Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

राजविराज घटना : दोषीलाई कारबाही गर्न एमालेको माग, घटना नियोजित

2017 Mar 7 5:18 PM 41

विज्ञापन

Birat Cancer Hospital
राजविराज घटना : दोषीलाई कारबाही गर्न एमालेको माग, घटना नियोजित
नेकपा एमालेले सप्तरी घटनाका दोषीलाई कारबाही गर्न  माग गरेको छ । मंगलबार  मुख्यालयमा पत्रकार सम्मेलन गर्दै एमालेले राजविराजमा सोमबार भएको घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेको हो । घटनाको यथार्थ छानबिन गर्न सरकार र मानव अधिकार टोलीलाई एमालेले आग्रह समेत गरेको छ । पत्रकार सम्मेलनपछि महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै राजविराज घटनालाई नियोजित रुपमा भएको दाबी गरेका छन् ।  झापाको काँकडभिट्टाबाट फागुन २१ गतेदेखि सुरु गरेको मेची महाकाली राष्ट्रिय अभियानको समयमै मोर्चाका कार्यकर्ताले सिरहामा विरोध, अवरोध, प्रदर्शन सुरु गरेको, एमाले कार्यकर्तालाई कालोमोसो दल्ने र कार्यक्रम तयारी गर्न नदिनुले पनि राजविराज घटनालाई एमाले नियोजितको संज्ञा दिएको हो । मोर्चासँगको सहमतिमा पूर्वनिर्धारित कार्यक्रमस्थल सार्ने र अप्रिय घटना हुन नदिन सरकार, स्थानीय प्रशासनलाई जानकारी गराए पनि यस्तो घटना हुनुले देशलाई अस्थिरतामा धकेल्ने, निर्वाचन हुन नदिने मोर्चाको संस्थागत योजना देखिएको एमालेको आरोप छ । एमाले राजविराजको घटनाको सम्पूर्ण जिम्मा मधेसी मोर्चाले लिनुपर्ने बताएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?