Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगरलाई महानगरपालीका बनाउन पहल गर्छु: गृहमन्त्री निधि

2017 Mar 27 5:34 PM 58

विज्ञापन

Birat Cancer Hospital
विराटनगरलाई महानगरपालीका बनाउन पहल गर्छु: गृहमन्त्री निधि
गृहमन्त्री विमलेन्द्र निधिले विराटनगरलाई महानगरपालीका बनाउने विषयमालाई आफु जुटेर सार्थक तुल्याउने बताउनुभएको छ। विराटनगरमा आयोजित न्यूसृष्टि दैनिकको छैठौ वार्षिकोत्सवको अवसरमा बोल्दै उहाले विकासको केन्द्र बन्दै गएको विराटनगरलाई महानगरपालीका बनाउने विषयमा आफु जुटेर सार्थक तुल्याउने बताउनुभएको हो । उहाले स्थानिय निकायको निर्वाचनमा सवै जनता उत्साहित रहेको भन्दै मधेसी मोर्चा समेत सहभागि हुने बताउनुभयो। कार्यक्रममा समाजमा विभिन्न योगदान पुर्याएका विराटनगरका समाजसेवीहरुलाई सम्मानित गरिएको थियो । कार्यक्रममा रानुदेवी अधिकारी न्यू सृष्टि दैनिक कला पुरस्कार दीपाश्री निरौला लाइ, महेन्द्र गोल्छा न्यू सृष्टि दैनिक स्पेशल औद्योगिक अवार्ड रवि केसीलाई र केशवप्रसाद कोइराला न्यू सृष्टि दैनिक सामाजिक सेवा पुरस्कार महेष जाजुलाई प्रदान गरिएको थियो । साथै निरौलालाई ९ हजार ९ सय ९९, केसीलाई २१ हजार २१ र जाजुलाई ११ हजार १ सय ११ रुपैया प्रदान गरिएको थियो । यस्तै विशेष सम्मानबाट ऋषि  धमला, अविजाल विष्ट सम्मानित भएका थिए । यस्तै रामानन्द जाजु/हरप्यारीदेवी जाजु छात्रबृत्ति श्रीगुरुकुल स्कुलका विद्यार्थी समीर वस्नेत र राजदेव उरावलाई प्रदान गरिएको थियो । यस पटकको सरकारी सेवातर्फ मेन अफ दी इयर नेपाल प्रहरीका नायब महानिरिक्षक केशरीराज घिमिरे र नेपाल विद्युत प्राधिकरण पूर्वाञ्चल प्रमुख ओमप्रकास राठीलाई प्रदान गरिएको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?