Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

काजको बिरुद्धमा शिक्षक आन्दोलन

2017 Jan 17 7:44 AM 56

विज्ञापन

Birat Cancer Hospital
काजको बिरुद्धमा शिक्षक आन्दोलन

बिराटखबर संबादाता मोरङ । जनता नमुना माध्यमिक विद्यालय विराटनगर–३ मा शिक्षकहरुले लगाएको ताला अझै खुल्न सकेको छैन् । आन्तरिक विवादका कारण शिक्षक काज सरुवाको विरोध गर्दै आन्दोलनमा उत्रिएका शिक्षकहरुले गत पुस १९ गतेदेखि लगाएको हो । शिक्षकहरु संग कुनै सल्लाह नगरी आफु खुशी काजमा शिक्षक ल्याए पछि बिद्यालयमा समस्या शुरुआत भएको हो । यसका आर्थिक चलखेल भएको अनुमान गर्न सकिन्छ । ३७ बर्षअघि नमुना विद्यालय घोषणा गरिएको जनता स्कुलमा प्रधानाध्यापक र शिक्षक बीचको मतभेदले जीर्ण बनेको विद्यालयको ताला अझै नखुलेको हो । पुस १९ गते स्कुलको सम्पूर्ण गतिविधी ठप्प गरेर आन्दोेलनमा उत्रिएका शिक्षकहरुले २० गतेदेखि प्रधानाध्यापकको कार्यकक्षमा ताला लगाएर आन्दोलनमा उत्रिएका छन् । स्कुलबाट सेवा अवधि सकिएर सामाजिक विषयका शिक्षक प्रदिप विश्वासले अवकास लिएपछि उनको स्थानमा गणित विषयका अभिमन्यू यादवलाई प्रधानाध्यापक विजयकुमार रौनियारले स्कुलमा हाजिर गराएको भन्दै सवै शिक्षक आन्दोलनमा उत्रिएका थिए । प्रधानाध्यापक रौनियारको कार्यकक्षमा ताला लगाएका शिक्षकहरु काजमा आएका शिक्षक अभिमन्यू यादवलाई फिर्ता नभएसम्म तालाबन्दी नखोल्ने बताउदै आएका छन् । तीन दशकअघिसम्म पूर्वाञ्चलमा नाम चलेको विद्यालय शिक्षक– शिक्षक विचको विवादले गर्दा मर्ज गर्नु पर्ने अवस्थामा छ । २०६७ सालमा प्राधानाध्यापक भएर आएका बिजयकुमार रौनियार आफुखुसी चलेका कारण अन्य शिक्षकहरु रुष्ट छन् । प्राधानाध्यापक रौनियार आर्थिक रुपमा पारदर्शी नभएका कारण शिक्षकहरु प्र.अ. रौनियार संग खुशि छैन् भने बिद्यालयको पढाई समेत प्रभावित हुदै आएको छ । प्र.अ. रौनीयारले सधै पेलेर अघि बढ्न खोजेको शिक्षकहरुको गुनासो छ । विकास निर्माण, छात्रवृद्धि लगायत अन्य काम सञ्चालनका लागि सामाजिक परीक्षण गराउनु पर्छ । तर रौनियारले सामाजिक परिक्षण गराउन चासो नदिएको बताइएको छ । उता प्रधानाध्यापक रौनियार छलफल भैरहेकाले ताला चाडै खुल्ने बताउछन् । जिल्ला शिक्षा कार्यालय मोरङका प्रमुख देवेन्द्रराज खनाल शिक्षक सरुवाको विषयलाई लिएर आन्दोलन भएको आफूलाई जानकारी आएको बताउछन् । तर समस्या समाधान तर्फ लागेको देखिदैन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो