Live
| शनिबार, साउन २, २०८३
EN
arya newro
BiraKhabar
बिचार

मोरङ क्षेत्र न. ५ मा १६ बर्षपछि जनताले बिकासको अनुभुति पाए

2016 Dec 28 6:29 AM 60

विज्ञापन

Birat Cancer Hospital
मोरङ क्षेत्र न. ५ मा १६ बर्षपछि जनताले बिकासको अनुभुति पाए
नेपाली काग्रेसका सांसद अमृत अर्याल मोरङको राजनितिको केन्द्र मानिनु हुन्छ । कोइराला निवासको चहलपहल अहिले अर्याल निवासमा हुन्छ ।  अर्याल विराटनगरमा रहदा कार्यकर्ताको सधै भिड हुने गर्छ । अर्यालकोमा पुगेका कार्यकर्ता कहिले पनि निरास भएर फर्कनु नपरेको बताउछन । अर्यालको चुनाव क्षेत्र मोरङ क्षेत्र नम्बर ५ हो ।  विगत १६ वर्ष देखि विकास निर्माणको काम नभएको सो क्षेत्रमा आर्यलको विजय सँगै विकासको लहर चलेको छ । विगतमा शैलजा आचार्य, बद्री प्रसाद मण्डलले सो क्षेत्रबाट चुनाव लडेका थिए । मोरङ काग्रेसमा  तिन कार्यकाल अर्यालले नेतृत्व दिनु भयो । अर्याल सँग विराटखबरले मोरङको विकास निर्माणमा केन्द्रित भएर कुराकानी प्रस्तुत छ ।  १.तपाईले आफ्नो निर्वाचन क्षेत्रमा कस्ता–कस्ता कार्य गरि रहनु भएको छ? =विकास निर्माण स्वभाविक प्रक्रिया हो । म जुन निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्छु ,त्यहाँका बहुसंख्यक जनता गरिविको रेखामुनि छन् । देशको राजनैतिक परिस्थितको कारणले पनि त्यो क्षेत्रको विकास निर्माणको काममा ठूलो प्रभाव परेको थियो । विगत १६ वर्ष देखि त्यस क्षेत्रको विकास निर्माणको काम शून्य अवस्थामा थियो । मोरङको क्षेत्र नम्बर–५ बाट नेपाली काग्रेसकी नेत्रृ शैलजा आचार्यले पनि सांसद हुनुभयो । उहाँले पनि विकास निर्माण र त्यस भेगका आदिवासी जनताको उत्थानको लागि पहल गर्नु भएको थियो तर त्यसले निरन्तरता पाउन सकेन । अरु पनि त्यो क्षेत्रबाट सासद हुनु भयो । सासद फेरिए पनि विकास निर्माणले त्यो क्षेत्रको मुहार फेरिन सकेन । मैले चुनावको समयमा त्यस क्षेत्रका जनता सँग प्रतिवद्धता जनाएको थिए । मैले त्यहाका जनतालाई ५ वर्षको लागि सहयोग गर्नु भयो भने विकास गरेर देखाउने भनेको थिए तर प्रतिवद्धता जनाएर काम नगर्ने प्रबृद्धि छ, त्यसलाई तोड्नको लागि पनि मैले विकास निर्माणको काममा केन्द्रित भएको छु । २.तपाईको क्षेत्रमा भएका मुख्य समस्या के हुन ? = हेर्नुस यस क्षेत्रको जनता करिव र पिछाडी पर्नुको मुल कारण अशिक्षा नै हो । ३. विद्यार्थीलाई नै प्रोत्साहित गर्नुको कारण के हो ? =विद्यार्थीहरु भनेका भोलीका कर्णधार हुन । उनीहरुमा शिक्षा दिनसके यो समुदायका जनता स्वतः अगाडी बढने छन् । शिक्षाको चेतनाले उनीहरुलाई नेत्रृत्वदायी तहसम्म पु¥याउन सकिन्छ । देश विकासमा गर्न जनता सँग हातेमालो गरेर मात्र सम्भव छ । गत वर्ष क्षेत्र नम्बर–५ मा रहेका सरकारी स्कुलबाट एस.एल.सी. परिक्षामा उत्तिर्ण हुने सम्पुर्ण विद्यार्थीहरुलाई साइकल वितरण गरेको थियौ । त्यसै गरी १२ थान ल्यापटप पनि वितरण गरेका थियौ । गएको वर्षायाममा बाढीबाट पिडीत जनतालाई २० लाख मुल्य बराबरको विभिन्न सामाग्री वितरण गरेका थियौ । केन्द्रमा अनुरोध गरेर मैले यसक्षेत्रमा अति आवश्यक भएका ५ ठाउंमा पुल निर्माणको काम सुरु गराएको छु । त्यस मध्ये तिन वटा पुल यसै आर्थिक वर्षमा सम्पन्न हुने छ । १३ किलोमिटर पिच सडक निर्माण गरेको छु । त्यसैगरी १४ वर्ष पछि गाउंमा विजुली पु¥याएको छु । मोरङको क्षेत्र नम्बर–५ मा पर्ने पत्येक गा.वि.स.मा पिच सडक पु¥याउने लक्ष्य रहेको छ । ३. विराटनगर उपमहानगरपालिकाको वडा–२२ क्षेत्र नम्बर ५ मा पर्छ । त्यहां मुस्लिम समुदायको बसोबास रहेको छ । त्यो समुदायलाई कसरी सहयोग गरिरहनु भएको छ ? = विराटनगर उपमहानगरपालिका–२२ मा मुख्य समस्या ढलको रहेको थियो । त्यसको समाधानका लागि मैले विराटनगर उपमहानगरपालिका संमन्वय र सहकार्य गरेर कामलाई अगाडी बढाइ सकेको छु । विराटनगर उपमहानगरपालिकाको वार्ड न. १६ देखि २२ वडा सम्म ढलको नाला निर्माण कार्य सम्मपन्न हुदैछ । ४. मोरङको राजनितीको केन्द्रमा तपाई रहदै आउनु भएको छ । तपाई विराटनगर वासी पनि हुनुहुन्छ । विराटनगर धुलो र ढलको समस्याले आक्रान्त छ । यसको समाधानको लागि तपाईले के पहल गर्नु भएको छ ? = यसको समाधानको लागि विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृतलाई घच्घच्याउने काम गरीरहेको छु । एसियाली विकास बैकको सहयोगमा सुरुभएको आयोजना समयमै सक्ने भनेको थिए । अगाडीबाट भत्तकाउदै जाने र पछिपछि बनाउने क्रमलाई संग– संगै लैजानु पर्ने बताएको थिए । त्यसो हुन नसक्दा अहिले विराटनगरबासीले सास्ति व्यहोर्नु परेकोछ । अहिले आउनु भएका कार्यकारी अधिकृत सँग मैले कुरा गरी सकेको छु । भत्तकाउने काम भइसकेकोले यसको नियन्त्रण गर्न नसकिने बताए । उहांले दुई बर्ष भित्रमा विराटनगर सुन्दरनगर बन्ने बताएका छन् । त्यसैले विराटनगरबासिले यो विकासको काम भएकोले सहयोगको भावना राख्नु पर्छ । ५.कुनै समय मोरङ केन्द्रलाई चुनौति दिन सक्ने सामथ्र्य राख्थ्यो, यो जिल्लाबाट धेरै प्रधानमन्त्रि र मन्त्रि भए तर पनि यस क्षेत्रका जनताले अपेक्षाकृत विकास देख्न पाएनन् नि ? =बास्तवमा तपाईले भनेको कुरा सत्य हो । राजनैतिक हिसाबमा मोरङको उचाई निकै माथि थियो । राजनैतिक रुपमा मोरङलाई एक कदम अगाडी नै मानिन्थ्यो । त्यसको अनुपातमा मोरङले विकासको रफतारलाई भने समात्न सकेन । धेरै जना मोरङबाट मन्त्रि हुनु भयो तर मोरङ जिल्लाको समग्र विकास क्रम भने कहिले पनि अगाडी बढन सकेन । अब विकासले गति लिनु पर्छ र यसको थालनी पनि भएको छ । मोरङको विकासका लागि आवश्यक पुर्वाधार विकास गराउन धेरै वटा मन्त्रालय धाइरहेको छु । विराटनगरको एयरपोर्टको विस्तारको लागि धेरै पटक पर्यटन मन्त्रालय गएको छु । यहाँ ठूला जहाज पनि अवतरण गर्न सक्ने बनाउनको लागि प्रयास जारी राखेको छु । त्यस्तै मोरङबाट प्रतिनिधित्व गर्नु हुने सांसदहरु सँग मिलेर त्यसको नेत्तृत्व मैले नै लिएर विकासका लागि केन्द्रमा घचघच्याउने काम गरिरहेका छौ । ६.तपाईहरुको बास्केट बजेट योजना र मोरङको १३ बुंदे घोषणा पत्र कहा पुग्यो ? =विराटनगरको सँगै समग्र मोरङको विकासलाई मध्यनजर गर्दै यो कदमलाई अगाडी बढाएका थियौ । यसलाई अगाडी लैजाने काम भइरहेको छ । विमानस्थल, रेल–वे (आइसिपी), किमाथांका सडक, विद्युत लगायतका क्षेत्रको विकास र विस्तारलाई समेटेर १३ बुंदे घोषणपत्र जारी गरेका थियौ । ७.अन्त्यमा मोरङलाई आफ्नो राजनितिको आधार बनाउनुको कारण के हो यस बारे केही बताई दिनु हुन्छ की ? = मेरो जन्म मोरङमै भएको हो । म पनि तराई बासि नै हुं । हामीहरु २ सउ ५० वर्ष देखि यस क्षेत्रमा बसोबास गर्दै आएका हौ । मलाई राजनिति सिकाउने ठाउं पनि मोरङ नै हो । मेरो राजनीतिक यात्रा मोरङबाटै सुरु भएको हो । मोरङ प्रति मेरो अगाध प्रेम छ । यहाँका जनता सँग पनि मेरो प्रगाढ सम्बन्ध रहेको छ । जहाँ हुर्की बढी ठूलो भइयो जुन ठाउँले मलाई राजनीति गर्न सिकायो, जहाँका जनताले मलाई अगाध मायाँ गर्नुहुन्छ त्यहा राजनीति नगरेर कहाँ गर्नु । ८. तपाईंका योजना अरू के छन् ? हामीले मोरङमा प्रादेशिक राजधानी राख्ने अभियान यस अघिनै थाली सकेका थियौे । त्यो आज पनि जारी छ । कुनै पनि हालतमा प्रादेशिक राजधानी विराटनगरलाई बनाउछौ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?