Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिमान शनिबार र मंगलबार कम दुर्घटना

2017 Apr 21 8:05 PM 35

विज्ञापन

Birat Cancer Hospital
बिमान शनिबार र मंगलबार कम दुर्घटना
बिराटनगर । बिमान दुर्घटनाको तथ्यांकबाट शनिबार र मंगलबार अन्य बारको तुलनामा कम दुर्घटना भएको छ । विगतका १० वटा विमान दुर्घटनाको रेकर्ड हेर्दा शनिबार एउटा पनि दुर्घटना नै नभएको देखिन्छ । मंगलबार दुईवटा दुर्घटना भएको देखिन्छ । सबैभन्दा बढी दुर्घटना आइतबार ४ वटा भएको तथ्यागं छ । जबकि ज्योतिषशास्त्रका हिसाबले आइतबार र बुधबार यात्राका लागि शुभ बारहरु हुन् । शनिबार र मंगलबार यात्रा गर्दा अशुभ हुन्छ भन्ने अन्धविश्वास अझै पनि नेपाली समाजमा बाँकी छ । यसबाट विमान कम्पनीसमेत प्रभावित बन्दै आएका छन् । गत मंगलबार बुद्ध एयरमा भैरहवासम्मको टिकट २६ सय रुपैयाँमा बेच्यो । जबकि अन्य दिनमा भने सो टिकट ३९ सय रुपैयाँ बेचिन्थ्यो । बुद्ध एयरकी बजार व्यवस्थापक बिनिता थापाका अनुसार बिराटनगर, भद्रपुर र भैरहवाको उडानमा शनिबार र मंगलबारले प्रभाव पार्ने गरेको छ । उनले भनिन् ‘शनिबार र मंगलबार यात्रा गनृ नहुने धार्मिक मान्यताका कारण भद्रपुर, बिराटनगर र भैरहवा जस्ता स्थानमा यात्रु कम हुने गरेका छन् ।’ सौर्य एयरलाइन्सका मार्के्टिङ प्रमुख मुकेश खनालका अनुसार सो एयरलाइन्समा पनि भद्रपुर र बिराटनगरको उडानमा शनिबार र मंगलरबार यात्रु कम हुने गरेका छन् । विशेषगरी लोअर क्लास सिटमा यात्रु कम हुने गरेको उनले बताए । अन्य दिनको तुलनामा शनिबार र मंगलबार यात्रु निकै कम हुने विमान कम्पनीहरुको भनाइ छ । यी दुई दिनमा यात्रु तान्नका लागि कम्पनीहरुबीच भाडा घटाउने प्रतिस्पर्धा चल्ने गरेको छ । नेपाल वायु सेवा सञ्चालक संघका प्रवक्ता घनश्याम आचार्यले शनिबार र मंगलबार अन्य दिनको तुलनामा यात्रुहरु कम हुने गरेको स्वीकार गरे । यात्रु कम भएपछि मूल्यमा सोझो असर पर्ने उनको भनाइ छ । यात्रुहरु कम भएपछि मंगलबार र शनिबार विमान कम्पनीहरुले भाडा घटाउँछन् र यसको फाइदा बाठा यात्रुहरुले लिन्छन् । उनीहरु पर्खेर भए पनि शनिबार र मंगलबार यात्रा गर्ने गरेको विमान कम्पनीहरुको भनाइ छ । दुर्गम तथा हिमाली क्षेत्रका विमानमा भने हप्तैभरि पर्यटकको बढी घुईंचो हुने गरेको छ । उनीहरु बार हेरेर बिमान चढ्दैनन् । यसैले गर्दा ती क्षेत्रका उडानलाई यी दुईवटा बारले खासै प्रभावित गर्दैन र भाडा पनि घटाउनुपर्दैन ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?