Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

काजको बिरुद्धमा शिक्षक आन्दोलन

2017 Jan 17 7:44 AM 101

विज्ञापन

Birat Cancer Hospital
काजको बिरुद्धमा शिक्षक आन्दोलन

बिराटखबर संबादाता मोरङ । जनता नमुना माध्यमिक विद्यालय विराटनगर–३ मा शिक्षकहरुले लगाएको ताला अझै खुल्न सकेको छैन् । आन्तरिक विवादका कारण शिक्षक काज सरुवाको विरोध गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरुले गत पुस १९ गतेदेखि लगाएको हो । शिक्षकहरु संग कुनै सल्लाह नगरी आफु खुशी काजमा शिक्षक ल्याए पछि बिद्यालयमा समस्या शुरुआत भएको हो । यसका आर्थिक चलखेल भएको अनुमान गर्न सकिन्छ । ३७ बर्षअघि नमुना विद्यालय घोषणा गरिएको जनता स्कुलमा प्रधानाध्यापक र शिक्षक बीचको मतभेदले जीर्ण बनेको विद्यालयको ताला अझै नखुलेको हो । पुस १९ गते स्कुलको सम्पूर्ण गतिविधी ठप्प गरेर आन्दोेलनमा उत्रिएका शिक्षकहरुले २० गतेदेखि प्रधानाध्यापकको कार्यकक्षमा ताला लगाएर आन्दोलनमा उत्रिएका छन् । स्कुलबाट सेवा अवधि सकिएर सामाजिक विषयका शिक्षक प्रदिप विश्वासले अवकास लिएपछि उनको स्थानमा गणित विषयका अभिमन्यू यादवलाई प्रधानाध्यापक विजयकुमार रौनियारले स्कुलमा हाजिर गराएको भन्दै सवै शिक्षक आन्दोलनमा उत्रिएका थिए । प्रधानाध्यापक रौनियारको कार्यकक्षमा ताला लगाएका शिक्षकहरु काजमा आएका शिक्षक अभिमन्यू यादवलाई फिर्ता नभएसम्म तालाबन्दी नखोल्ने बताउदै आएका छन् । तीन दशकअघिसम्म पूर्वाञ्चलमा नाम चलेको विद्यालय शिक्षक– शिक्षक विचको विवादले गर्दा मर्ज गर्नु पर्ने अवस्थामा छ । २०६७ सालमा प्राधानाध्यापक भएर आएका बिजयकुमार रौनियार आफुखुसी चलेका कारण अन्य शिक्षकहरु रुष्ट छन् । प्राधानाध्यापक रौनियार आर्थिक रुपमा पारदर्शी नभएका कारण शिक्षकहरु प्र.अ. रौनियार संग खुशि छैन् भने बिद्यालयको पढाई समेत प्रभावित हुदै आएको छ । प्र.अ. रौनीयारले सधै पेलेर अघि बढ्न खोजेको शिक्षकहरुको गुनासो छ । विकास निर्माण, छात्रवृद्धि लगायत अन्य काम सञ्चालनका लागि सामाजिक परीक्षण गराउनु पर्छ । तर रौनियारले सामाजिक परिक्षण गराउन चासो नदिएको बताइएको छ । उता प्रधानाध्यापक रौनियार छलफल भैरहेकाले ताला चाडै खुल्ने बताउछन् । जिल्ला शिक्षा कार्यालय मोरङका प्रमुख देवेन्द्रराज खनाल शिक्षक सरुवाको विषयलाई लिएर आन्दोलन भएको आफूलाई जानकारी आएको बताउछन् । तर समस्या समाधान तर्फ लागेको देखिदैन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला