Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आगामी बजेटमा नीतिगत सुधार सहित नीजि क्षेत्रलाई प्रोत्साहित गर्ने: अर्थमन्त्री महरा

2017 Mar 26 3:51 PM 27

विज्ञापन

Biratkhavar
आगामी बजेटमा नीतिगत सुधार सहित नीजि क्षेत्रलाई प्रोत्साहित गर्ने: अर्थमन्त्री महरा
विराटनगर । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय स्वार्थ प्रतिविम्वित हुने गरि आगामी बजेटमा उद्योग व्यवसायहरुलाई प्रोत्साहन गरिने बताउनुभएको छ । अर्थमन्त्रालय , राजस्व परामर्श समितिले विराटनगरमा आयोजना गरेको आर्थिक वर्ष २०७४/७५ को बजेटको पूर्व तयारीको सन्दर्भमा सरोकारवालाबीच छलफल तथा अन्तरक्रियामा उहाले नीजि क्षेत्रका  लागि नीतिगत सुधार गरिने बताउनुभएको हो । मन्त्री महराले आगामी बजेटमा नीजि क्षेत्र राज्यको स्वार्थ भन्दा बाहिर नजाने किसिमले नीतिहरु संशोधन तथा परिमार्जन गर्ने स्पष्ट पार्नुभएको हो । उहाँले औद्योगिक नगरी विराटनगरलाई महानगरपालीका बनाउने विषयमा आफु गम्भिर रहेको बताउनुभयो । उहाँले विराटनगरलाई महानगरपालीका बनाउने विषयमा शिघ्र प्रधानमन्त्री, विभिन्न पार्टी साझेदारहरुसँग छलफल गर्ने बताउनुभयो । कार्यक्रममा राजस्व सचिव राजन खनालले कर भन्सारमा व्यवसायीले भोगिरहेको समस्या दृष्टिगत गर्दै प्रणालीगत सुधारको कार्य भइरहेको बताउनुभयो ।  कार्यक्रममा उद्योगी व्यवसायीहरुले अधिक करका कारण भारतसँग प्रतिष्पर्धा गर्न नसक्दा उद्योगहरु धरासायी बन्दै गइरहेको गुनासो गरेका थिए । आगामी बजेटमा विराटनगरमा क्षेत्रीय विमानस्थल, प्रदर्शनीमार्ग, चक्रपथ निर्माण तथा कृषिमूखी उद्योगलाई प्राथमिकतामा राख्नुपर्नेमा उनीहरुले जोड दिएका थिए । बैंकिङ क्षेत्रमा बेलगाम ब्याजको अषरले व्यवसायीहरु मारमा परेको, आयात निर्यातमा जटिलता रहेको लगायतका समस्या राखेका थिए ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु