Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

दुई नम्बर प्रदेशमा १७ स्थानीय तह थप्ने सरकारको तयारी, मधेशी मोर्चा ५१ प्रतिशत नभए नमान्ने

2017 Mar 6 8:47 AM 51

विज्ञापन

Birat Cancer Hospital
दुई नम्बर प्रदेशमा १७ स्थानीय तह थप्ने सरकारको तयारी, मधेशी मोर्चा ५१ प्रतिशत नभए नमान्ने

 सरकारले आज स्थानीय तहको संख्या बढाउने भएको छ। मन्त्रिपरिषदले मधेसी मोर्चाको चित्त बुझाउन स्थानीय तहको संख्या बढाउने भएको हो।

यसका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा गठीत समितिले कति संख्या बढाउने भन्ने सुझाव मन्त्रिपरिषदमा पेश गर्ने छ। तराईमा १७ वटा र पहाडमा २ वटा गरी १९ वटा स्थानीय तह थप्ने सुझाव मन्त्रिपरिषदमा पठाउने तयारी भएको छ।

दुई नम्बर प्रदेशका ८ जिल्लामा १७ वटा तथा मनाङ र बझाङमा एकएक वटा संख्या थप्ने सुझाव समितिले तयार पारेको हो। सरकारले आज १९ वटा संख्या थप गरे स्थानीय तहको संख्या सात सय ३८ हुने छ। यसबाहेक काठमाडौंमा पनि शंकरापुर नगरपालिकालाई महानगरपालिकाबाट अलग गर्ने लगायतका विषयमा समितिमा छलफल भएको थियो।

राज्यमन्त्री श्रीप्रसाद जबेगुका अनुसार छलफलमा आएका यी विषय पनि मन्त्रिपरिषदलाई जानकारी गराउने तयारी भएको छ। उनले भने, 'विभिन्न किसिमका सुझाव आएका छन्। हामी मन्त्रिपरिषदलाई जानकारी गराउँछौं। मन्त्रिपरिषदले आफ्नो निर्णय गर्छ।'

१९ वटा स्थानीय तह थप्ने बाहेक अन्य केही विकल्प पनि समितिले मन्त्रिपरिषदमा सुझाउने तयारी गरेको जबेगुले बताए। उनका अनुसार मन्त्रिपरिषदले बढाउने संख्या स्थानीय तह पुनर्संरचना आयोगले निर्धारण गरेको अधिकतम संख्या ७४४ भन्दाधेरै हुनेछैन।

स्थानीय तहको संख्या र सीमा निर्धारण गर्ने जिम्मेवारी पाएको आयोगले बढीमा ७४४ स्थानीय तह बन्ने मापदण्ड बनाएको थियो। यसैमापदण्डका आधारमा तयार भएको ७१९ स्थानीय तह हुने प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो।

आयोगले पुस २२ गते बुझाएको यो प्रतिवेदन सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन। यो प्रतिवेदन अध्ययन गरेर सुझाव दिन मन्त्री पाण्डेको संयोजकत्वमा मन्त्रीहरू नविन्द्रराज जोशी र दिपक बोहोरा रहेको समिति सरकारले गठन गरेको थियो। पछि यही समितिलाई संख्या बढाउनका लागि सुझाव दिन मन्त्रिपरिषदले सुझाव दिएको थियो। यो समितिको म्याद शुक्रबार सकिएको छ। हिजो शनिबार बिदा परेकाले समितिले आज सुझाव बुझाउने भएको हो।

स्थानीय तह पुनर्संरचना आयोगले तयार पारेको प्रतिवेदनमा दुई नम्बर प्रदेशमा २२ वटा स्थानीय तह छन्। मधेसी मोर्चाले यो प्रतिवेदन नमान्ने भएपछि मोर्चालाई मनाउन सरकारले संख्या बढाउने तयारी गरेको हो। सरकारले संख्या बढाउँदैमा मधेसी मोर्चा सन्तुष्ट नहुने देखिएको छ।

मधेसी मोर्चामा आबद्ध संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने सरकारले थोरै संख्या थप्ने कुरा गरेर 'गोरू मोलाई' गरिरहेको आरोप लगाएका छन्। उनले आज मन्त्रिपरिषदले संख्या बढाए पनि त्यो मोर्चाका लागि मान्य नहुने प्रतिक्रिया दिए।

मधेसमा ५१ प्रतिशत जनसंख्या भएकाले कम्तीमा ५० प्रतिशत स्थानीय तह मधेसमा हुनुपर्ने उनको तर्क छ।

आयोगले बुझाएको प्रतिवेदनमा मधेसमा २० जिल्लामा २४० स्थानीय तह छन्। यो ७१९को ३४ प्रतिशत हो।

दुई नम्बर प्रदेशमा १७ वटा सहित १९ वटा स्थानीय तह थप गरिए मधेमा स्थानीय तहको संख्या २५७ पुग्ने छ। जुन कुल संख्या ७३८को ३५ प्रतिशत हुने छ।

दुई नम्बर प्रदेशमा स्थानीय तहको अनुपात अरू प्रदेशको भन्दा धेरै हुने छ।

मन्त्रिपरिषदले स्थानीय तहको संख्या बढाए यो निर्णयको वैधानिकतामा प्रश्न उठ्ने देखिन्छ। केही संविधानविद र आयोगका सदस्यले आयोगबाहेक अरू कसैले पनि अहिले स्थानीय तहको संख्या र सीमा चलाउन नसक्ने तर्क गरिरहेका छन्।  आयोगले बुझाएको प्रतिवेदनमा मन्त्रिपरिषदले हेरफेर गर्न पाउने वा नपाउने विषय भने संविधानमा उल्लेख छैन।

 

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?