Live
| शनिबार, असोज २३, २०८३
EN
arya newro
BiraKhabar
अर्थ वाणिज्य, ब्रेकिङ्ग न्यूज

सुन तोलामा ६ हजार ५ सयले घट्यो, सातामै ३४ हजार रुपैयाँ सस्तियो

2026 Mar 23 6:03 PM 283

विज्ञापन

Birat Cancer Hospital
सुन तोलामा ६ हजार ५ सयले घट्यो, सातामै ३४ हजार रुपैयाँ सस्तियो
✦ संक्षेपमा
  • • १. सोमबार सुनको मूल्य प्रतितोला ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७५ हजार ५ सय रुपैयाँमा झरेको छ।
  • • २. एक साताको अवधिमा सुनको भाउ कुल ३४ हजार रुपैयाँले घटेको छ।
  • • ३. चाँदीको मूल्य पनि प्रतितोला ११५ रुपैयाँले घटेर ४ हजार ४२५ रुपैयाँमा कायम भएको छ।

९ चैत, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ६ हजार ५ सय रुपैयाँले सस्तिएको हो।

अघिल्लो दिन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ७५ हजार ५ सय रुपैयाँमा कायम भएको छ। यसअघि पनि सुनको मूल्यमा तीव्र गिरावट देखिएको थियो। एक सातामै सुनको भाउ कुल ३४ हजार रुपैयाँले घटेको महासंघले जनाएको छ।

गत सोमबार सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। त्यतिबेला प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको रेकर्ड छ।

विशेषज्ञहरूका अनुसार पश्चिम एसियामा चर्किएको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा तेल महँगिएको छ। तेल खरिदका लागि अमेरिकी डलरको माग बढ्दा डलर पनि बलियो बनेको छ। यही दबाबका कारण सुन बिक्री बढ्न गई यसको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

तेलको मूल्यवृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति बढ्ने चिन्ता पनि देखिएको छ। त्यसले विभिन्न देशका केन्द्रीय बैंकमाथि ब्याजदर बढाउने दबाब सिर्जना गरेको छ। ब्याजदरमा यस्तो दबाब परेपछि सुनचाँदीजस्ता बहुमूल्य धातुको मूल्यमा असर परेको विश्लेषण गरिएको छ।

यता चाँदीको मूल्य पनि सोमबार घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ५४० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ११५ रुपैयाँले घटेर ४ हजार ४२५ रुपैयाँमा झरेको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला