Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सरकार र मधेसी मोर्चाबीच कुरा मिलेन : सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी

2017 Feb 19 5:28 PM 65

विज्ञापन

Birat Cancer Hospital
सरकार र मधेसी मोर्चाबीच कुरा मिलेन : सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी

काठमाडौं/ मधेसी मोर्चाले भने झैं संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने परिस्थिति नरहेको सत्तारुढ दलले निश्कर्ष निकालेका छन् ।

    प्रधानमन्त्री निवास वालुवाटारमा आइतबार बिहान बसेको प्रमुख सत्तारुढ दुई दलको बैठकले चुनाव घोषणा अब ढिलाई गर्न नहुने निश्कर्ष निकालेका हुन् । संविधान संशोधन गरेर निर्वाचनमा जाँदा ढिलो भन्दै तत्काल मिति घोषणा गर्ने सहमति गरिएको हो । शनिवार मधेसी मोर्चाका नेताहरु र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको वार्तामा संविधान संशोधन नगरी चुनाव घोषणा गरे सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाका नेताहरुले चेतावनी दिएका थिए ।

            सत्तारुढ कांग्रेस माओवादीको आइतबारको बैठकमा भने संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने हो भने चुनावै नहुने अवस्था आउन सक्ने निश्कर्ष निकालिएको हो । अहिलेको अवस्थामा संविधान संशोधन गरेर चुनाव सम्भव नभएको कांग्रेस र माओवादीका नेताहरुको निश्कर्ष रहेको बताइएको छ ।

बैठकले अबको मन्त्रिपरिषद् बैठकबाट स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले बताइन् । मन्त्रिपरिषद् बैठक सोमबार वा मंगलबार बस्नेछ ।

सरकारसँगको शनिबारको छलफल मात्र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनको प्रक्रिया टुंग्याएर मात्र निर्वाचन गर्नुपर्ने अडान राखेको थियो । तर, निर्वाचन आयोगले यसअघि दिएको सुझावलाईध्यानमा राखेर सरकारले पहिले निर्वाचनको मिति घोषणा गर्ने र मधेसी मोर्चासँग निरन्तर छलफल गर्ने भएको छ । आगामी जेठ १ र २१ गते स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगले फागुन ८ गतेभित्र मिति घोषणा गर्न भनेको थियो ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, कांग्रेस महामन्त्री शशांक कोइराला, शान्तिमन्त्री सीतादेवी यादव, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, मातृका यादव लगायत उपस्थित थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?