Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

निर्वाचन नभए राजनीतिक र संवैधानिक संकट : ओली

2017 Feb 4 7:59 PM 64

विज्ञापन

Birat Cancer Hospital
विराटनगर÷नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष के. पी. शर्मा ओलीले आगामी माघ सात गतेभित्र तिन ओटा निर्वाचन गर्न नसके मुलुकमा संवैधानिक र राजनीतिक संकट आउने बताउनुभएको छ । प्रेस चौतारी मोरङले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले मुलकलाई संकटमा पार्ने षडयन्त्रका बिरूद्ध एमाले उभिने र सरकारले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभयो । मुलुकमा राजनीतिक स्थिरता आउने भयो, मुलुक सम्बृद्धिको बाटो तिर जानलाग्यो, विदेशीको इशारामा चलेन भनेर आफ्नो सरकार ढालेर बर्तमान सरकार बनेको भन्दै अध्यक्ष ओलीले विदेशीको इशारामा चल्ने सरकार निर्वाचन गर्न नसक्ने जिकिर गर्नुभयो । मुलुकलाई संकटमा नपार्ने भन्दै अध्यक्ष ओलीले मुलुकलाई संकटबाट पार लगाउन एमाले अघिसर्ने बताउनुभयो । मुलुकलाई संकटबाट पार लगाउन एमालेले निर्वाचन गर्ने अध्यक्ष ओलीको भनाई थियो । मुलुकको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र राष्ट्रहितको पक्षमा दृढता पुर्वक उभिन अध्यक्ष ओलीले पत्रकारहरूसँग आग्रह गर्नुभयो । प्रेस चौतारी मोरङले यो वर्षको कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कारबाट शान्ति दाहाललाई पुरस्कृत गरेको छ । कार्यक्रममा अध्यक्ष ओलीले पत्रकार दाहाललाई प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । पुरस्कारको राशी १० हजार रूपैयाँ नगद रहेको छ । प्रेस चौतारी मोरङले आफ्नो स्थापना दिवसका अबसरमा प्रेस चौतारीका संस्थापक उपाध्यक्ष यज्ञ शर्मा, मोरङ शाखाका संस्थापक अध्यक्ष दिपेन न्यौपाने, कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कार स्थापना गर्ने सीता सिग्देल र जनार्दन मैनाली पत्रकारिता पुरस्कार स्थापना गर्ने कमला मैनालीलाई सम्मानित गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?