Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पत्रकार महासंघ मोरङको अध्यक्षमा बन्धु पोखरेल निर्वाचित

2017 Feb 19 5:05 PM 56

विज्ञापन

Birat Cancer Hospital
पत्रकार महासंघ मोरङको अध्यक्षमा बन्धु पोखरेल निर्वाचित

नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा बन्धु पोखरेल निर्वा्चित भएका छन्। प्रेस युनियन, मधेशी पत्रकार समाज र स्वतन्त्रको प्यानलवाट उम्मेदवारी दिएका अनन्तराज न्यौपानेलाई १८ मत अन्तरले पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन्। प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानलका उम्मेदवार पोखरेलले ९५ मत प्राप्त गरे भने न्यौपानेले ७७ मत प्राप्त गरेका थिए। उपाध्यक्षमा प्रेस युनियनका कुमोद अधिकारी विजयी भए भने , महिला उपाध्यक्षमा इन्दिरा भट्टराई र सुशीला पाठकले बराबरी मत ल्याएका छन् । उनीहरु दुवैले ८३ मत ल्याएका थिए ।

                  उपाध्यक्षमा प्रेस युनियनका अधिकारीले प्रेस सेन्टरका नवराज कट्टेललाई तीन मत अन्तरले हराएका हुन् । त्यस्तै सचिव पदमा पोखरेल प्यानलका अर्जुन आचार्य विजयी भएका छन् । उनले ९५ मत ल्याएका थिए । सहसचिवमा सन्तोष राईले ८९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्दी किरण न्यौपानेले ६८ र इश्वरी भट्टराईले १४ मत ल्याएका थिए । समावेसी सहसचिवमा सत्यनारायण शर्माले १ सय दुई मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्दी जितेन्द्र ठाकुर ६६ मत ल्याएर पराजित भएका थिए । कोषाध्यक्ष पदमा सन्तोष सिन्देल १ सय दुई मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी अरविन्दकुमार मेहताले ६६ मत ल्याएर पराजित भएका थिए ।

                                      त्यसैगरी महिला सदस्यमा ज्योती चौहान, दलित सदस्यमा किशोर विश्वकर्मा, मधेसी सदस्य पदमा नविन कर्ण, आदिवासी सदस्य पदमा प्रेम देवान विजयी भए । खुल्ला सदस्य पदमा श्रीमन्त भट्टराई, सरोज बस्नेत, कौशल निरौला, हरि अधिकारी, ध्रुव भट्टराई र सुमन घिमिरे विजयी भएका छन् । त्यस्तै केन्द्रीय पार्षद्मा अजित तिवारी, विजयहरि खितिवडा, विक्रम लुइाटेल, विक्रम निरौला, विनोद भण्डारी, कमल रिमाल लिलाबल्लभ घिमिरे, महेन्ऽ विष्ट, गोकुल पराजुली, मोहन भण्डारी, यज्ञप्रसाद शर्मा, सञ्जीव खनाल, उद्धव घिमिरे, विनु तिम्सिना, शान्ति, दाहाल, ललिता भट्टराई र उमा पोखरेल रहेका छन् ।

                                त्यसैगरी प्रदेश पार्षदमा अविजाल विष्ट, वासु पौडेल, विजय धिमाल, विजय प्रभात घिमिरे, व्रहमदेव यादव, सूर्यनारायण यादव, ध्रुव रिजाल, दिनेश सुब्बा, डीवी बस्नेत केशरबहादुर चौहान, केशवप्रसार भट्टराई, किसन साही, किशोर बस्नेत,लोकबहादुर चौहान, माधव अधिकारी, मोहन भट्टराई, नेत्रपी अधिकारी, प्रह्लाद गुरागाई, पुस्पराज थपलिया, सुदीप कोइराला, सुमन सुस्केरा र टेकप्रसाद अधिकारी रहेका छन् । अधिवेशनको निर्वाचनका लागि १ सय ८३ जना मतदातामध्ये १ सय ७५ मत खसेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?