Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पत्रकार महासंघ केन्द्रीय कार्यालयमा फेरि तालाबन्दी

2017 Feb 22 4:52 PM 53

विज्ञापन

Birat Cancer Hospital
पत्रकार महासंघ केन्द्रीय कार्यालयमा फेरि तालाबन्दी

काठमाडौं । राजनीतिक भागबन्डाका आधारमा सदस्यता वितरण रोक्न माग गर्दै दुईजना पत्रकारले पत्रकार महासंघको केन्द्रीय कार्यालयमा आमरण अनशन सुरु गरेका छन् । महासंघका पाँचथर सभापति लवदेब ढुंगाना र इलामका सदस्य प्रेम अधिकारीले बुधबार विहान देखि केन्द्रीय कार्यालयमा तालाबन्दी गरी  अनशन सुरु गरेका हुन् ।  पत्रकार महासंघमा सदस्यता वितरणमा मनमरी हुन थालेको भन्दै चार बुदे माग राखेर उनीहरुले अनसन सुरु गरेको बताए ।

राजनैतिक भागबन्डाका आधारमा सदस्यता वितरण रोक्न, जिल्ला शाखा र प्रतिष्ठान शाखाको अधिवेशन तत्काल रोक्न, विधानविपरित बाहिरबाट ल्याइएका नयाँ सदस्यता र नविकरण कार्य फिर्ता गरी विधान बमोजिम नयाँ सदस्यता, नविकरण र स्थानान्तरणको अन्तिम टुङ्गो लगाएपछि मात्र अधिवेशन ६ महिना अघि तोक्न माग गरेका छन् । विधानविपरित संचालन गरिएका इलाम र ताप्लेजुङका जिल्ला अधिवेशन खारेजी गरी प्रतिनिधिहरुलाई कारबाहीको माग गरिएको छ ।

उनीहरुले लामो समयदेखि पत्रकारितामा निस्क्रिय रहेका, राजनीतिक कार्यकर्ता, सरकारी कर्मचारी र अन्य पेशामा संलग्न महासंघका साधारण सदस्यहरुको शुद्धिकरण अभियान तत्काल सुरु गर्न पनि माग गरेका छन् । यसअघि पनि नेपाल प्रेस युनियनले केन्द्रीय कार्यालयमा तालाबन्दी गरी तीनदिन पछि सहमतिमा खुलाएको थियो ।  इलाम, ताप्लेजुङ, दोलखा लगायतका जिल्लामा अझै तालाबन्दी कायमै छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13

वेब स्टोरिज

छुटाउनुभयो कि ?