Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आर्मीका सोम र नेपाल प्रहरीकी चन्द्रकला उत्कृष्ट खेलाडी

2016 Dec 28 2:44 PM 62

विज्ञापन

Birat Cancer Hospital
सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत एथलेटिक्सको पुरुषमा नेपाल आर्मीका सोमबहादुर कुमाल र महिलामा नेपाल प्रहरीकी चन्द्रकला लाम्गादे मंगलबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । सोमबहादुर कुमालले ४ सय र ८ सय मिटर दौड तथा ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जिते । चन्द्रकलाले सटपुट र ज्याभ्लिन दुवै कीर्तिमानी स्वर्ण जितिन् । समग्रमा आर्मीले सर्वाधिक २२ स्वर्ण जित्दै टिम च्याम्पियन बन्यो । पुरुष १० हजार मिटर दौडमा गोपीचन्द पार्की पहिलो भए । उनले निर्धारित दूरी ३१ मिनेट ३९.०५ सेकेन्डमा पूरा गरे । सो स्पर्धाको महिलामा ३७ मिनेट १६.९० सेकेन्ड समय खर्चदै एपीएफकी कान्छीमाया कोजु स्वर्ण जित्न सफल भइन् । पुरुष ४ सय मिटर दौडमा आर्मीका सोमबहादुर कुमाल पहिलो भए । उनले ४९.६८ सेकेन्ड समय खर्चे । सोही स्पर्धाको महिलामा आर्मीकी संगीता मेचे पहिलो भइन् । निर्धारित दूरी संगीताले १ मिनेट ०२.६० सेकेन्डमा तय गरिन् । ४ सय मिटर पुरुष हर्डल्समा आर्मीका रामप्रसाद थारु पहिलो भए । ४ गुणा १० मिटर रिलेको पुरुषमा आर्मी पहिलो, मध्यमाञ्चल दोश्रो र एपीएफ तेश्रो भए । उक्त स्पर्धाको महिलामा आर्मी पहिलो, मध्यपश्चिमाञ्चल दोश्रो तथा एपीएफ तेश्रो भए । 1 3  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?