Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

पृथ्वीजत्रै सात ग्रह, जीवनको अस्तित्व रहेको अनुमान

2017 Feb 27 1:29 PM 73

विज्ञापन

Birat Cancer Hospital
पृथ्वीजत्रै सात ग्रह, जीवनको अस्तित्व रहेको अनुमान

वैज्ञानिकले पत्ता लगाए पृथ्वीजत्रै सात ग्रह

वैज्ञानिकले पृथ्वीकै जत्रो आकार भएका सातवटा नयाँ ग्रह पत्ता लगाएका छन् । अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकले दूरदर्शक यन्त्र र पृथ्वीबाट गरेको विभिन्न अवलोकन विधिबाट ती ग्रह पत्ता लगाएका हुन् । नयाँ पत्ता लागेका ग्रहले ‘ट्रयापिस्ट वान’ नाम गरेको सानो तारालाई परिक्रमा गरिरहेका छन्। जीवनको अस्तित्व रहेको अनुमान खगोलशास्त्रीले पहिलोपटक एउटा सूक्ष्म तारालाई परिक्रमा गर्ने धेरै ग्रहको समूह पत्ता लगाएका हुन् । नयाँ पत्ता लागेका ग्रहमध्ये तीनवटा बस्न योग्य क्षेत्रमा छन्, जहाँ पानीको सतह देखिएकाले जीवनको अस्तित्व रहेको अनुमान गरिएको छ । पृथ्वीबाट ती ग्रहसम्म पुग्न लाखौँ वर्ष लाग्ने वैज्ञानिकले बताएका छन् । पत्ता लागेका ग्रह पृथ्वीबाट ३९ प्रकाशवर्षको दूरीमा रहेका छन् । थप अनुसन्धानका लागि महत्वपूर्ण पछिल्लो खोजले वायुमण्डलबाट निकै टाढा रहेको विश्वबारे थप अनुसन्धान गर्न बाटो खोलिदिएको वैज्ञानिकको विश्वास छ । त्यस्तै, वैज्ञानिकले ती ग्रहमा अक्सिजन, मिथेनलगायत ग्यास भए–नभएको विषयमा थप अध्ययन सुरु गरिसकेको बताएका छन् । ट्रयापिस्ट वान सानो र मधुरो भएकाले टेलिस्कोपबाट ती ग्रहको थप अध्ययन गर्न सहज हुने वैज्ञानिकको विश्वास छ । निकै नजिक पत्ता लगाइएका सातवटै नयाँ ग्रहहरू एक–अर्काबीच नजिक रहेको अनुसन्धान समूहका प्रमुख लेखक माइकल गिलोनले बताए । ‘सातैवटा ग्रहको तापक्रम मध्यम छ, त्यहाँ पानीको सतह भएको र जीवनको अस्तित्व रहेको हुन सक्छ,’ उनले भने । नयाँ ग्रहहरूमा पानी तथा जीवनको अस्तित्व नभए पनि अध्ययनका लागि भने रोचक हुने उनले बताए । ट्रयापिस्ट वान भने निकै सानो रहेको उनको भनाइ छ । अहिलेसम्म तीन हजार चार सय ४९ वटा ग्रह पत्ता लागेको नासाले जनाएको छ । महत्वपूर्ण फड्को नयाँ खोज महत्वपूर्ण भएको म्यासाचुसेस्ट्स इन्स्टिच्युट अफ टेक्नोलोजीकी प्राध्यापक सारा सिगरले बताइन् । ‘नयाँ अनुसन्धानसँगै हामीले पृथ्वीबाहिर बस्नयोग्य क्षेत्र र त्यहाँ जीवनको अस्तित्व खोज्ने दिशामा एउटा नयाँ फड्को मारेका छौँ,’ उनले भनिन् । एकैपटक धेरै ग्रह पत्ता लागेकाले अनुसन्धानका सम्भावना पनि धेरै भएको उनले बताइन् । गिलोनको समूहले सन् २०१५ देखि नै ट्रयापिस्ट वानप्रति रुचि राखेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला