्द हुँदा सीमावर्ती बजारको कारोबार घट्ने, व्यवसायीलाई समस्या पर्ने र स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर पर्नेछ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा प्रवक्ता रमेशबहादुर पालले अवरुद्ध सडक खुलाउने विषयमा आन्दोलनकारीसँग वार्ता र समन्वय भइरहेको जानकारी दिए। उनका अनुसार स्थिति सामान्य बनाउन प्रयास जारी छ। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकसमेत खटिएको बताइएको छ।

प्रदर्शनमा बजार व्यवस्थापन समिति अध्यक्ष अम्बेय कुमार यादव, सुखीपुर उद्योग व्यापार समिति सचिव सञ्जय कुमार यादव, वडा अध्यक्ष विनोद यादवलगायत स्थानीयवासी तथा व्यापारीहरूको सहभागिता रहेको थियो।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला