Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बाबारामदेब र उपेन्द्र महतोको कालो धन चोख्याउने रणनीति, कालो धन नेपाल भित्राउने षडयन्त्र

2017 Feb 26 2:08 PM 47

विज्ञापन

Birat Cancer Hospital
बाबारामदेब र उपेन्द्र महतोको कालो धन चोख्याउने रणनीति, कालो धन नेपाल भित्राउने षडयन्त्र

                                       आचार्य बालकृष्णलाई प्रयोग गरेर कालो धन नेपाल भित्राउने षडयन्त्र                     ईश्वरराज ढकाल

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएन का संस्थापक अध्यक्ष उपेन्द्र महतोको विभिन्न निकायमा भएको खर्बौं रुपैया लगानीको विषयमा सरकार मौन पाइएको छ। पछिल्लो समय भारतका चर्चित योगगुरु रामदेवको नजिक पुगेका र विभिन्न उद्योगमा लगानी गर्न थालेका महतोको लगानीबारे चारैतिर प्रश्न उठिरहेको छ। रामदेवले आफैंले भारतमा कालो धनको विषय उठान गरेर चर्चामा आएपछि रामदेवकै विषयमा प्रश्न उठ्न थालेको र रामदेवले महतोमार्फत् नेपालमा लगानी गर्न थालेको स्रोतहरूले बताएका छन्।

फोब्स पत्रिकामा धनी व्यक्तिका सूचीमा रहेका नेपाली मूलका आचार्य बालकृष्णले पतञ्जलीको नाममा रहेको खर्बौं रुपियााको सम्पत्ति महतोको सहयोग लिएर नेपाल भित्त्याउने तयारी गरेका छन्। आचार्य बालकृष्णका भाइ पवमानलाई अघि बढाएर महतोमार्फत रामदेवको कालो धन नेपाल भित्त्याउन खोजिएको देखिन्छ। पतञ्जली आयुर्वेदको सहयोगमा पर्साको पर्सौनीमा जडीबुटी उद्योग खोलेर लगानी भित्त्याएका रामदेवले व्यापारी महतोमार्फत् नेपालमा खर्च गर्न चाहेका छन्। तत्कालीन उद्योगमन्त्री महेश बस्नेतको कार्यकालमा बन्द रहेको वीरगन्ज चिनी उद्योगको ६४ रोपनी र सोही कारखानाको स्वामित्वमा बाराको डुमरवानामा रहेको ९ सय बिगाहा जमिन पतञ्जलीले लिने तयारी गरेको थियो। त्यस बेला पतञ्जली सफल हुन नसकेपछि पुन: सो जग्गा पतञ्जलीको मातहतमा रहने गरी महतोले उद्योग सञ्चालन गर्ने तयारी गरिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर सो जग्गामा आफूले लगानी गर्ने बताएका महतोले रामदेवको कालो धनलाई नेपालमा लगानी गर्न खोजेका छन्। पतञ्जली योगपीठका ट्रस्टी शालिग्राम सिंहले विभिन्न दलका नेतालाई भेटेर सो जग्गा पतञ्जलीलाई दिन भारतबाट समेत दबाब दिादै आएको उच्च स्रोतको दाबी छ। भारत सरकारको समेत आफू नजिक रहेको बताउने पतञ्जली योगपीठ नेपालका ट्रस्टी सिंहले महतोमार्फत् नेपालको अधिकांश जग्गा हडप्ने दाउ गरेका छन्। केही महिनाअघि दाङ वेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको जग्गा रामदेवले लिन खोज्दा विवाद भएको थियो।

‘रामदेवभन्दा पनि अहिले आचार्य बालकृष्णले नेपालको सम्पत्ति व्यापारी महतोमार्फत् लिन खोजेका छन्’ –पतञ्जली योगपीठका एक सदस्यले नेपाल समाचारपत्रसाग भने। स्रोतले भन्यो– ‘नेपालमा हुने गरेको हरेक बैठकमा सिंहले जसरी पनि जग्गा खोज्नुपर्यो लगानी गर्ने आचार्यजी हुनुहुन्छ भन्ने गरेका छन्।’ सिंहले आचार्यसाग व्यापारी महतोलाई पटकपटक भेटाएर भारतको कालो धन नेपाल भित्त्याउन खोजेका छन्। ‘पदको हिसाबले उपेन्ऽ महतो पतञ्जली योगपीठको कुनै पदाधिकारी होइनन्, तर अधिकांश कार्यक्रममा उनलाई नै संयोजक तोकिएको हुन्छ’ –एक सदस्यले भने।

रामदेव नेपाल आउादा २०६४, २०६६ र २०७२ सालको योग शिविरमा महतो नै संयोजक बनेका थिए। पूर्वप्रधानमन्त्रीदेखि नेपालका राजनीतिक दलका अधिकांश नेतासाग सजिलै पहुाच पुर्याउन सक्ने भएकाले आचार्य बालकृष्णले पतञ्जली योगपीठका ट्रष्टी सिंहमार्फत महतोलाई निकट बनाएका हुन्। कहााबाट आउाछ उपेन्ऽ महतोसाग खर्बौं रुपियाा पर्ने जमिन खरिद गर्ने र उद्योग स्थापना गर्ने रकम? सबै आचार्य बालकृष्णमार्फत लगानी गरेर कालो धनलाई नेपालबाट सेतो बनाएर फेरि भारत नै फर्काउने खेल खेलाउन लागिएको स्रोतको दाबी छ। आचार्यले सिंहसाग कुराकानी गरी महतोमार्फत मुगु, डोल्पा, जुम्लालगायतका महत्त्वपूर्ण जडिबुटी हुने जिल्लाका जमिनसमेत खरिद गर्न लागेका छन्।

रामदेवले सधैं भन्ने गरेका छन्– ‘पतञ्जलीको नाममा जग्गा ल्याउनुस्, म जति पनि खर्च गर्छु हामीसाग रकम छ।’ हरेक बैठकमा रामदेव र आचार्यले भन्ने गरेको प्रसंगबारे जानकारी गराउादै पतञ्जलीका एक सदस्यले नेपाल समाचारपत्रसाग भने– ‘सबै महतोसाग मिलेर भारतको कालो धन नेपालमा लगानी गर्न लागिएको देखिन्छ।’

भारतमा बीजेपीको सरकार र नरेन्द्र मोदी प्रधानमन्त्री भएको फाइदा उठाउादै रामदेवले उपेन्ऽ महतोमार्फत कालो धन नेपाल ल्याउन खोजेको विषय योगपीठभित्रै चर्चाको विषय बन्ने गरेको छ। वीरगन्जमा स्थापित पतञ्जली आयुर्वेदमा रामदेवले डेढ अर्ब लगानी गरिसकेको र लगानी बढाएर ५ अर्ब पुर्याउने लक्ष्य रहेको कुरा उठाइरहादा महतोले आचार्य बालकृष्णसाग मिलेर १३ करोड रुपियाामा बन्द भएको अशोक टेक्सटायलको जग्गा किनेका थिए। महतोको लगानी भने पनि सो कारखानामा आचार्य बालकृष्णको नै लगानी रहेको दाबी पतञ्जलीको रहेको छ।

सम्पूर्ण अधिकार पतञ्जली योगपीठका ट्रस्टी सिंहको भए पनि नेपालमा अधिकांश कालो धनलाई शुद्ध पार्ने काम आचार्य बालकृष्णले गर्दै आएका छन्। भारतमा भारतीय जनता पार्टीको सरकार भएको मौका छोप्दै भारतभर विभिन्न कारखाना खोल्दै गएका रामदेवले अन्तर्राष्ट्रिय कम्पनीको विरोध गर्दै आफ्नो व्यापार एकछत्र पार्न खोजेका छन्। केही समयअघि उनको कारखानाबाट उत्पादित सामानमा विवाद आएपछि भारतको एक अदालतले उनको कम्पनीलाई जरिवानासमेत भराएको थियो। यसैबीच पतञ्जली योगपीठका ट्रस्टी सिंहले नेपाल समाचारपत्रसागको कुराकानीमा पतञ्जली आयुर्वेदले गरेको लगानी सामाजिक सेवामा खर्च भइरहेको दाबी गर्दै भन्नुभयो– ‘पतञ्जलीले गरेको लगानीमध्ये ९० प्रतिशत रामदेवकै हुन्छ, जुन पूर्ण पारदर्शी हुन्छ।’ उहााले उपेन्ऽ महतोको लगानीमा पतञ्जलीको सहयोग मात्रै रहेको उल्लेख गर्दै भन्नुभयो– ‘उपेन्ऽजीले गरेको लगानीको फाइदा समाजसेवामा लगाउने सहमति भएको छ।’ पर्सामा भएको उद्योगको सम्पूर्ण लगानी महतोकै भएको दाबी सिंहको थियो। ‘हामी नेपालको विभिन्न स्थानमा औषधी कारखाना खोल्ने तयारी गरिरहेका छौं। मुगु र डोल्पामा जडिबुटीको भण्डारण गर्ने तयारीमा रहेका छौं।’ –सिंहले भन्नुभयो। यसबारेमा महतोसाग पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन्।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?