Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सफल फोटो पत्रकारमा हुनुपर्ने महत्वपुर्ण गुणहरु

2017 Feb 26 2:36 PM 32

विज्ञापन

Birat Cancer Hospital
सफल फोटो पत्रकारमा हुनुपर्ने महत्वपुर्ण गुणहरु

हालै संसार भर गरिएको एक सर्वेक्षणका अनुसार अहिलेको शताव्दीमा पत्रकारिता गर्ने धेरै विधार्थीहरुमा फोटो पत्रकारिता गर्ने सोच हुन्छ | तर त्यसका लागि आफु नै यस कामका लागि उपयुक्त छु भन्ने मनाशिकताको सिर्जना गर्न जरुरी हुन्छ |

photography फोटो पत्रकारिता गर्नका लागि यस बारे कलेजमा पढेर मात्र नभई आफुमा पनि यस सम्बन्धी केहि ज्ञान तथा सिपकोको आवश्यकता पर्दछ | त्यसैले आज हामी हजुरहरुका लागि फोटो पत्रकारिता गर्नका लागि आफुमा हुनुपर्ने केहि गुणहरुको बारेमा जानकारी दिदै छौ | साथै हामी हजुरहरु समक्ष कार्ग स्मिथ, रोबर्ट ओन्द्रोविक र ताकायुकी माइकाव जस्ता विश्व प्रसिद्ध फोटो पत्रकारहरुको फोटोहरु पनि प्रस्तुत गरेका छौ | photo2 फोटो पत्रकारिता गर्नका लागि हजुर फोटो खिच्ने देखि त्यस फोटोका लागि क्याप्सन दिने काममा समेत दक्ष हुन जरुरी हुन्छ | त्यसैले आज हामी हजुरहरुलाई फोटो कसरी खिच्ने भनेर केहि जानकारी दिदै छौ | फोटो खिच्न जति सजिलो हुन्छ त्यति नै यो गार्हो र साहसिक कार्य पनि हो | हजुरहरु फोटो त खिच्नु हुन्छ तर हरेक समय फोटो खिच्नका लागि हजुरहरुका अगाडी खिच्न लायक केहि कुरा हुन जरुरी हुन्छ | हजुरहरुलाई यसका बारेमा एक सजिलो उपाय :- पक्कै पनि हजुरहरुको घर वरिपरी जनावरहरु त हुन्छन होला ? तिनैको फोटो खिचेर पनि हजुरले केहि अभ्यास गर्न सक्नु हुन्छ | त्यस्तै, हजुरहरुका लागि फोतोपत्रकर्मा हुनुपर्ने केहि गुणहरु :- १) हजुरमा धैर्यता हुन आवश्यक हुन्छ photo4 कुनै पनि फोटो झट्ट लिन गारो हुने गर्दछ | त्यसैले हजुरमा धैर्यताको अति आवश्यक पर्दछ | हतारमा खिचिएको फोटो नराम्रो आउने सम्भावना बढी हुन्छ | त्यसैले हजुर फोटो खिच्ने समय धैर्य भएर उक्त बस्तुको सहि प्रश्तुतिको प्रतिक्षा गर्नुपर्ने हुन्छ | २) हजुर यस कामका लागि आत्मनिर्भर हुनु पर्दछ photo10 जुनसुकै काम गर्ने बेलामा पनि हजुर आत्मनिर्भर हुनुभयो भने उक्त काम राम्रो हुने सम्भावना बढी हुन्छ | हजुरको उक्त काम बुढाबुढीको भाषामा पाको(पक्का) काम ठहरिन्छ | त्यसैले हजुरले कुनै बस्तुको फोटो खिच्ने तयारीमा हुनु हुन्छ भने त्यस वस्तुको फोटो खिच्नका लागि हजुर ढुक्क हुनु पर्दछ | ३) स्रोतको खोजि photo5 हजुरलाई माथि भनिए जस्तै फोटो खिच्नका लागि केहि स्रोतको आवश्यकता पर्दछ | यसका लागि हजुरले आफ्नो घर वरिपरीका जनावर तथा फोटो खिच्न लायक वस्तुको फोटो खिच्न सक्नु हुन्छ | यसमा पनि हजुरको मन भरिदैन भने फोटो खिच्ने स्रोतका रुपमा चिडिया घरलाई पनि लिन सक्नु हुन्छ जसमा रहेका जनावरहरुको फोटो खिची हजुरले अभ्यास गर्न सक्नु हुनेछ | ४) एकाग्रता photo8 फोटो खिच्ने कार्य खान पकाउने र ब्याट-मिन्टन खेल्ने जस्तो कुनै सझिलो कार्य होइन | यस काममा लाग्नु भएको छ भने हजुरमा एकाग्रताको आवश्यकता पर्दछ | कुनै वस्तुको फोटो खिच्दै हुनु हुन्छ तर हजुरको ध्यान त्यसमा रहेन भने फोटो खिच्नका लागि हजुरले महत्वपुर्ण क्षण गुमाउन सक्नुहुन्छ | अनि कुनै पनि ध्यान दिएर गरेको कार्य जहिले पनि राम्रो हुन्छ, त्यसैले यस कार्यमा पनि आफ्नो ध्यान केन्द्रित गर्न सक्नु भयो भने हजुरले राम्रो फोटो खिच्न सक्नु हुन्छ | ५) आवश्यक वस्तु photo9 हजुरलाई फोटो खिच्नका लागि आवश्यक वस्तु के होला ? अवश्य पनि क्यामेरा | तर याद राख्नुस फोटो खिच्नका लागि क्यामेरा मात्र काम लाग्ने हुन्दैन | यसका लागि हजुरले आफुसँग भएको मुबाइल पनि प्रयोग गर्न सक्नु हुन्छ | तर मुबाइलमा क्यामेराको चाही आवश्यक पर्दछ है | सक्नु हुन्छ भने क्यामेरामा पनि किन साधारण खाले क्यामेराको प्रयोग गर्नु हुन्छ ? राम्रै खाले क्यामेरा किन्नुहोस तर सक्नुहुन्न भने आफ्नो मुबाइलबाट पनि अभ्यास त गर्न सक्नु हुन्छ नि ! ६) आँखालाई केन्द्रबिन्दु बनाउनुहोस photo13 यदि हजुरले कुनै जनावरको फोटो खिच्दै हुनुहुन्छ भने सोच्नुहोस, त्यस जनावरको आँखामा नै दर्शकको ध्यान जाने गर्दछ | त्यसैले हजुरले यस्ता जनावरको फोटो खिच्ने समय अत्यन्तै ध्यान दिनुपर्ने कुरा जनावरको आँखा हो | उदाहरणका लागि दुई ओटा फोटो खिच्नुहोस | एकमा जनावरको आँखा भएको अनि अर्कोमा आँखा नभएको | अनि हजुरले आफै कुरा बुझ्नु हुनेछ | photo12 ७) सहि समय को पहिचान photo14 एक सफल फोटो पत्रकार हुनका लागि हजुरले सहि समयको पहिचान गर्नु आवश्यक हुन्छ | कुन समयमा कस्तो फोटो खिच्दा राम्रो हुन्छ वा कुन समयमा खिचेको फोटो राम्रो आउछ भनेर ख्याल गर्नु पर्दछ | अनि जनावरको फोटो खिच्ने बेलामा त झन् ऊ कुन समयमा राम्रो फोटो आउने गरि प्रस्तुत हुन्छ भनेर पनि ख्याल गर्नु पर्दछ | photo3 अनि अन्त्यमा ८) केवल अभ्यास photo6 हजुरले पक्कै पनि सुन्नु भएको नै होला “प्र्यकटिश मेक अ म्यान पर्फेक्ट” भन्ने कुरा, त्यसैले अभ्यास गर्न कन्जुसाई नगर्नु होस् अनि हजुरको सफल फोटो पत्रकार बन्ने सपना सफल हुनेछ |

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो