Live
| बुधबार, भदौ १६, २०८३
EN
arya newro
BiraKhabar
बिचार

बिरामीले किड्नीमा हुने पथरीेको शल्यक्रिया युरोलोजिष्टबाट मात्र गर्नु पर्ने–डा. जुविन सिलवाल (एम.एस.) युरोलोजिष्ट

2016 Dec 28 7:52 AM 82

विज्ञापन

Birat Cancer Hospital
डा. जुबिन सिलवाल युरोलोजिष्टमा पूर्वमा चलेको नाम हो । पूर्वाञ्चलमा किड्नीमा हुने पथरी, मुत्रथैली र नलीको  पथरी तथा पुरुष गुप्त रोगहरुको उपचारमा आफ्नो नाम अग्रस्थानमा ल्याउन डा. सिलवाल सफल भएका छन् । उहाँ तिनवर्ष देखि विराटनगर स्थित बिराट नर्सिंहोममा विरामीहरुको उपचारमा सक्रिय हुनुहुन्छ । विराटनगरकै नोबेल मेडिकल कलेजमा २ वर्ष काम गरि सक्नु भएकोछ । काडमाण्डौमा जन्मनु भएका डा. सिलवालको पुर्खौली घर पनौतीको खोपासी हो । उहाँले १२ कक्षा सम्म काठमाण्डौमै अध्ययन गर्नु भयो । डाक्टरी भने पोखराको मणीपाल कलेजबट गर्नु भयो । पन्जाव युनिभर्सिटी पाकिस्तान लाहोरबाट युरोलोजिष्टमा एम.एस. गर्नु भएको हो । मृगौला, मुत्रथैलीमा भएका पथरीका विरामीहरु सहि चिकित्सक सम्म पुग्न नसक्दा किड्नी(मृगौला) गुमाउन बाध्य भएका छन् । मृगौलाको पथरीको सल्यक्रिया सामान्यतया अन्य चिकित्सकहरुले पनि गर्ने गरेका छन । डा. सिलवाल यसलाई गलत भएको बताउनु हुन्छ । मृगौेला रोगीहरु सम्बन्धित युरोलोजिष्ट अध्ययन गरेका डा. सम्म नपुग्दा बिरामीहरुले किड्नी गुमाउनु परेका थुप्रै घटनाहरु छन् यसमा बिरामीहरु आफै सचेत हुनु पर्दछ । डा.सिलवालसंग पुर्वी क्षेत्रमा  मृगौला, मुत्रथैली, मुत्रनलीमा भएको अवस्था लगायतका विषयमा केन्द्रित भएर विराट खबरले गरेको कुराकानी प्रस्तुत छ ः– १.युरोलोजिष्ट डा.हरुले कस्ता कस्ता रोगको उपचार गर्छन? = यसमा मृगौला, पिसावथैली, पिसावनलीमा हुने पथरी त्यसैगरी प्रोस्टेट, पुरुष यौन रोग, गुप्त रोग, लिङगको समस्या उपचार गरिन्छ । त्यसैगरी एड्रीनल गल्यााण्डमा भएको समस्याहरुको पनि हामी उपचार गर्छौ । यिनै अंगहरुमा हुने रोगहरुको उपचार युरोलोजिष्टले गर्दछन् । २.मृगौलाको पथरी हुँदा कस्तो कस्तो लक्ष्यण देखिने गर्छ ? = मृगौलाको पथरीमा मुख्य गरी दुखाइनै बढी हुने गर्छ । त्यसमा पेट अत्याधिक दुख्ने हुन्छ । त्यसैगरी ढाडको दुंखाइ हुन्छ, कम्मर पनि दुख्छ, पथरी तल झरेपछी पिसाव पोल्ने, पिसावमा पिप जाने जस्ता लक्ष्यण देखिन्छ । ३.प्रोस्टेट भएको विरामीहरुले कसरी थाहा पाउन सक्छन ? = खास गरी ५० वर्ष नागेका पुरुषहरुमा प्रोस्टेट हुने सम्भावना बढेर जान्छ । सुरुमा प्रोस्टेट भएका पुरुषहरुलाई पिसाब फेर्ने क्रममा समस्या हुन्छ । प्रोस्टेट अझै बढदै गएको अवस्थामा पिसाब रोकीने सम्म पनि हुन्छ । पिसाव फेर्न असजिलो हुन्छ । पिसाव फेरे पनि सबै ननिख्रने समस्या भएमा डाक्टरको सल्लाह लिनु राम्रो हुन्छ । ४.पुरुष गुप्त रोग भन्नाले कस्तो लाई बुझाउछ ? = यसमा खासगरी नपुङसक, सन्तान नहुने लगायत पर्छन । त्यसै गरी विर्य उत्पादनमा कमी हुन्छ । लिङग राम्ररी सिधा नहुने लगायतका समस्या पर्दछन् । ५ पुर्वाञ्चलका धेरै बिरामीहरु यस बिराटनर्सिङ अस्पतालमा आउने गर्दछ, यही बसेर तपाईले पूर्वाञ्चलका धेरै विरामीहरुको उपचार गरिसक्ुन भएको छ, पूर्वमा किड्नीमा हुने पथरीको समस्याको अवस्था कस्तो पाउनु भएको छ ? = मैले उपचार गराउन आएका विरामीहरुका आधारमा पूर्वक्षेत्रमा किड्ने को समस्या धेरै पाएको छु । तराई क्षेत्र त्यो पनि गर्मीको समस्या बढी हुन्छ । गर्मीको कारणले पनि किड्ने को समस्या हुने गरेको छ । यसका साथै अन्य कारण पनि हुन्छन् । गर्मीमा शरिरबाट बढी पसिना आउने गर्छ । त्यसको अनुपातमा हाम्रो खानपानले गर्दा पनि किड्नीमा समस्या हुने गर्छ । म संग उपचार गर्न आउने मध्येमा करिव ४० प्रतिशतमा किड्नीको समस्या हुने गरेको छ । खासमा सर्वसाधारणमा किड्नीमा हुने समस्या र कसरी सुरुक्षित गर्ने भन्ने बारे चेतनाको अभाव छ । अहिले हाम्रो खानपानमा पनि धेरै परिवर्तन भएको छ । यसले पनि किड्नेको विरामी बढाउन सहयोग गरेकोछ । अहिले जङ–फुड, मसलेदार खाना, रक्सी, चिया कफि जस्ता खानाको अधिक प्रयोगले किड्नीको समस्यालाई बढाएको छ । ६.किड्नी हुने वित्तिकै शल्यक्रिया गर्र्नै पर्छ ? = त्यस्तो हुदैन । विरामीको अवस्था हेरेर शल्यक्रिया गर्नु पर्ने वा नगर्नु पर्ने टुङगो लगाउछौ । हामी नेपालीको बानी समय समयमा जाच गर्दैनौ । समस्या भए पछि मात्र डाक्टर काहां जान्छौ । किड्नेको अवस्था कस्तो छ । त्यसको बारेमा जानकारी समयमा लिदैनौ । बिभिन्न परिक्षण, ल्याब टेष्ट पछि मात्र शल्यक्रिया गर्ने नगर्ने टुङगोमा पुग्नु पर्छ । १० एम.एम. भन्दा कमको पथरी मृगौलामा छ भने त्यो शल्यक्रिया गर्नु पर्दैन तर बिरामीको अबस्था हेरेर कहिले काही गर्नु पर्ने पनि हुन्छ । ७ शल्यक्रिया नगर्दा किड्नी मा असर पर्ने सम्भावना हुन्छ ? = सही ठाउंमा इलाज हुन नसक्दा त्यस्तो हुन सक्छ । जोसुकैले पनि किड्नीकोे उपचार गर्न खोज्ने हुंदा यस्तो समस्या हुने गर्छ । किड्नेको समस्यामा युरोलोजिष्टले नै हेर्नु पर्छ । उनीहरुले यस सम्बन्धि अध्ययन र अनुभव लिएका हुन्छन । किड्नेको अवस्था हेरेर उनीहरुले शल्यक्रिया गर्नु पर्ने वा नगर्नु पर्ने टुङगो लगाउछन् र सल्लाह पनि दिन्छन् । सानो छ औषधीले नै जान्छ भनिन्छ, अनि अनेक प्रकारका होमोप्याथिक औषधी प्रयोग गर्न थाल्छौ तर कहिले काही जटील अवस्था सृजना गर्न सक्छ । जसले किड्नेनै नस्ट गराइ फेर्नु पर्ने अवस्थामा पु¥याउछ । ८ पथरीको कारणले मात्र किड्नी(मृगौला) लाई फेलियर (काम नलाग्ने) बनाउछ ? = पथरीको कारणले मात्र मृगौला असफल हुदैनन । यसमा अन्य कारणहरु पनि छन । ब्लड प्रेसर, सुगर लगायतको कारणले पनि मृगौला असफल हुन्छ । विरामीहरु कहिले होमियो पेथिक औषधिमा पूर्णरुपमा भर परिदीनाले पनि मृगौला असफल हुने गरेकोछ । त्यसैले यस्ता दिर्घ रोगिहरुले समय समयमा मृगौलाको परिक्षण गरिरहनु पर्छ । ९ किड्नीमा हुने पथरीको उपचारमा कस्ता कस्ता नंया प्रविधि आएका छन्? =पहिला पहिला चिरेर मात्र किड्नेको पथरी निकाल्न सकिन्थ्यो । अहिले त्यसको विकल्पमा नया प्रविधिहरु आएका छन् । नया प्रबिधि आउने क्रम पनि छ । अहिले विराट हस्पिटलमा पि.सि.एन.एल. प्रविधिबाट किड्नीको पथरी निकालिन्छ । यस प्रविधिमा किडनीमा सानो प्वाल पारेर निकालिन्छ । अहिले सम्म यो प्रविधिलाई सफल मानिएको छ । त्यसै गरी अन्य प्रविधिमा यू.आर.एल र लेजर प्रविधि पनि रहेका छन् । १०.अहिले सम्म तपाइले कति विरामीको शल्यक्रिया गरी सक्नु भयो ? = अहिले सम्म विराट हस्पिटलमा पि.सि.एन.एल. विधीबाट १ हजार जनाको किड्नी मा हुने पथरीको शल्यक्रिया गरी सकेको छु । पिसावनलीका पथरी भएका १५ सय जना बिरामीहरुको शल्यक्रिया गरीसकेको छु । यस अस्पतालमा ५ सय जतिको प्रोस्टेटको शल्यक्रिया गरेको छु । ११ तपाईले गरेका मध्ये जटिल शल्यक्रिया सम्झनु पर्दा कुनै त्यस्ता छन् होला? =एक जना विरामीको मृगौलामा पुरै पथरी भरिएको थियो । त्यसको सफल शल्यक्रिया गरेका छौ । त्यस्तै अर्का एक बिरामीको पिसाब थैलिमा क्यान्सर भएको थियो । हामीले सफल रुपमा पिसाव थैली फेरेका छौ । १२ पूर्वमा किड्ने(मृगोैला)को खरिद विक्री कत्तिको हुने गरेको छ ? = पूर्वमा किड्नी (मृगौला) प्रत्यारोपण नहुने भएकोले त्यसको अनुभव छैन । सम्भव नहोला पनि । १३ अन्तमा विरामीहरुलाई तपाईको सुझाव के होला? = म विरामीहरुलाई यति मात्र भन्न चाहन्छु । किड्नी(मृगौला) जोगाउ र किड्नेमा पथरी छ भने यसबारे जानकारी युरोलोजिष्ट डाक्टरहरु संग सल्लाह लिएर समस्याको समाधान गर्न तिर लाग्न सल्लाह दिन्छु मेरैमा वा म संग नै आएर सल्लाह लिनु पर्छ भन्ने होइन मात्र युरोलोजिष्ट पढेका डाक्टरहरु संग मात्र जान फेरी सल्लाह दिन्छु । सही डाक्टरकोमा जाउं र पथरीको समस्यालाई हेलचेक्राइ नगरौ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न