विराटनगर । जनता नमुना माध्यमिक विद्यालय बिराटनगर–३ मा शिक्षकहरुले लगाएको ताला तीन साता पछि खुलेको छ । शिक्षक सरुवाको विषयलाई लिएर स्कुलमा कार्यरत शिक्षकहरुले प्राधानाध्यापक विजयकुमार रौनीयारको कार्यकक्षमा लगाएको ताला खुलेको छ । काज सरुवा भएका शिक्षक अभिमन्यू यादवलाई फिर्ता लैजाने सहमती भएपछि बुधवार शिक्षकहरुले रौनियारको कार्यकक्षमा लगाएको ताला खोलेका हुन् । मंगलबार स्कुलका पूर्वअध्यक्ष, पूर्व्शिक्षक, जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि र स्थानीयबासीको उपस्थितिमा भएको छलफलपछि ताला खोल्ने सहमति भएको थियो । मोरगंमा यस्ता शिक्षक सरुवा र काजमा ल्याउदा शिक्षकहरुको हकहितका लागि खुलेका संघ सगठनहरुका नेताले पैसा लिएर यस्ता काम गर्ने गरेका छन् । बिराटनगर बजार क्षेत्रमा अहिले पनि काजमा धेरै शिक्षकहरु रहेका छन् जुन बिद्यार्थीहरुको अनुपात संग मिल्दैन् भने ग्रामिण क्षेत्रका बिद्यालयमा भने शिक्षक कम छन् । यही कारणले गर्दा ३ साता भन्दा बढी बिद्यालयको पढाई प्रभावित भयो ।
बिद्यालयको ताला खुल्यो
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन
May 10
