Live
| शनिबार, साउन २, २०८३
EN
arya newro
BiraKhabar
ब्रेकिङ्ग न्यूज

आजदेखि लगातार ७ दिन सार्वजनिक बिदा सुरु

2026 Mar 2 3:00 PM 191

विज्ञापन

Birat Cancer Hospital
आजदेखि लगातार ७ दिन सार्वजनिक बिदा सुरु

विराटनगर | १८ फाल्गुन २०८२ (March 2, 2026), विराटनगरसहित देशभर आजदेखि लगातार सात दिन सार्वजनिक बिदा सुरु भएको छ। फागुपूर्णिमा (होली), प्रतिनिधिसभा निर्वाचन र अन्तर्राष्ट्रिय नारी दिवस एकै समय आसपास परेकाले यो लामो बिदा परेको हो।

सरकारले विभिन्न चाडपर्व र निर्वाचनलाई मध्यनजर गर्दै फागुन १८ गतेदेखि २४ गतेसम्म सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायहरू बन्द रहने जनाएको छ।

आज फागुन १८ गते पहाडी क्षेत्रहरूमा होलीको बिदा दिइएको छ भने भोलि फागुन १९ गते तराई क्षेत्रमा होली मनाइने भएकाले बिदा रहनेछ। यसपछि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सरकारले फागुन २०, २१ र २२ गतेसम्म तीन दिन सार्वजनिक बिदा घोषणा गरेको छ।

निर्वाचनपछि फागुन २३ गते शनिबार परेको छ भने त्यसको भोलिपल्ट फागुन २४ गते अर्थात् ८ मार्चका दिन अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा पनि सार्वजनिक बिदा दिइएको छ।

यसरी होली, निर्वाचन र नारी दिवसको बिदा जोडिँदा आजदेखि अर्को हप्तासम्म लगातार सात दिन लामो सार्वजनिक बिदा परेको हो।

यो अवधिमा सरकारी सेवा, बैंक तथा शैक्षिक गतिविधिहरू प्रभावित हुने भए पनि सर्वसाधारणले भने लामो बिदाको अवसरलाई विभिन्न तरिकाले उपयोग गर्ने तयारी गरेका छन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?