Live
| शनिबार, जेठ १६, २०८३
EN
arya newro
BiraKhabar
बिचार

बाबुरामलाई खुलापत्र: बाबुरामजी ! तपाईंको समर्थक बनेकामा पछुतो भो

2017 Feb 24 6:18 PM 64

विज्ञापन

Birat Cancer Hospital

श्री डा. साहेव नमस्कार, आराम छु, आराम चाहन्छु ।

लामो समयपछि सरकारले स्थानीय निकायको निर्वाचन तोकेपछि मेरो मन प्रफुल्लित भएको थियो । यद्यपी अझै आशंकाहरु त छदैछन् । सरकारले स्थानीय निर्वाचन तोकेको तेस्रो दिन निर्वाचन स्थगन गर्ने तपाईको विज्ञप्ती अध्ययन गर्ने सुअवसर प्राप्त भयो । यति धेरै कष्टका साथ जातीय र क्षेत्रीय राजनीतिलाई केन्द्रभागमा राखेर तपाईले निकालकोे विज्ञप्ती पढेपछि तपाईलाई पत्र नलेखी मन मानेन र यो पत्र लेख्दैछु ।

नेपालको राजनीतिमा तपाईको स्थान उचो छ । पूर्व प्रधानमन्त्री समेत भइसकेको तपाईबाट विगतमा नेपाली जनताले धेरै आशा र अपेक्षा राखेका थिए । अझै पनि यदाकदा बाबुराम चाहिन्छ भन्नेहरु छन् । तर दुर्भाग्य तपाई आफ्नै भूमिका र कामले जनताको नजरबाट टाढिदै जानु भएको छ । यसले तपाईको भलो चाहनेहरुलाई ठूलै चोट पुर्याएको छ भन्ने मलाई लाग्दछ ।

अध्ययनमा निपुण, पेशामा सक्षम तपाई राजनीतिमा आएपछि धेरैलाई लागेको थियो– राजनीतिको गन्दकी तपाईको अगुवाईमा सफाई हुनेछ । पढे लेखेको विद्वान मानिस नेतृत्वमा गएपछि समाज रुपान्तरणमा महत्वपूर्ण काम हुनेछन् । देशमा बहुदलीय प्रजातन्त्र भर्खर आएको थियो । तपाईलाई त्यो प्रजातन्त्र ठीक लागेन, प्रजातन्त्र आएको ६ वर्ष पुग्दा नपुग्दै सशस्त्र युद्धमा लाग्नु भयो । तत्कालीन सरकारले गरेको जनविरोधी क्रियाकलापका कारण जनता असन्तुष्ट थिए, त्यही जगमा सशस्त्र युद्धप्रति जनमानसको आकर्षण बढ्यो । सशस्त्र युद्धमा तपाई सहितको तत्कालीन नेकपा माओवादीलाई जनताले साथ दिए । पार्टीको अध्यक्ष प्रचण्ड भए पनि आम जनताका नजरमा तपाई नै माओवादीको सर्वोच्च व्यक्ति जस्तो हुनुहुन्थ्यो । तपार्इंका लेख, भाषण मानिसहरुले खोजी खोजी पढ्ने गर्थे । त्यस मध्येको म पनि एक हुँ । म तपाईको विचारसँग हिजो पनि सहमत थिइनँ र आज पनि छैन । तर पनि तपाईबाट देशलाई केही हुन्छ कि भन्ने भित्री अपेक्षा मेरो पनि थियो । एक पटक देशको कार्यकारी प्रमुख तपाईँ हुनु पर्छ भनेर मैले एउटा लेख समेत लेखेको थिएँ । केही हुन्छ कि ? भन्ने मेरो अपेक्षालाई तपाईँ प्रधानमन्त्री भएपछि पुरै तुहाइदिनु भएको छ । मैले किन लेख नै लेखेर तपाईँको समर्थन गरेछु भन्ने अहिले पनि मलाई लागि रहन्छ ।

सशस्त्र युद्धकै क्रममा तपाईले राजतन्त्रसँगको सम्बन्धका बारेमा लेख्नु भएको पनि सम्झना छ । १० वर्षे युद्ध समाप्त गरी शान्तिपूर्ण राजनीतिमा आउने वातावरण बनाउन तपाईको भूमिका प्रभावकारी छ, लोकतन्त्रप्रति तपाईको विश्वास छ भन्ने धेरैलाई लागेको थियो । गणतन्त्र ल्याउनका लागि तपाईको भूमिका अवश्य छ तर जब गणतन्त्र आयो, मुलुकवासीले सात दशकदेखि आशा अपेक्षा गरेको संविधानसभामार्फत संविधान जारी भयो । त्यसपछि संसद नै छोडेर वैरागी हुने तपाईको निर्णय पछि त तपाईको शिक्षा, तपाईको व्यक्तित्व, तपाईले जनताका लागि गरेको त्याग, समर्पण लगायत धेरै कुरा देखाउनका लागि हुन् भन्ने धेरैलाई लागेको छ । कम्युनिष्ट दर्शन पढाएर धेरैलाई राजनीतिमा होम्नु भयो । सशस्त्र युद्धमा लागेर धेरैले ज्यान गुमाए, धेरैको भविष्य अन्यौलपूर्ण बनेको छ । ६/७ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई बन्दुक बोकाउनु भयो, बुर्जुवा शिक्षा होइन वैज्ञानिक र व्यवहारिक शिक्षा बनाउछौ भन्नुभयो । दुखी गरिबका छोराछोरीलाई पढ्न दिनु भएन, तर आफ्नी छोरीलाई विदेशमा पढाउनु भयो । यी र यस्ता थुप्रै विषयमा अहिलेको पुस्ताले तपाईको बारेमा लेख्नेछन्, भोलिको पुस्ताले अध्ययन गर्नेछन् । लोकतन्त्रको जरा स्थानीय निकाय हो । २०४६ पछि स्थानीय निकायमार्फत केही सकारात्मक काम हुन थालेका थिए । बहुदलमा सबै राम्रा थिए म पनि भन्दिनँ, तर केही नराम्राको निहुँमा राम्रा कुराहरुलाई पनि पिसियो गहुँसँग घुन पिसे जस्तै ।

