Live
| बिहिबार, चैत २०, २०८२
EN
arya newro
BiraKhabar
समाचार

पत्रकारले निशुल्क स्वास्थ्य सेवा पाउने , आफन्तलाई ३० प्रतिशत छुट

Feb 25, 2017 3:13 AM

पत्रकारहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेको विराटगर स्थित गोल्डेन अस्पतालले पत्रकारका आफन्तलाई ३० प्रतिशत छुट दिने भएको छ। केही दिन अघि आफ्नो बार्षिक साधारणसभामा मोरङका पत्रकारलाई निशुल्क उपचार गर्ने निर्णय गरेको अस्पतालले पत्रकारले पाउने सेवासुबिधा बारे जानकारी दिएको हो। अस्पतालमा पाउने निशुल्क सेवामा ओपीडी सेवा, एक्सरे, अल्ट्रासाउण्ड, बेड चार्ज, इसीजी आदि सेवा निशुल्क छन भने ल्याबमा हर्मोनल टेस्ट बाहेकका अन्य सेवा निशुल्क गरिएको छ। यस्तै पत्रकारका नजिकका आफन्तमा आमा, बुवा, छोरा, छोरी, पत्रकारका श्रीमान वा श्रीमतीलाई ३० प्रतिशत छुटमा उपचार गर्ने अस्पतालले जनाएको छ।

Dhoni Sabuun