Live
| आइतबार, साउन १०, २०८३
EN
arya newro
BiraKhabar
समाचार

महासंघमा लगाइएको ताला ११ दिनपछि खुल्यो

2017 Mar 21 12:16 PM 53

विज्ञापन

Birat Cancer Hospital
महासंघमा लगाइएको ताला ११ दिनपछि खुल्यो
काठमाडौं  । नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा लगाइएको ताला ११ दिनपछि खुलेको छ । पत्रकार महासंघको सदस्यता शुद्धीकरणको माग गर्दै क्रान्तिकारी पत्रकार महासंघले २७ फागुनमा महासंघ केन्द्रमा ताला लगाएको थियो । सोमबार तीनबुँदे सहमतिपछि ताला खुलेको हो । पत्रकार महासंघले गैरपत्रकारहरूलाई सदस्यता वितरण गरेको, वर्षौदेखि बन्द रहेका मिडियाका नाममा प्रतिष्ठान कायमै राखेको र फर्जी सदस्यता बाँडेको, विधानविपरीत सदस्यता स्थानान्तरण गरेको क्रान्तिकारी पत्रकार महासंघको आरोप थियो । क्रान्तिकारी पत्रकारले उठाएका सदस्यता शुद्धीकरण, फर्जी प्रतिष्ठान शाखा खारेजी तथा पत्रकारको सट्टा भर्नासम्बन्धी विषय उपयुक्त विधि र प्रक्रियाबाट सम्बोधन गर्ने सहमति भएको क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले जानकारी दिए । सहमतिअनुसार महासंघले निर्णय नगरे पुनः तालाबन्दी गर्न बाध्य हुने उनले चेतावनी दिए । वार्तामा महासंघका तर्फबाट अध्यक्ष महेन्द्र विष्ट, उपाध्यक्षद्वय खिलबहादुर भण्डारी, धर्मेन्द्र कर्ण, महासचिव उजीर मगर र क्रान्तिकारीबाट अध्यक्ष राउतसहित उपाध्यक्ष नारायण पंगेनीलगायत सहभागी थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?