Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

तिब्र आलोचना भइरहेको बेला राजदूत सिफारिस फिर्ता

2017 Feb 27 12:22 PM 51

विज्ञापन

Birat Cancer Hospital
तिब्र आलोचना भइरहेको बेला राजदूत सिफारिस फिर्ता

 काठमाडौं । राजदूत सिफारिस प्रकरण विवादमा परेका बेला सरकारले सयुक्त अरव इमिरेट्स र ओमनका लागि सिफारिस दुई राजदूतको सिफारिस रद्द गरेको छ। व्यवसायिक स्वार्थ जोडिएका व्यक्तिलाई राजदूतमा सिफारिस गरेकोमा आलोचना भइरहेका बेला सरकारले सिफारिस निर्णय प्रमाणीकरण क्रममै राजदूत सिफारिस फिर्ता गरेको समाचार प्रकाशित भएको छ।

समाचार अनुसार मन्त्रिपरिषद् बैठकबाट कांग्रेसको कोटामा युएईमा राजदूत सिफारिस भएकी आशाकुमारी लामा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट सिफारीस भएकी शर्मिला पराजुली ढकालको नाम मन्त्रिपरिषद बैठकको माइन्यूटबाटै हटाएको हो।

सरकारले फागुन ९ गते विभिन्न १४ देशमा राजदूत सिफारिस गरेको थियो । मन्त्रिपरिषदले युएईका लागि आशा लामा, जापानका लागि प्रतिभा राणा, डेनमार्कका लागि युगनाथ लम्साल, बहराइनका लागि पदम सुन्दास, अष्ट्रेलियाका लागि लक्की शेर्पा, कतारका लागि रमेशप्रसाद कोइराला, साउदी अरेबियाका लागि महेन्द्र सिंह, म्यानमारका लागि भीम उदास, बंगलादेशका लागि चोपलाल भुसालको नाम सिफारिस गरेको छ।

यसैगरी श्रीलङ्काका लागि विश्वेम्भर प्याकुरेल, ओमानका लागि शर्मिला पराजुली, कोरियाका लागि अर्जुन जंगबहादुर, इजरायलका लागि निरञ्जन थापालाई राजदूतका लागि सिफारिस गर्ने निर्णय भएको छ ।

सरकारले स्पेनमा नेपाली दुताबास खोल्ने निर्णय गर्दै त्यहाँ पूर्व सहायक रथी भरत रायमाझीलाई राजदूतका लागि सिफारिस गर्ने निर्णय समेत गरेको थियो।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?