Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

शिवरात्रि मनाउन वीरगञ्ज पुगे पूर्वराजा 

2017 Feb 24 8:44 PM 62

विज्ञापन

Birat Cancer Hospital
काठमाडौं । महाशिवरात्रिका दिन पशुपति मन्दिरमा पूजाअर्चना गर्दै आएका पूर्व राजा ज्ञानेन्द्र शाहले यसवर्ष वीरगंज स्थित अलखिया मन्दिरमा  पूजाअर्चना गरेका छन् । विशेष पूजाको लागि वीरगञ्ज आएका पूर्वराजालाई स्थानीय सर्वसाधारण र राजसंस्था समर्थकहरूले  भव्य स्वागत गरेका छन् ।
 पूर्वराजाको स्वागतमा एक घण्टा अघिदेखि यस क्षेत्रका ठूलो संख्याका बासिन्दा, सर्वसाधारण नागरिक, महिला, पुरुष, वृद्ध, युवाहरू लामबद्ध भएर बसेका थिए । पूर्वराजाको सवारीसँगै समर्थकहरूले राजा आउ देश बचाउ, राजा जनता एक हौं भन्ने नारा लगाएर जयजयकार गरेका थिए ।
        अलखिया मठ शिवालयमा विशेष पूजा सम्पन्न भएपछि पूर्वराजा शाह अलखिया मठबाट वीरगंजको मूख्य सडक हुँदै पैदल यात्रा गरी माइस्थान स्थित प्रसिद्ध गहवामाई मन्दिरसम्म जाने क्रममा हजारौंको संख्यामा उपस्थित शुभेच्छुक एवं सर्वसाधारण नागरिकहरूले फूलगुच्छा, फूलमाला तथा फूलको वर्षा गर्दै जयजयकार गरेका थिए । सो क्रममा पूर्वराजाले पुष्पगुच्छा एवं फूलमाला ग्रहण गर्दै उपस्थित जन समुदायलाई हात हल्लाएर अभिवादन गरेका थिए । त्यसपश्चात पूर्वराजाले माइस्थान मन्दिरमा पनि विशेष पूजाअर्चना एवं दर्शन गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?