Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मोर्चाको सहमतिमै चुनाव हुन्छ: प्रचण्ड

2017 Mar 5 8:06 PM 38

विज्ञापन

Birat Cancer Hospital
मोर्चाको सहमतिमै चुनाव हुन्छ: प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानिय तहको संख्या थपेर मधेशी मोर्चालाई सहमतिमा ल्याइने दावी गर्नुभएको छ। आज पुर्वाञ्चल विश्वविद्यालयको आठौं दिक्षान्त समारोहमा उपस्थित हुनु अघि विराटनगर  विमानस्थलमा बोल्दै उहाँले  यस्तो बताउनुभएको हो। स्थानिय तहको संख्या थपेर वा अन्य कुनै तरिका अपनाएर भएपनि मधेशी मोर्चालाइ सहभागि गराउने प्रधानमन्त्री दाहालले दावी गर्नुभयो। प्रक्रियामा रहेको १५ वटा संसोधन विधेयक बहुमतको आधारमा नभएर प्रतिपक्षसँगको समझदारीमा परिमार्जन गरिने उहाको भनाइ थियो। स्थानिय निकायको चुनावका लागि भने परिमार्जन आवश्यक नरहेकाले कुनै पनि हालतमा चुनाव नरोकिने उहाको ठहर थियो। विभिन्न ६१ वटा शैक्षिक कार्यक्रम रहेको  दिक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर गरि ८ हजार ७ सय ६४ विद्यार्थीलाइ विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री दाहालले उपाधि प्रदान गर्नुभएको थियो। कला संकायमा ३ सय ९१, शिक्षा शास्त्रमा १६ सय ५, कानूनमा ३ सय ७६, व्यवस्थापनमा २ हजार ९ सय ५३, चिकित्सा शास्त्रमा १ हजार ७ सय ५६ र विज्ञान तथा प्रविधिमा १ हजार ६ सय ८३ विद्यार्थी दिक्षित भएका थिए।  कार्यक्रममा सगरमाथा टिभिका पुर्वाञ्चल प्रमुख अभिजाल बिष्टले समेत प्रधानमन्त्री दाहालको हातबाट उपाधि प्राप्त गर्नुभएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?