Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बरूणको बाढीले अरूण नदी थुनियो, ७ वटा घरमा क्षति

2017 Apr 21 8:31 PM 34

विज्ञापन

Birat Cancer Hospital
बरूणको बाढीले अरूण नदी थुनियो, ७ वटा घरमा क्षति
सङ्खुवासभा । बरुण नदीमा आएको बाढी पहिराका कारण अरुण नदी थुनिदा स्थानीयबासीलाई त्रास सृजना भएको छ । जसका कारण ४ वटा घरमा क्षति पुगेको छ । बाढी पहिराको कारण भोटखोला गाउँपालिकाको स्याक्सिला गोलामा अरुण नदी थुनिएको हो । बिहीबार साँझदेखि नदी थुनिएपछि करिब दुई किलोमिटर लामो ताल बनेको छ । नदी थुनिएपछि बरुण बजार क्षेत्रको तीनवटा घरमा पूर्णरुपमा क्षति पुगेको छ भने चारवटा घर उच्च जोखिममा परेको छ । नदी थुनिएपछि कपासे, भोटखोला गाउँपालिका ४ र ५ नं वडा, तावाखोला तथा अरुण किनारका अन्य वस्ती जोखिममा परेका छन् । ताल फुटेको खण्डमा अरुण तेस्रो आयोजनास्थल केवावेसी तुम्लिङटारदेखि धनकुटाको महालक्ष्मी नगरपालिकाको दमार र लेगुवा बजार, शहिदभूमि गाउँपालिकाको त्रिवेणी क्षेत्रको वस्तीमा क्षति पुग्ने अवस्था छ । बरुण नदी अरुण नदीमा आएर मिसिन्छ । प्रमुख जिल्ला अधिकारी शिवराज जोशीका अनुसार अहिले सो क्षेत्रमा ३६ जनाको प्रहरी टोली परिचालन गरिएको छ । जिल्लामै रहनुभएका स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ नदी थुनिएको क्षेत्रतर्फ जानुभएको छ । यसैबीच उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले अरुण नदीमा थुनिएको पानी सावधानीपूर्वक निकासा गरेर मानवीय क्षति हुन नदिने व्यवस्था मिलाउन निर्देशन पछि गृह मन्त्रालयबाट प्राविधिक टोली हेलिकोप्टरबाट सङ्खुवासभा आई जोखिमलाई न्युनिकरण गरेको थियो । मन्त्रालयका अनुसार सो टोलीमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्का, गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउत, भूगर्भ्विद्, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधि, नेपाली सेनाको प्राविधिक टोली, सशस्त्र प्रहरी तथा जल उत्पन्न प्रकोप विभागका प्रतिनिधिलगायत टोलि थियो । पहिराका कारण चीनसँगको नाका किमाथाङ्का जाने बाटोसमेत बन्द भएको गृह मन्त्रालयले जनाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?