Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्राणीहरुका आँखामा भएका प्राकृतिक दुरबिन रहस्य, कसको हेर्ने शक्ति कति ?

2017 Feb 26 1:05 PM 45

विज्ञापन

Birat Cancer Hospital
प्राणीहरुका आँखामा भएका प्राकृतिक दुरबिन रहस्य, कसको हेर्ने शक्ति कति ?
विराटनगर । कतिपय प्राणीले प्रकाशको त्यस्तो तरंगलाई पनि देख्न सक्छन् जुन तरंगलाई मानिसको आाखाले ठम्याउनै सक्दैन । त्यतिमात्र होइन, कतिपय प्राणीमा अस्वाभाविक दृष्टि क्षमता पनि हुन्छ जसले गर्दा निकै टाढा टाढा पनि स–साना बस्तुहरु वा त्यसका सुक्ष्म गतिविधिहरु पनि सजिलै ठम्याउन सक्छन् । एउटा आँखामा दश हजार लेन्स मानिसको आाखामा एक–एकवटा लेन्स हुन्छ । तर कतिपय किराहरुको आाखाको बनोट अत्यन्तै जटिल हुन्छ र त्यसको प्रत्येक आाखामा हजारौं लेन्सहरु हुन्छन् । ड्रयागन फ्लाईको भने दशौं हजार लेन्सहरु हुन्छन् । यसले गर्दा यो किराले एकै ठाउामा बसेर टाउको वा शरीर नघुमाइकन पनि चारै दिशामा रहेका हरेक बस्तुलाई देख्न सक्छ । यस्तो आाखाले प्रकाशमा हुने सानोभन्दा सानो परिवर्तनलाई पनि ठम्याउन सक्छ । त्यसैकारण आफनो वरिपरि हुने अत्यन्तै सुक्ष्म गतिविधिलाई पनि यस्ता आाखा भएका किराले थाहा पाइहाल्छ र उडिहाल्छ । बारुला, मौरीले भने प्रकाशको परावैजनी किरणलाई देख्न सक्छ, जसलाई हाम्रो आाखाले भने देख्न सक्दैन । त्यस्तो किरणलाई हेर्नका लागि मानिसले विशेष उपकरणको सहायता लिनुपर्ने हुन्छ । फूलहरुमा त्यस्तो विशिष्ट चिन्ह हुन्छ जुन चिन्ह परावैजनी किरणमा मात्र देखिन्छ । वैज्ञानिकरुका अनुसार फूलमा हुने त्यस्ता विशिष्ट चिन्हले किराहरुलाई फूलतर्फ आकर्षित गर्नुका साथै बिरुवाहरुको परागसेचन गर्ने कार्यमा समेत दिशा निर्देश गर्छ । कसको हेर्ने शक्ति कति ? शिकारी चराहरुको हेर्ने शक्ति मान्छेको भन्दा धेरै नै राम्रो र तीक्ष्ण हुन्छ । एउटा बाजले एक हजार मिटर टाढाबाट भुइामा बसिरहेको परेवालाई सजिलै देख्न सक्छ भने उडिरहेको परेवालाई १६ सय मिटर परबाट देख्न सक्छ । यदि मानिसले त्यति दुरीबाट त्यो परेवालाई हेर्नुपरेको खण्डमा उसलाई कम्तिमा पनि ६ गुना शक्तिशाली दुरबीनको सहायता चाहिन्छ । यसको तुलना कुकुरसाग गर्ने हो भने कुकुरको हेर्ने शक्ति अति कम हुन्छ । एउटा कुकुरले हिंडिरहेको मानिसलाई ५ सय देखि ७ हजार मिटरको दुरीसम्मबाट मात्र देख्न सक्छ । अझ उस्तै लुगा लगाएका मान्छेहरुका बीचमा रहेको आफ्नो मालिकलाई उसले १ सय १० मिटरको दुरीभित्रबाट मात्र चिन्न सक्छ । त्योभन्दा परबाट उसले आफ्नो मालिकलाई हेरेर चिन्न सक्ने क्षमता हुादैन । १ सय १० मिटरको दुरीको आधारमा मानिसको हेर्ने शक्तिलाई अन्य प्राणीको हेर्ने शक्तिसाग तुलना गर्ने हो भने मानिसको आाखाले १ सय मिटरको दुरीमा १ दशमलव ६५ सेन्टिमिटर ब्यास भएको चक्कालाई देख्न सक्छ भने त्यतिकै दुरीबाट बिरालोले ७ दशमलव ८ सेन्टिमिटर ब्यास भएको चक्कामात्र देख्न सक्छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो