मोरङ । कानुनमन्त्री अजयशंकर नायकले सरकार स्थानीय निकायको चुनाव गराउन लागि परेको बताउनु भयो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा विराटनगरमा आयोजित “जातीय भेदभाव तथा छुवाछुत विरुद्धको कानुनी अभियान” नामक गोष्ठीमा संविधान कार्यान्वयनलाई सरकारले प्राथमिकताका साथ अघि बताउनु भयो । मन्त्री नायकले संविधान कार्यान्वयनका लागि भएपनि स्थानीय निकायको चुनावलाई शिघ्रता दिनुपर्नेमा जोड दिदैं सबैको बुझाईमा एकरुपता आउन नसक्दा जातीय विभेद तथा पहिचान मेटाउने काम रोक्न जटिलता सिर्जना भएको बताउनुभयो । “सङ्घीयताले सबै पक्षलाई अधिकार सम्पन्न बनाउछ, देश एउटा युगबाट अर्कोमा प्रवेश गर्दैछ, त्यसैले सबैको बुझाइमा एकरुपता हुनुपर्छ” मन्त्रि नायकले सो कुरा बताउदै सरकार जुन सुकै हालतमा चुनाब गराउन लागि परेको बताउनु भयो । मधेशी मोर्चा संग छिटै छलफल गरी निचोडमा पुग्ने उहांको भनाई थियो । मन्त्री नायकले राज्य पुूजीगत खर्च गर्न असमर्थ रहेको भन्दै पुँजीगत खर्चको सही सदुपयोग गर्न सके अधिकांश समस्या सहजै समाधान हुने बताउनुभयो ।मन्त्रालयका सहसचिव डिल्लीराज घिमिरेले संविधान कार्यान्वयनका लागि विभिन्न विषयमा कानुन बनाउने कार्य प्राथमिकतामा रहेको भन्दै “गरिबका लागि सरकार” कार्यक्रममार्फत लक्षित वर्ग केन्द्रित कार्यक्रमहरु भइरहेको बताउनुभयो । अन्तरक्रियाका सहभागीले सुरक्षा निकायमा दलितहरुको सहभागितामा विभेद भएको, दलित कानुन प्रभावकारी नभएको तथा शिक्षा र चेतना उकास्ने प्रभावकारी संयन्त्र बन्न नसकेको लगायतका गुनासो गर्नुभयो । जातीय छुवाछुत तथा भेदभावविरुद्धका कानुनलाई प्रभावकारी कार्यान्वयन गर्नुका साथै सरोकारवाला निकायहरुबीच समन्वय र सहकार्य हुनुपर्नेमा उनीहरुले जोड दिए । कार्यक्रम प्रदेश नं.१ का सरोकारबाला निकाय, बिभिन्न सरकारी कार्यालयका प्रमुख, शिक्षक लगायत बिभिन्न मातहतका ब्यक्तिहरुको सक्रिय उपस्थिति थियो ।
स्थानीय निकायको चुनाब पहिलो प्राथमिकता–मन्त्री नायक
ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित
May 10टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो
May 11ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन
May 10
