Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिराट मेडिकल जनरल बिमोचन

2017 Jan 24 4:31 PM 60

विज्ञापन

Birat Cancer Hospital
बिराट मेडिकल जनरल बिमोचन

पुर्वाञ्चल बिश्वबिद्यालयका मेडिकल डिन डा. सिद्धार्थ कोइराला र विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले सयुक्त रुपमा पहिलो पटक मेडिकल जरनल बिमोचन गरेका छन् । मेडिकल कलेजले एक कार्यक्रमको आयोजना गरी बिराट जरनल अफ हेल्थ साइन्स नामक त्रैमासिक जरनलको बिमोजन गरेको हो । चिकित्सा क्षेत्रमा दिन प्रतिदिन भएको उपलब्धि तथा विभिन्न रोगहरुको उपचार पद्दतिको बारेमा यस जरनलले जानकारी गराउन उद्धेश्यका साथ मेडिकल कलेजले प्रकाशनमा ल्याएको हो । मेडिकल कलेजको आफना एउटा सपना हुन्छ त्यो सपनालाई पुरा गर्न चिकित्सकहरुको समुहले नै सहयोग गर्दछ तसर्थ आज त्यो टिमले यो जरनल तयार गरेको छ । तयार गर्नलाई मात्र होइन यसलाई त राष्ट्र्रिय तथा अन्तराष्ट्र्रिय सम्म हेर्न लायक बनाउनु चुनौति रहेको छ । तसर्थ संसारले हेर्ने आर्टिकल समाबेश गरी बिस्तारै बढाउने अध्यक्ष डा. कार्कीले बताउनु भयो । नेपालमा ६ वटा मेडिकल कलेज मात्र जरनल प्रकासित गरेको छ । विभिन्न नयां तथा अत्याधुनिक प्रविधिहरुको प्रयोगबाट उपचारको बारेमा जानकारी यस जनरलले गराउने छ । यो जरनल राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको मापदण्डमा रहेको प्रकाशन गरिएको सम्पादन समुहका डा. एसोसियट प्रोफेसर डा. हेम सागर रिमालले बताउनु भयो । यो जरनलको पहिलो संस्करण तयार गर्न करिब सात महिना लागेको हुनाले अन्तरिष्ट्र्रय मापदण्ड अनुसार नै यसलाई प्रकासन ल्याएको डा. रिमालको भनाई छ । चिकित्सा क्षेत्र सम्बन्धि विभिन्न ज्ञान मुलक तथा नविनतम रिसर्च सामग्रीहरु समावेस हुने यस जरनल आगामी दिनमा प्रत्येक चार–चार महिनामा प्रकाशित हुने स्टुडेन्ड अफेयर्स डाइरेक्टर काशीनाथ चुडालले बताउनु भयो । साथै डाईरेक्टर चुडाले जरनलको सफलताको कामना समेत गर्न भयो । बिमोचन कार्याक्रममा डा. सिद्धार्थ कोइराला, ललित कुमार राजबंशी, म्यानेजर प्रबिण क्षेत्री लगायतले आफना कुरा राख्नु भएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?