Live
| शनिबार, असार २६, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज, राजनीति

एमालेको समानुपातिक सूची टुंगियो, १६ सांसदको नाम तय

अबिजाल बिष्ट · 2026 Mar 15 8:07 AM 166

विज्ञापन

Birat Cancer Hospital
एमालेको समानुपातिक सूची टुंगियो, १६ सांसदको नाम तय
संक्षेपमा
  • एमालेले समानुपातिकतर्फबाट संसदमा जाने १६ जनाको नाम टुंग्याउँदै कुल २५ सांसदको सूची लगभग स्पष्ट गरेको छ।
  • सूचीमा समानुपातिकतर्फ पार्टीका पदाधिकारी र पुराना नेताहरू बढी परेका छन् भने प्रत्यक्षतर्फ विजयी हुनेहरू तुलनात्मक रूपमा युवा देखिएका छन्।
  • यसले एमालेभित्र प्रत्यक्षमा नयाँ पुस्ता उदाएको र समानुपातिकमा पुरानै नेतृत्वको प्रभाव कायम रहेको चित्र देखाएको छ।

विराटनगर, १ चैत — नेकपा एमालेले समानुपातिकतर्फबाट संसदमा जाने १६ जनाको नाम अन्तिम रूप दिएको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये समावेशी सिद्धान्तअनुसार नाम छनोट गरेको हो।

बैठकमा धेरै लामो बहस नभएको नेताहरूले बताएका छन्। सिट संख्या सीमित भएकाले बन्दसूचीभित्रैबाट छिट्टै निर्णय गरिएको र प्रस्तुत नामहरूमा अधिकांशको सहमति रहेको स्रोतको भनाइ छ। यद्यपि मधेशी पुरुष क्लस्टरको नाम चयनमा उपमहासचिव रघुवीर महासेठले असहमति जनाए पनि अन्ततः चण्डेश्वर मण्डलकै नाम सिफारिस गरिएको बताइएको छ।

खासगरी खस-आर्य र आदिवासी–जनजाति जस्ता प्रतिस्पर्धी क्लस्टरमा पार्टीका शीर्ष तहका नेताहरू बन्दसूचीको अगाडिका नम्बरमा रहेकाले विकल्पबारे धेरै छलफल हुन सकेन। स्रोतका अनुसार सूचीको सुरुमै पदाधिकारीहरू परेकाले उनीहरूकै उपस्थितिमा अर्को विकल्पमाथि खुलेर चर्चा हुने अवस्था बनेन।

आदिवासी–जनजाति पुरुषतर्फ पहिलो नम्बरमा रहेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ स्वतः सिफारिसमा परेका छन्। २०७७ सालमा तत्कालीन नेकपा विभाजनका बेला ओली पक्षमा लागेका बादलले त्यसयता कुनै लाभको पद पाएका थिएनन्। यसपटक प्रत्यक्ष चुनाव लड्ने तयारी नगरेपछि उनलाई समानुपातिक सूचीको शीर्ष स्थानमा राखिएको थियो। यही समूहबाट कुलभक्त शाक्य पनि सिफारिस भएका छन्।

खस-आर्य पुरुषतर्फ पूर्वउपाध्यक्ष गुरु बराल पहिलो नम्बरमा रहेकाले सांसद सिफारिस भएका छन्। उनी लामो समयदेखि निर्वाचनमा पराजित हुँदै आए पनि ओलीनिकट भएकाले पुनः अवसर पाएको विश्लेषण गरिएको छ। यही समूहबाट एमाले लेखा आयोगका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पुष्प कँडेल पनि सिफारिस भएका छन्।

खस-आर्य महिलातर्फ पार्टी सचिव पद्या अर्याल सांसद बन्ने निश्चितजस्तै भएको छ। उनी यस क्लस्टरको पहिलो नम्बरमा थिइन्। यस समूहबाट टुकाभद्र हमालको नाम पनि सिफारिस गरिएको छ।

अन्य सिफारिस भएका नामहरूमा आदिवासी–जनजाति महिलातर्फ भूमिका सुब्बा र गंगादेवी श्रेष्ठ छन्। सुब्बा जनसांस्कृतिक महासंघकी केन्द्रीय अध्यक्ष हुन् भने श्रेष्ठ एमाले बागमती प्रदेश कार्यालय सचिव हुन्। त्यसैगरी थारु पुरुषबाट कृपाराम राना, दलित महिलाबाट विष्णुमाया विके र नीता घतानी, मधेशी महिलाबाट रिङ्ला यादव र यशोधाकुमारी यादव तथा मुस्लिम महिलाबाट साजिदा सिद्दीकी सिफारिस भएका छन्।

समानुपातिक सूची टुंगिएसँगै एमालेका कुल २५ सांसदको चित्र स्पष्ट भएको छ। यो सूची हेर्दा प्रत्यक्षतर्फ निर्वाचित हुनेहरू अपेक्षाकृत युवा देखिएका छन् भने समानुपातिकबाट आउनेहरू मुख्यतः पदाधिकारी र पुराना नेताहरू छन्।

प्रत्यक्षतर्फ चुनाव लडेका सबै पदाधिकारी पराजित भए पनि केन्द्रीय सदस्यहरू सुहाङ नेम्वाङ, क्षितिज थेबे, ऐन महर र मोहम्मद इस्तियाक राई विजयी भएका छन्। उनीहरू क्रमशः ३६, ३८, ४१ र ४६ वर्षका छन्। बाँकी विजेताहरू पनि तुलनात्मक रूपमा कम उमेर समूहकै छन्—यज्ञबहादुर बोगटी ५०, गणेशसिंह ठगुन्ना ५७, राजेन्द्र राई ५९, अर्जुनकुमार कार्की ६२ र लक्ष्मीप्रसाद पोखरेल ६३ वर्षका छन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
2

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?