Live
| मंगलबार, भदौ १५, २०८३
EN
arya newro
BiraKhabar
अपराध, ब्रेकिङ्ग न्यूज

विराटनगरमा श्रीमतीको हत्या, हराएको निवेदन दिने श्रीमान् नियन्त्रणमा रिपोर्ट: अबिजाल बिष्ट

अबिजाल बिष्ट · 2026 Mar 25 4:27 PM 313

विज्ञापन

Birat Cancer Hospital
विराटनगरमा श्रीमतीको हत्या, हराएको निवेदन दिने श्रीमान् नियन्त्रणमा रिपोर्ट: अबिजाल बिष्ट
संक्षेपमा
  • १. विराटनगर–१७ मा कल्भर्टमुनि तन्नाले बेरेको अवस्थामा भेटिएको महिलाको शव विराटनगर–१५ की कोमलकुमारी साहको भएको पुष्टि भएको छ।
  • २. प्रहरीका अनुसार श्रीमान् रोशन साहले श्रीमती हराएको भन्दै निवेदन दिएका थिए, तर अनुसन्धानमा उनीमाथि नै हत्या आरोप लागेको छ।
  • ३. प्रारम्भिक अनुसन्धानले घरायसी विवादपछि हत्या गरेर शव लुकाइएको देखाएको छ भने प्रहरीले विस्तृत अनुसन्धान जारी राखेको छ।

११ चैत, विराटनगर । विराटनगर महानगरपालिका–१७ मा कल्भर्टमुनि फेला परेको महिलाको शवको पहिचान खुलेको छ। प्रहरीका अनुसार उक्त शव विराटनगर–१५ की कोमलकुमारी साहको हो।

मंगलबार साँझ स्थानीयले कल्भर्टमुनि तन्नाले बेरेको अवस्थामा शव देखेपछि जनप्रतिनिधिमार्फत प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली घटनास्थल पुगेर शव नियन्त्रणमा लिई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लिलाराज लामिछानेका अनुसार मृतकका श्रीमान् रोशन साहले केही दिनअघि श्रीमती हराएको भन्दै इलाका प्रहरी कार्यालय रानीमा निवेदन दिएका थिए। शवको हुलिया र हराएकी महिलाको विवरण मिलेसँगै प्रहरीले रोशनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

प्रहरी स्रोतका अनुसार कोमलकुमारी चैत ६ गतेदेखि घरमा थिइनन्। त्यसको दुई दिनपछि चैत ८ गते रोशनले श्रीमती हराएको भन्दै हुलियासहित निवेदन दिएका थिए। तर निवेदन परेको दुई दिनमै मंगलबार बेलुका कल्भर्टमुनि शव फेला परेपछि घटनाले नयाँ मोड लिएको हो।

प्रारम्भिक अनुसन्धानबाट घरायसी विवादपछि रोशनले पत्नीको हत्या गरेर शव लुकाउने प्रयास गरेको आशंका गरिएको प्रहरीले जनाएको छ। शव भेटिएको स्थान मृतकको घरबाट करिब पाँच किलोमिटर टाढा रहेको बताइएको छ।

प्रहरीका अनुसार शव सडेको तथा दुर्गन्धित अवस्थामा रहेकाले सुरुमा पहिचान गर्न कठिन भएको थियो। तर हराएका व्यक्तिसम्बन्धी निवेदन अध्ययन गर्दा शवको हुलिया विवरणसँग मिलेको र त्यसपछि अनुसन्धानको दिशा स्पष्ट भएको हो।

डीएसपी लामिछानेले घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रहरीले अहिले घटनाको कारण, समय र संलग्नताको थप प्रमाण संकलन गरिरहेको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न