Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ट्रम्पलाई चुनौती

2017 Feb 6 12:42 PM 59

विज्ञापन

Birat Cancer Hospital
ट्रम्पलाई चुनौती
अमेरिका प्रवेशमा सात मुस्लिम मुलुकहरुलाई रोक लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई अदालतले उल्टाइदिएको छ। ट्रम्पको आदेशविरुद्ध अमेरिकाको सियाटलका एक न्यायाधीसले वैधानिक भिषा हुने सबैले अमेरिका प्रवेश पाउने गरी अस्थायी आदेश दिएका हुन्। राष्ट्रपतिको आदेशविरुद्ध अमेरिकाको सियाटलका एक न्यायाधीसले वैधानिक भिषा हुने सबैले अमेरिका प्रवेश पाउने गरी अस्थायी आदेश दिएका छन्।सरकारी वकिलहरुले राष्ट्रपतिले दिएको कार्यकारी आदेशलाई कुनै पनि राज्यले चुनौती दिने ठाउा नरहेको भन्ने दाबी गरिरहेका बेला संघिय न्यायाधीस जेम्स रोबर्टको यस्तो आदेश आएको हो।यसअघि केही संघीय न्यायाधीशहरुले पनि राष्ट्रपतिको निर्णयविरुद्ध आदेश दिएका थिए। तर सियाटलका न्यायाधिसले दिएको यो पछिल्लो आदेश भने देशभरका लागि लागू हुनेछ। ट्रम्प प्रशासनमाथि महत्वपूर्ण चुनौती दिएको पछिल्लो आदेशविरुद्ध सरकारले तत्कालै पुनरावेदन दिने ठानिएको छ।भर्जि्निया, न्यूयोर्क, मासाचुसेट्स र मिसिगनमा पनि ट्रम्पको आदेशलाई चुनौति दिादै हालिएका मुद्दामा सुनुवाई भइरहेको छ। यसैबीच ट्रम्पको कार्यकारी आदेशपछि ६० हजार भिजा खारेज गरिएको अमेरिकी विदेश मन्त्रालयले बताएको छ। गत साता ट्रम्पले मुस्लिम बाहुल्यता रहेको सात देशका आप्रवासीहरुको अमेरिका प्रवेशबारे गरेको कार्यकारी निर्णयले जनप्रदर्शनहरु निम्त्याएका छन्। उक्त निर्णयले अमेरिकी विमानस्थलहरुमा दुविधाको वातावरण छ।यसअघि नर्वेका पूर्व प्रधानमन्त्री हेल माग्ना बुलभिकले एकसाता अघि अमेरिकाको विमानस्थलमा आफू थुनामा परेको बताएका थिए। आफूसाग इरानको यात्रा अनुमतिपत्र भएकाले उनकै शब्दमा त्यस्तो उत्तेजनात्मक कदम चालिएको हुनसक्ने उनले बताएका छन्।ट्रम्पले अमेरिकाको रक्षा गर्ने उद्देश्यले कार्यकारी आदेशमा हस्ताक्षर गरेको बताउादै उक्त प्रतिबन्ध मुसलमानहरुमाथि नभएको दाबी गरेका छन्। थुप्रै राज्यका महान्यायाधिवक्ताहरुले कार्यकारी आदेश असंवैधानिक भएको बताइरहेका छन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?