Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

यी हुन अस्पताल जहाँ सरकारी आर्थिक सहयोगमा गरिवको उपचार हुन्छ

2017 Feb 26 1:35 PM 48

विज्ञापन

Birat Cancer Hospital
यी हुन अस्पताल जहाँ सरकारी आर्थिक सहयोगमा गरिवको उपचार हुन्छ
मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सस, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया भएका विपन्न बिरामीलाई सरकारले औषधि उपचारबापत बढीमा एक लाख रुपैयाा आर्थिक सहायता उपलब्ध गराउछ । बिरामीले भने डायलासिस गराएको, प्रत्यारोपणका बेला र त्यसपछि गरी करिब सात लाख बराबरको आर्थिक सहयोग पाउाछन् । तर यो सुविधा लिन नेपालमा उपचार सम्भव भएको अवस्थामा नेपालकै सरकारी अस्पतालमा उपचार गराउनुपर्छ । त्यो सम्भव नभएमात्रै निजी अस्पताल तथा मेडिकल कलेजमा उपचार गराउनु पर्नेछ । आर्थिक सहयोगबापतको यो रकम बिरामीको हातमा नगई उपचार गराएको अस्पतालको खातामा दिइन्छ । स्वदेशमा उपचार सम्भव नभएर विदेशमा उपचार गराउनुपर्ने भएमा मेडिकल बोर्डको सिफारिस अनिवार्य हुन्छ । सरकारले विपन्न नागरिकले औषधि उपचार सुविधा प्राप्त गर्न सकिने अस्पतालको नाम निम्नअनुसार छ । क्यान्सर रोगको उपचारका लागि १। वीर अस्पताल २। त्रिवि शिक्षण अस्पताल ३। बीपी कोइराला क्यान्सर अस्पताल, भरतपुर ४। भक्तपुर क्यान्सर अस्पताल ५।प्रसूति गृह, थापाथली ६। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ७। पाटन अस्पताल ८। कान्ति बाल असपताल ९। निजामती अस्पताल १०। क्यान्सर केयर जावलाखेल मिर्गौलाको उपचारका लागि १। वीर अस्पताल २। त्रिवि शिक्षण अस्पताल ३। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ४। कान्ति बाल अस्पताल ५। नारायणी उपक्षेत्रीय वीरगन्ज ६। कोसी अञ्चल अस्पताल, विराटनगर ७। जनकपुर अञ्चल अस्पताल ८। मानव अंग प्रत्यारोपण केन्ऽ, भक्तपुर ९। राष्ट्रिय मिर्गौला उपचार केन्ऽ, वनस्थली १०। नेपालगन्ज मेडिकल कलेज ११। नेपाल मेडिकल कलेज, जोरपाटी १२। युनिर्भर्सल मेडिकल कलेज, रूपन्देही १३। चितवन मेडिकल कलेज, भरतपुर ४। कलेज अफ मेडिकल साइन्सेस, चितवन १५। मणिपाल मेडिकल कलेज, पोखरा १६। बी एन्ड बी हस्पिटल, ललितपुर १७। नेसनल डायलासिस सेन्टर, ललितपुर १८। गोल्डेन अस्पताल, विराटनगर १९। धुलिखेल अस्पताल २०। गण्डकी मेडिकल कलेज, पोखरा २१। आरोग्य स्वास्थ्य प्रतिष्ठान, ललितपुर २२। विराट अस्पताल, विराटनगर मुटु रोगका लागि १। वीर अस्पताल २। त्रिवि शिक्षण अस्पताल ३। सहिद गंगालाल हृदयरोग केन्ऽ ४। बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान, धरान ५। पाटन अस्पताल ६। मनमोहन कार्डियो भास्कुलर एन्ड थोरासिक ७। कान्ति बाल अस्पताल ८। निजामती अस्पताल पार्किन्सस, अल्जाइमर्स, स्पाइनल र हेड इन्जुरीका लागि १। बीर अस्पताल २। त्रिवि शिक्षण अस्पताल ३। बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान, धरान ४। पाटन अस्पताल सिकलसेल एनिमियाका लागि १। निजामती अस्पताल २। उपक्षेत्रीय अस्पताल, घोराही ३। महाकाली अञ्चल अस्पताल ४। सेती अञ्चल अस्पताल ५। भेरी अञ्चल अस्पताल, नेपालगन्ज ६। लुम्बिनी अन्चल अस्पताल ७। जिल्ला अस्पताल कपिलबस्तु ८। जिल्ला अस्पताल बर्दिया ९। जिल्ला अस्पताल नवलपरासी ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?