Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सप्तकोशीका डल्फिन संक्रमित

2017 Mar 30 1:37 PM 84

विज्ञापन

Birat Cancer Hospital
सप्तकोशीका डल्फिन संक्रमित
विराटनगर । दुर्लभ र लोपोन्मुख जन्तुको सूचीमा सूचीकृत डल्फिनको प्राकृतिक बासस्थान जोखिममा रहेको टिप्पणी भइरहेका बेला सप्तकोशी नदीका अधिकांश डल्फिन संक्रमित अवस्थामा फेला परेका छन्। सो क्षेत्रमा रहेका १ दर्जन वयस्क ‘ग्याङ्गेटिक रिभर डल्फिन’मध्ये अधिकांशको छालामा संक्रमण देखिएको छ। डल्फिनको छालामा कालो धब्बासहित स–साना घाउ भेटिएको छ भने केहीको छाला चिरिएको र केहीको चुच्चोमा समेत असर परेको पाइएको छ। ‘कोशीका लगभग आधा डल्फिनको छालामा संक्रमण भएको देखियो, डल्फिन अनुसन्धाता शम्भु पौडेलले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘२ वटा डल्फिनको चुच्चो ‘ज’ समेत भाँचिएको भेटियो।’ उहाँका अनुसार ५ वटा डल्फिनको छालामा संक्रमण देखिएको छ भने २ वटाको माथिल्लो र मुनिको चुच्चो भाँचिएको छ। अध्ययन कोशी ब्यारेजदेखि करिब २ किलोमिटर दक्षिणतर्फ केन्द्रित थियो। बढ्दो मानवीय गतिविधि र अवैधरूपमा माछा मार्न प्रयोग हुने विभिन्न किसिमका जाली र उपकरणको प्रयोगका कारण डल्फिनको विचरण क्षेत्र साँघुरिएपछि यस्तो घटना बढेको पौडेलले बताउनुभयो। ‘चुच्चोको कारणले आफ्नो समूहलाई आवाज निकालेर सञ्चार गर्ने डल्फिनले चुच्चोकै कारणले आफ्नो मुख्य आहारा (माछा)को शिकार गर्ने ‘सेन्सर’को काम समेत गर्छ, तर प्राकृतिक विचरण क्षेत्रमा अतिक्रमण बढेपछि कोशीका डल्फिन संकटमा परेका छन्।’ –उहाँले भन्नुभयो। पौडेल नेतृत्वको एक साता लामो प्रत्यक्ष अध्ययन⁄अवलोकनमा हङकङका विज्ञ ग्रान्ट अवेलसहित स्थानीय बासिन्दाले सघाएका थिए। सो अध्ययन कोशी व्यारेजदेखि २ किलोमिटर दक्षिणतर्फ केन्द्रित थियो। वन विज्ञान अध्ययन संस्थान पोखराका उप–प्राध्यापक पौडेल मुलुकका प्राकृतिक बासस्थानमा रहेका ग्याङ्गेटिक डल्फिनको विचरण क्षेत्र र डल्फिनको आनीबानीबारे अमेरिकाको युनिभरर्सिटी अफ एरिजोनाबाट विद्यावारिधी गरिरहनुभएको छ। यसअघि गत भदौमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयूसीएन), राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका निकायले गरेको राष्ट्रिय स्तरको गणनामा कर्णालीको मोहना, सप्तकोशी र नारायणीमा ४ दर्जन बयस्क डल्फिन फेला परेका थिए। त्यसमध्ये कोशी व्यारेजदेखि भारतीय सीमा क्षेत्रको गोबरगाढाको ७ किलोमिटर दूरीभित्र १ दर्जन डल्फिन फेला परेका थिए। साभार: नेपाल समाचारपत्र

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला