Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

कुनैपनि हालतमा संशोधन प्रस्ताव पारित हुन दिन्नौं : ओली

2017 Jan 9 4:58 PM 114

विज्ञापन

Birat Cancer Hospital
विराटनगर÷नेकपा एमालेका अध्यक्ष के. पि. शर्मा ओलीले संविधान संशोधनका विषयमा सर्वोच्च अदालतले गरेको फैसला सरकारले नबुझेको आरोप लगाउनुभएको छ । विराटनगरमा आज नेकपा एमाले मोरङको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतले यो प्रस्ताव संविधान बिपरित छ तर संसदमा छलफल गर्न चाही सकिन्छ भनेको अबस्थामा संसदीय मूल्य मान्यता बिपरित जाल, झेल गरेर, झुक्याएर प्रस्ताव प्रस्तुत गरेको बताउनुभयो । जसरी तास र जुवामा खेल तासको पत्ति र कौडाको खेल हुन्छ तर हारजित सम्पत्तिको हुन्छ त्यसैगरी संविधान संशोधन प्रस्तावमा कुरा भएपनि यसमा राष्ट्रियता, स्वाभिमान, राष्ट्रिय हित र अखण्डताको हारजित हुने भएकाले एमालेले कुनैपनि हालतमा प्रस्ताब पास हुन नदिने ओलीले बताउनुभयो । गैरनेपालीलाई नागरिकता दिएर आफुहरूले गल्ति गरेको भन्दै अध्यक्ष ओलीले नागरिकता पाएपछि उनीहरूले नै एमालेलाई प्रवेश निषेध गर्ने कुरा गर्न थालेको बताउनुभयो । पृथ्वीनारायण शाहको “जाई कटक नगर्नु झिकी कटक गर्नु” भन्ने दिब्योपदेश उद्धृत गर्दै अध्यक्ष ओलीले एमालेले कसैलाई आक्रमण नगर्ने तर कसैले एमाले माथि आक्रमण गरे त्यसले ज्यादै नराम्रो मूल्य चुकाउनु पर्ने बताउनुभयो । जात जाती, भाषा भाषी लगायत विविधता भएको क्षेत्रमा विद्वेष, घृणा फैलाएर आफ्नो दुनो सोझ्याउने व्यवसाय फस्टाएको भन्दै ओलीले त्यसप्रति सजग हुन आग्रह गर्नुभयो । आफु प्रधानमन्त्री भएपछि जनपक्षिय कार्य गरेको र कसैलाई भेदभाव एवम् काखापाखा नगरेकाले गुटबन्दी गर्नुपर्ने आबश्यकता नभएको भन्दै ओलीले सकेसम्म सर्वसम्मतिबाट नेतृत्व चयन गर्न यदी सर्वसम्मत गर्न नसके स्वस्थ्य प्रतिस्पर्धा गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । नेकपा एमाले मोरङको आठौं जिल्ला अधिवेशन पुष २७ गतेसम्म चल्ने छ । अधिवेशनले एमाले मोरङको नयाँ नेतृत्व समेत चयन गर्नेछ । अध्यक्षका लागि एमाले मोरङका वर्तमान अध्यक्ष महेश रेग्मी र पूर्व अध्यक्ष विनोद ढकाल नेतृत्व हत्याउने होडमा छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला