Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगरमा विशाल नशामुक्ति जनजागरण पदयात्रा

2017 Mar 15 8:05 PM 47

विज्ञापन

Birat Cancer Hospital
विराटनगरमा विशाल नशामुक्ति जनजागरण पदयात्रा

भगवती मानव कल्याण संगठनले “नशामुक्त नेपाल खुशीयाली नेपाल” को मुल नारा सहित बिराटनगरमा विशाल नशामुक्ति र्‍याली सम्पन्न गरेको छ।

समाजलाई नशामुक्त गर्न जनचेतना फैलाउने तथा सरोकारवाला निकायलाई खबरदारी गर्ने लक्ष्य सहित संगठनले जनजागरण पदयात्रा गरेको हो । बरगाछी स्थित बासुकीनाथ मन्दिर परिसरबाट शुरु भएको र्‍याली तिनपैनी चोक, तापडिया आँखा अस्पताल, जिल्ला प्रसासन कार्यालय, रंगेली रोड, गोल्छा हाउस हुँदै पुन: बासुकीधाम परिसरमा नै समापन भएको थियो । नशामुक्ती पदयात्रामा ४ सय भन्दा बढिको उपस्थिति रहेको थियो। नेपाल तथा भारत गरि ५० लाख भन्दा बढिलाई निशुल्क रुपमा नशामुक्त गर्नुभएका युग चेतना पुरुष परमहंस योगीराज श्री शक्तिपुत्रजी महाराजको निर्देशनमा आयोजीत पदयात्रा “नशामुक्त जिवन अपनाऔँ, जिवन आफ्नो सफल बनाऔँ”, “सत्य धर्म निर्माण गर्नेछौँ, मानवको कल्याण गर्नेछौँ”, “नशाले लिन्छ ज्यान आजै छाडौं” लगायतका सयौँ प्लेकार्डका साथ अघि बढेको थियो।

कार्यक्रममा संगठनका केन्द्रिय महासचिव अजय योगभारतीले समाज पतनको मुख्य कारण नशा रहेकाले समाजलाई नशामुक्त नगरि कुनै पनि प्रकारका परिवर्तन सम्भव नहुने बताउनुभयो। यस्तै संगठनका नेपाल सचिव विकास योगभारतीले यसै अभियान अन्तर्गत टंकिसिनुवारी, भाथिगछ, मलहङवा, बखरी, खोरिया लगायत बिराटनगरका बिभिन्न स्थानबाट सयौं व्यक्तिलाई नशामुक्त गराइसकेको जानकारी दिनुभयो।

नशामुक्ति अभियान अन्तर्गत काठमाडौ, भक्तपुर, ललितपुर, काभ्रे, मोरङ्ग, पाल्पा, सप्तरी, सुनसरी, लगायतका जिल्ल्लाहरुबाट पछिल्लो १ बर्षमा सयौं व्यक्तिहरु पुर्ण रुपमा नशामुक्त भइसकेको तथा हजारौको जिवनमा क्रमिक सुधार भइरहेको संगठनको दावी गरेको छ।  यस्तै नशामा डुबेका दर्जनौ व्यक्तिहरु नशामुक्त भएर समाज सुधारमा संलग्न भएका छन्।

final

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो