Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराट एक्स्पो फागुनमा हुने

2017 Jan 8 6:30 PM 62

विज्ञापन

Birat Cancer Hospital
विराट एक्स्पो फागुनमा हुने
विराटनगर । विराट एक्स्पो (मेला) २०७३ फागुन ११ देखि १७ गतेसम्म विराटनगरमा हुने भएको छ । उद्योग संगठन मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गरी मेला आयोजना गर्ने विषयमा जानकारी गराएको हो । कृषि सम्बन्धि परियोजनाहरुलाई एकै थलोमा राखि कृषि तथा औद्योगिक क्षेत्रको विकास, कृषिको व्यवसायिकरण, औद्योगिक उत्पादन तथा प्रविधि बारे जानकारी दिनुका साथै मेलामा नया“ प्रविधि र उत्पादनका विषयमा समेत जानकारी उपलब्ध हुनेछ । मेलाले उत्पादक र उपभोक्ता बीचको सम्बन्ध बिस्तार, कृषि तथा औद्योगिक क्षेत्रमा लगानी मैत्री वातावरणको सिर्जना गर्ने आयोजकको विश्वास छ । विश्वव्यापी र क्षेत्रीय अवधारणाबाट कृषि तथा औद्योगिक क्षेत्रमा पर्ने असर र लाभका क्षेत्रको पहिचानका साथै पर्यटन प्रवद्र्धनमा समेत मेलाले जोड दिनेछ । आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने नाराका साथ हुन लागेको मेलाको सह–आयोजकमा कृषि मन्त्रालय, क्षेत्रीय कृषि निर्देशनालय, पशुपङ्क्षी विकास मन्त्रालय, क्षेत्रीय पशुसेवा निर्देशनालय, जिल्ला विकास समिती मोरङ र विराटनगर उपमहानगरपालिका रहेका छन् । मेलामा औद्योगिक उत्पादन तथा वस्तुहरु, कृषि, जडिबुटि उत्पादन र कृषि औजार, सूचना प्रविधि, वैकल्पिक उर्जा, अटोमोबाईल्स तथा पार्टस, हस्तकलाका सामग्रीहरु, विद्युतीय सामग्रीहरु, घरायसी सामाग्रीहरु, गार्मेन्ट, खाद्य पदार्थका स्टल हुनेछन् । मेलामा एक करोड १० लाख रूपैयाँ खर्च लाग्ने र मेलामा ४५ करोड रूपैयाँ भन्दा बढीको कारोबार हुने आयोजकले विश्वास लिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?