५ चैत, विराटनगर । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन्।
बैठकमा सभापति गगनकुमार थापाले राजीनामा दिएको विषयबारे औपचारिक जानकारी गराउने कार्यसूची तय गरिएको छ। साथै, हालैको निर्वाचनमा पार्टीले भोगेको पराजयबारे प्रारम्भिक विवरण पनि बैठकमा प्रस्तुत गरिनेछ।
तल्ला तहबाट सबै विवरण संकलन भइनसकेकाले उपसभापति शर्माले उपलब्ध प्रारम्भिक सूचनाका आधारमा पराजयको अवस्थाबारे बैठकलाई जानकारी गराउने बताइएको छ।
केन्द्रीय कार्यालयले यसअघि सबै निर्वाचन क्षेत्रमा परिपत्र गर्दै हार र जित दुवैको कारण खुलाएर लिखित विवरण पठाउन निर्देशन दिएको छ। पार्टीले पराजित तथा निर्वाचित दुवै पक्षबाट प्रतिवेदन मागेर समग्र समीक्षा गर्ने तयारी गरेको छ।
