Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

स्थानीय तहको निर्वाचन हुन नदिने षड्यन्त्र : सामान्य प्रशासनमन्त्री बुढाथोकी

2017 Feb 27 2:09 PM 43

विज्ञापन

Birat Cancer Hospital
स्थानीय तहको निर्वाचन हुन नदिने षड्यन्त्र : सामान्य प्रशासनमन्त्री बुढाथोकी
पाँचथर । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले स्थानीय तहको निर्वाचन हुन नदिने षड्यन्त्र भइरहेको बताउनुभएको छ । फिदिम जिल्लाको जोरपोखरीमा आयोजित नेपाल शिक्षक सङ्घको क्षेत्रीय भेलामामा आज पत्रकारसँग कुराकानी गर्दै मन्त्री बुढाथोकीले  एमालेले षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो । बाहिर निर्वाचनको रटान लगाएर भित्रभित्रै मिति गुजारी सरकारलाई असफल बनाउने षड्यन्त्रमा एमाले लागेको मन्त्री बुढाथोकीको आरोप थियो । “संविधान बाइबल र गीता होइन यो संशोधन हुँदै जान्छ”, उहाँले भन्नुभयो – “तर संशोधनको सबैभन्दा ठूलो बाधक एमाले बनेको छ ।” मन्त्री बुढाथोकीले संशोधन प्रस्तावमा मुलुकलाई अहित हुने कुनै विषय नभए पनि आफू पछि परिन्छ भन्ने डरले एमालेले अनावश्यक बखेडा झिकेको आरोप लगाउनुभयो । मन्त्री बुढाथोकीले काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको उल्लेख गर्दै यसको कार्यान्वयनमा पनि काँग्रेसले अभिभावकीय भूमिका निर्वाह गरी मुलुकलाई निकास दिने दाबी गर्नुभयो । मन्त्री बुढाथोकी  सहभागी हुन पाँचथर आइपुग्नुभएको हो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?