Live
| शनिबार, असार २६, २०८३
EN
arya newro
BiraKhabar
अनौठो खबर

कृत्रिम वर्षा, अब प्रकृतिमा मात्र निर्भर रहेन वर्षा

2017 Feb 27 3:22 PM 115

विज्ञापन

Birat Cancer Hospital
कृत्रिम वर्षा, अब प्रकृतिमा मात्र निर्भर रहेन वर्षा
काठमाडौं । बादललाई प्राचीनकालदेखि नै मौसमको भविष्यबाणी गर्ने आधार पनि मानिन्छ । रहने ठाउँ र कामका आधारमा माथिल्लो, मध्यवर्ती र तल्लो गरी बादललाई तीन समूहमा वर्गीकरण गरिन्छ । पृथ्वीबाट दुई किलोमिटरसम्मको उचाइमा रहेकोलाई तल्लो बादल भनिन्छ । आकाशमा विभिन्न थरीका बादल देखिन्छन् । बादलबाट वर्षा हुन्छ । बादल बन्नमा पनि पानीकै प्रमुख भूमिका हुन्छ । नदी, तलाउ, या समुद्रको पानी बाफ बनेर हावामा मिल्छ । बाफ हावासँगै आकाशमा पुग्छ । उचाइ बढ्दै जाँदा हावाको सतह चिसो हुन्छ । बाफमा धुलो र लवण पनि मिसिन्छन् । अनि बाफ, धुलो र लवणका लाखौं बुँदहरु मिसिएर बादल बन्छ । दुईदेखि सात किलोमिटर उचाइसम्मको बादल मध्यवर्ती र सो भन्दा माथि १३ किलोमिटरसम्म उचाइमा भएकोलाई माथिल्लो बादल भन्ने गरिन्छ । माथिल्लो भन्दा मध्यवर्ती र तल्लो बादल वर्षा गराउन बढी प्रभावकारी हुन्छन् । त्यसैले यसलाई मनसुनी बादल पनि भन्ने गरिन्छ । ग्रीष्म र वर्षा ऋृतुभरि यस्ता बादल प्रशस्त मात्रामा आकाशमा देखिन्छन् । आजकल वैज्ञानिकहरुले नक्कली बादल बनाउने र वर्षा गराउने काममा पनि सफलता प्राप्त गरिसकेका छन् । कृत्रिम वर्षाका लागि पनि बादलकै भूमिका रहन्छ । बादलविना पानी पार्ने काम गरे पनि यो विधि महँगो छ । कृत्रिम वर्षाका लागि दुई विधि छन् । (क) अत्यन्त चिसो पानीका थोपाहरु बाक्लो बादल भएको क्षेत्रमा छोडेर पानीका थोपालाई बरफमा बदल्नु र बादललाई पानी पार्न आवश्यक तापमानसम्म घटाएर पानी पार्न सक्नु पहिलो विधि हो । (ख) सिल्भर आयोडाइड तथा मिथायल डिहाइड जस्ता रासायनिक पदार्थको उपयोगबाट पनि पानी पार्न सकिन्छ । यस्ता यौगिकलाई विमानद्वारा बादलभन्दा माथि लगिन्छ र छर्ने काम गरिन्छ । यी यौगिकका कारण बादलको तापमान पानी पार्ने अवस्थासम्म पुग्दछ र कृत्रिम वर्षा हुन्छ । जब बादलको तापक्रम प्राकृतिक रुपमा १४ डिग्री फरेनहाइट वा १० डिग्री सेन्टिगे्रडसम्म घट्छ अनि पानीका मणिभ बन्छन् । मणिभ बनेका कारण वर्षा हुनुको सट्टा असिना पर्दछ । त्यसैले अत्यन्त चिसा पानीका थोपाहरु वा सिल्भर आयोडाइड तथा मिथायल डिहाइड जस्ता रासायनिक पदार्थ बादलभन्दा माथि छर्नु अगाडि यस कुरामा ध्यान दिनैपर्छ कि बादलको तापमान पानी पार्न चाहिनेभन्दा कम नहोस् । कृत्रिम वर्षाका कारण लागि अत्यन्त बाक्लो बादल जरुरी हुन्छ । यस खालको वर्षा विमानस्थलमाथिबाट बादल हटाउन प्रयोग गरिन्छ । यी दुबै विधि पूरा गर्न निकै सावधानी अपनाउनु जरुरी छ । कहिलेकाहीँ बादलमाथि रसायन वा अत्यन्त चिसा पानीका कणहरु छिटिंदा वायुमण्डलको गति र चापमा एक्कासी भिन्नता आउँछ । फलस्वरुप पानी पार्न खोजेका ठाउँमा असिना पारिदिन्छ र अन्यत्रै कतै वर्षा भईदिन्छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
2

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?