वर्तमान सरकारले नै स्थानिय तहको चुनाव गर्छ
Feb 11, 2017
2:48 PM
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै समय भित्र तीन वटै निर्वाचन हुने बताएका छन् । स्थानीय चुनाव भने प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गराउने उनले बताए ।
‘२०७४ माघ भित्र तीन वटै निर्वाचन हुन्छ’, नेपाली कांग्रेस क्षेत्र नम्बर दुईले शनिबार पालुङटार स्थित ठाटी पोखरी बजारमा आयोजना गरेको आमसभामा उनले भने, ‘चुनाव गराउने दायित्व कांग्रेसले पुरा गरि छाड्छ ।’उनले संविधान संशोधन गरेर मधेसवादी दललाई सहमतिमा ल्याउने प्रयास भइरहेको बताए । संविधान संशोधन भए मात्र तराई, पहाड र हिमालको एकता हुने उनले बताए ।