Live
| बिहिबार, चैत २०, २०८२
EN
arya newro
BiraKhabar
समाचार

मोरङ व्यापार संघले आगामी बैशाख भित्रै नयाँ नेतृत्व पाउने

Mar 21, 2017 10:08 AM
मोरङ व्यापार संघले आगामी बैशाख भित्रै नयाँ नेतृत्व पाउने
विराटनगर । मोरङ व्यापार संघको ६२औं साधारण सभाले आगामी बैशाख भित्रै नयाँ नेतृत्व चयन गर्ने भएको छ। गत असारमै सकिएको पवन कुमार सारडाको नेतृत्वको कार्यकारी समितिले नयाँ नेतृत्व चयनसँगै कार्यभार हस्तान्तरण गर्नुपर्ने छ। बढीमा छ महिनामात्र कार्यभार थप गर्न सकिने प्रावधान रहेकाले दुइ महिना देखि कार्यसमिति विधानविपरीत सञ्चालनमा छ । आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउत र महासचिव प्रकाश मुन्दडाको गुट नेतृत्व चयनमा लागेको छ । वरिष्ठ उपाध्यक्ष राउत अध्यक्षका प्रत्यासी हुन । महासचिव मुन्दडाको पक्षले शारडालाई अध्यक्ष पद दोहोर्याउन दबाब दिइरहेको छ। संघका पूर्व अध्यक्ष महेश जाजू मुन्दडाका पक्षमा र पूर्व अध्यक्ष अविनाश बोहरा राउतका पक्षमा रहेका छन् । महासचिव लगायतका पद र केही सदस्यमा आÏना पक्षका व्यवसायी राखे मुन्दडा वरिष्ठ उपाध्यक्षमा रहेर राउतलाई अध्यक्ष स्वीकार गर्न तयार छन । १ हजार ७ सय साधारण सदस्यले १९ जना कार्यकारी सदस्य चुन्ने छन् । निर्वाचित १९ सदस्यले आफैंभित्रबाट एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्य क्षेत्रका लागि १/१ उपाध्यक्ष, १/१ महासचिव र सचिवको निर्वाचन गर्नुपर्ने छ ।
Dhoni Sabuun