      २०५९ सालमा स्थानीय निकाय निर्वाचन गर्नु पर्नेमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट स्थानीय निकाय भंग गरेर कर्मचारीलाई शासन सञ्चालनका लागि जिम्मेवारी दिने काम भयो । त्यसमा सहयोगी भूमिका तत्कालीन नेकपा माओवादीले गरेको थियो । अहिले आएर विश्लेषण गर्दा स्थानीय निर्वाचन हुन नदिने तपाईँ नै पो हो कि ? भन्ने लाग्दैछ मलाई । लोकतन्त्रको जग स्थानीय निकायको निर्वाचन त्यसपछि हुन सकेन । संयोगवश तपाईसँगै सशस्त्र युद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रधानमन्त्री भएको समयमा १९ वर्ष पछि यतिबेला स्थानीय निकायको निर्वाचन घोषणा भएको छ । शेरबहादुर देउवाको अगुवाई र तपाईहरुको अप्रत्यक्ष सहयोगमा स्थगित भएको स्थानीय निर्वाचन संयोगले देउवा र प्रचण्डको मिलिभगतमा बनेको वर्तमान सरकारले घोषणा गरेको छ त्यो पनि ठूलो जनदवावपछि । तर तपाईँ स्थानीय निकाय निर्वाचन स्थगित गर्न माग गर्दै प्रेस विज्ञप्ति प्रकाशित गर्दैै हुनुहुन्छ । तपाईले सशस्त्र युद्ध गर्ने समयमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका ४० बुँदे माग तपाई सत्तामा गएपछि कति पूरा भए वा भएनन् यो चिठीमा म ब्याख्या गर्न गैरहेको छैन । तपाईले उठाएका माग र तपाईको कार्यशैलीका बीच कति भिन्नता रह्यो इतिहासले मूल्यांकन गर्ने नै छ । जो र जसका विरुद्ध ४० बुँदे मागपत्र देउवालाई थमाइदिएर १७ हजार गरिव नेपालीका छोराछोरीको लास लडाउनु भयो, आज त्यसैको रणनीतिक सेवामा तपाईंको राजनीतिका हरेक कदम देखिएका छन् । अर्थात्, सशस्त्र युद्धमार्फत यहाँको निर्णयकारी शक्तिमा दक्षिणलाई स्थापित गराउनु रहेछ भन्ने करिव करिव पुष्टि भइसकेको छ । २०५४ सालपछि स्थानीय निकायको निर्वाचन भएन । २०५४ सालमा गाउँ विकास समितिको वडा सदस्यमा निर्वाचित भएकी एक जना महिला यदि लगातार स्थानीय निर्वाचन भएको भए २०५९ मा वडा अध्यक्ष, २०६४ मा गाविसको उपाध्यक्ष, २०६९ मा गाविसको अध्यक्ष र २०७४ सालमा जिल्लाको सदस्य वा त्यो भन्दा माथिल्लो पदमा लड्ने गरी नेतृत्व विकास गरी सकेकी हुन्थिन् । महिलाको नेतृत्व विकाससँगै युवाहरुलाई राजनीतिमा आउने वातावरण कति धेरै बन्थ्यो होला । स्थानीय निर्वाचन नभएका कारण धेरै युवाहरु विदेशतिर लागे । क्याम्पस पढ्दा राजनीतितर्फ आकर्षित भएका युवा विद्यार्थीहरु राजनीतिममा आफ्नो भविष्य नदेखेर विदेशिने वा अन्य सामाजिक संघ संस्थामा संलग्न हुनु पर्ने वाध्यता भयो । २०५४ सालमा वडा सदस्य भएको युवालाई आज पनि त्यही वडा सदस्यमै चित्त बुझाउनु पर्ने अवस्था किन आयो ? त्यसका पछाडि राजनीति गर्ने ठाउँ स्थानीय निकायको निर्वाचन नहुनु मुख्य कारणका रुपमा रहेको छ । आज धेरै युवाहरु कुलतमा लागेका समाचारहरु आइरहेका छन् । कुलत रोक्नका लागि राजनीति सहयोगी बन्दछ । तर राजनीतिमा भूमिका देखाउन नपाउने अवस्था भएपछि अर्थोक नै गर्नुको विकल्प पनि त भएन । २/३ दशकदेखि नै एकै खाले व्यक्तिहरु राजनीतिको केन्द्रविन्दुमा छन् । समाजमा केही गरेर देखाउँ भन्नेहरुले स्थान नपाएपछि मुलुक अस्तव्यस्त हुनुको विकल्प रहेन । यस्तो अवस्थाबाट पार लगाउने वातावरण सिर्जना गर्नुको सट्टा तपाईं निर्वाचन स्थगनको नारा उराल्दै हुनुहुन्छ । नयाँ संविधानले तल्लो तहमा वितरण गरेको अधिकार जनताका घरदैलोकै प्रतिनिधिमार्फत कार्यान्वयन गर्ने काम भाँड्न तपाईं अग्रसर हुनुहुन्छ, कसका लागि ? कसका लागि तपाईं यसो गर्दै हुनुहुन्छ, मान्छेले नभन्लान् तर, भनेनन् भन्दैमा मान्छेले बुझेका छैनन् भन्ने नठान्नुस् । तपाईं कसका लागि यो गर्दै हुनुहुन्छ कारण सबैका घाँटीघाँटीसम्म आएर अंड्किएको छ । स्थानीय निकाय कर्मचारीले सञ्चालन गर्दा, दलीय भागवण्डामा सञ्चालन गर्दा राम्रो परिणाम देखिएन । हिजो दलीय भागवण्डा गर्नेमा तपाई पनि हुनुहुन्थ्यो, आज भागवण्डामा नपर्ने भएपछि विज्ञप्ती मार्फत विरोध गरिरहनु भएको छ । मुलुकको राजनीतिलाई अराजनीतितर्फ धकेल्ने, राजनीतिलाई कमाउ धन्दा बनाउने, राजनीतिलाई व्यापार बनाउने अभियानमा डा.साहेव तपाईको कतै भूमिका छैन ? राजनीतिलाई अपराधीकरण गराउनेमा तपाईको कुनै साइनो सम्बन्ध छैन ? विगत स्मरण गर्नुस, जनताले साचेर राखेका छन् । तपाईले भनेका र गरेका कामका बीचको भिन्नता नेपाली जनताका मनमनमा छ ।

baburam

तपाईले उठाउदै आएको विपन्न, अल्पसंख्यक, पछाडि परेका र पारिएका जातजाति, धर्म संप्रदायका मानिसहरुलाई न्याय दिनु पर्छ, उनीहरुका हक अधिकार सुनिश्चित गर्नु पर्छ भन्ने विषयमा मेरो मात्रै होइन, अहिलेको संविधानले पनि समर्थन गरेको छ । तर तिनै विषयलाई संस्थागत गर्ने काम भाँड्दै जातीय क्षेत्रीय विद्वेषलाई आधार बनाएर तपाईले गरेको राजनीति देख्दा लाग्छ, तपाईको बोली र व्यवहार विपरित छ ।     ‘जनयुद्ध’मा प्रचण्डका कारण कति लागे होलान् तर मलाई लाग्छ धेरै मानिसहरु तपाईलाई देखेर लागे । २०२८ सालको एसएलसीमा बोर्ड फस्ट भएको एक सफल इञ्जिनियर यसरी व्यक्तिगत स्वार्थ त्यागेर राजनीतिमा लागेको भनेर तपाईको पछि लाग्नेहरु, समर्थन गर्नेहरु धेरै थिए । तर जब तपाई सत्तामा जानु भयो, देशको कार्यकारी प्रमुख हुनु भयो अनि तपाईले देखाउनु भएका क्रियाकलाप, संविधान जारी हुन नदिन तपाईंले देखाउनु भएको सक्रियता । संविधान रोक्न भारतले पठाएका विशेषदूतको रणनीति सफल पार्न तपाईंले खेलेको खेल । संविधान जारी भएपछि धेरै पहिचानका जनता बस्ने तराईलाई एउटा मधेस प्रदेश र पहाडमा जाति नै पिच्छेका पहिचान अझ जातिमा पनि उपजाति खोज्न तपाईंले गरेको मेहेनतको अर्थ अब कसैले नबुझेको होला र ? यति भूमिकाका आधारमा तपाईंलाई विद्वेषको बाहक र विभाजनको सुत्रधार किन नभन्ने ? तपाईको भूमिका र स्थानीय निर्वाचन घोषणापछि तपाईले प्रकाशित गरेको विज्ञप्तिले आम मानिस मात्रै होइन, तपाईबाट अझै पनि परिवर्तन संभव छ भने मध्येका ९ जना केन्द्रीय परिषदका सदस्यहरुले काउण्टरमा विज्ञप्ति प्रकाशित गरेबाटै पुष्टि हुन्छ कि तपाईको राजनीतिक यात्रा गलत बाटोमा छ । जुनसुकै काम गर्दा चुनौतीहरु छन्, चुनौती बिनाको सफलता संभव छैन । आजको युगमा विरोध नहुने काम पनि कहि फेला पर्दैन । मानिस विरामी हुन्छ, कहिलेकाही कडै रोग लाग्छ, त्यसको उपचार गर्नुको सट्टा मानिसलाई नै मारेर फालिदिने नीति तपाईले लिनु भएको छ । सरकारले घोषणा गरेको निर्वाचनका लागि समस्या छन्, चुनौती छन्, दुविधाहरु छन् ।

तर के समस्या छन् भन्ने नाममा निर्वाचन स्थगन गर्नु समस्याको समाधान हो ? डा. साहेव २० वर्ष निर्वाचन हुन नदिन प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका तपाईले खेल्दै आउनु भयो । प्रधानमन्त्री भएको समयमा स्थानीय निकाय निर्वाचन अपरिहार्य छ भन्ने तपाई नै होइन र ? तर यतिबेला स्थानीय निर्वाचनका लागि वाधक बन्ने गरी विज्ञप्ति प्रकाशित गरेर तपाईले आम जनताको भावनाप्रति अन्याय गर्दै हुनुहुन्छ । आफ्नै गलत भूमिका र खराव दिशाका कारण हुन त तपाईं नेपाली राजनीतिमा निर्णायक हुनुहुन्न अहिले । तपाईंको पछाडि उभिएको छ र तपाईं जसको मोहरा बनेर आउनु भएको छ, त्यसलाई त पराजित गरौंला भन्ने मनोवलमा नेपाली पुगिसके भने तपाईंले भाँडेर चुनाव भाँडिने विश्वास छैन । भलै आफूले कुनै दिन आशा गरेर प्रसंशा गरेको पात्र यसरी समाप्तिको बाटोमा हिंडेकोमा दुःख लागेर मात्रै यति अनुरोध गरेको हुँ ।

तपाईले विज्ञप्तिमा उठाएका ६ वटा विषय गंभीर छन् । यसमा सरकार र मुख्य राजनीतिक दलहरु पनि गंभीर भएर यसको समाधान गर्नु पर्छ । यो समस्याको समाधानमा एउटा जिम्मेवार राजनीतिक दलको प्रमुख, देशको कार्यकारी प्रमुख भइसकेको व्यक्ति र जिम्मेवार नागरिकका हिसावले तपाईको पनि भूमिका हुनु पर्छ । समस्या समाधानका लागि सहयोगी बन्नु पर्ने तपाई विषयलाई बल्झाउनमा सहयोगी बन्दै हुनुहुन्छ । यसले तपाईलाई जनताबाट टाढा लैजादै छ भन्ने ठानेर मैले यो पत्र तपाईलाई पठाउँदै छु ।

राजनीतिक परिवर्तनका लागि धेरैले त्याग गरे । यो परिवर्तनमा तपाईको पनि  भूमिका छ । अब आर्थिक परिवर्तन, सामाजिक रुपान्तरणको अभियान सञ्चालन गर्न जरुरी छ । त्यसका लागि स्थायी प्रकारको राजनीति आवश्यक छ । त्यसो गर्नका लागि गणतन्त्रको संस्थागत विकास नै हो र गणतन्त्रको संस्थागत विकासका लागि स्थानीय तहलाई थप प्रभावकारी र व्यवस्थित गराउन जरुरी छ । केन्द्रीकृत राज्य सत्तामा भएका अधिकार विकेन्द्रित गर्ने गरी संघीय संरचनालाई व्यवस्थित गर्नु पर्नेछ । त्यसका लागि संविधान कार्यान्वयन प्रमुख विषय हो । संविधान पूर्ण छ म भन्दिनँ । तर संविधान संशोधनको प्रक्रिया पनि त संविधानमै उल्लेख छ । बल मिचाई गरेर, धाक धम्की देखाएर, सांसदहरुलाई खरिद विक्री गरेर संविधान संशोधनतर्फ लाग्ने कि ? आगामी बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय निर्वाचन सफल गराउन भूमिका खेल्ने ? यसैबाट व्यक्ति र पार्टीको भूमिका प्रष्ट हुन्छ । आगे तपाईको मर्जी ।

उही तपाईको शुभेच्छुक,

रामबहादुर जीसी बागलुङ    

 

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो