Live
| बिहिबार, कार्तिक ५, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोग र माओबादी र काग्रेसका शिर्षनेताको न्यायलयको डर, अब के होला ?

2017 May 7 5:51 PM 82

विज्ञापन

Birat Cancer Hospital
प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोग र माओबादी र काग्रेसका शिर्षनेताको न्यायलयको डर, अब के होला ?
अबिजाल बिष्ट / मोरगं । सुशीला कार्की प्रधानन्यायाधीश हुन् । उनले गर्ने न्यायिक काम संविधान, कानुन अनुरुप हुन्छन् कि हुँदैनन् ? उनले न्याय दिँदा निश्पक्षता अपनाउँछिन् कि अपनाउँदिनन् ? नागरिकले गर्नु पर्ने प्रश्न यो हो । तर, विधिको शासनका पक्षमा भएको सञ्चार माध्यमले नै कुन फैसला गर्दा कुन पार्टीलाई लाभ पुग्छ ? आइजीपीमा नवराजलाई फुली लगाइदिइन् भने त शेरबहादुरसँग टसल गरेको सावित हुन्छ भन्न मिल्छ ? संविधान, कानुन, आधार प्रमाणले जे प्राप्त हुन्छ न्यायालयले त्यही गर्नु भन्नु पर्दैन ? प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध महाअभियोग दर्ता भएसँगै राज्यका तीन अंगबीच देखिएको तनाव समाधानतर्फ उन्मूख भएको छ । कार्यपालिकाका नाममा शेरबहादुर र पुष्पकमलले न्यायपालिकामाथि गरिरहेको वार्गे्निङ र तानाशाही कदममा पदको मर्यादा गुमाएर सामेल भएकी सभामुख ओनसरी घर्तीले त्यस क्रममा आफ्नो पदको दुरुपयोग गरिन् । आफ्नै सचिवालयमा बसेर देशको सर्वाेच्च न्यायपालिकाका प्रमुख विरुद्ध महाभियोग तयार गर्ने, महाभियोग दर्ता हुनासाथै हतारहतार निलम्बनको पत्र लेख्ने र अप्रमाणिक हस्ताक्षरको हतियार प्रयोग गरेर रातारात काम प्रधानन्यायाधीशलाई पद बहाली गराउने कामसम्म उनको संलग्नता रह्यो । सभामुखको पदलाई प्रधानमन्त्री मातहतको निजी सचिवालयका रुपमा प्रयोग गरेकी सभामुख ओनसरी घर्तीको यो कदम सर्वाेच्च अदालतको शुक्रवारको अन्तरिम आदेशले निष्काम सावित भयो । संसदको प्रक्रियामा प्रवेश गरिसकेको महाअभियोग अघि नबढाउन र प्रधानन्यायाधीश कार्कीलाई काममा फर्कन सर्वोच्चको एकल इजलासले अन्तरिम आदेश दिएपछि सरकार भर्सेस अदालतमा रहेको द्वन्द्व त्रिपक्षीय भएको थियो । यसको सरुवात प्रधानन्यायाधीश कार्की स्वयंले गरिन् । शुक्रबार नै सर्वोच्चमा हाजिर भएकी प्रधानन्यायाधीश कार्की आइतबारबाट नियमित काममा आएकी छन् । तर, उनले आफ्नो इजलास राखिनन् । आफूले कुनै मुद्दा नहेरेर प्रधानन्यायाधीश कार्कीले सहमतितर्फ अघि बढ्ने संकेत गरेकी छिन् । अब कार्कीको कार्यकाल एक महिना मात्रै छ । केही वरिष्ठ अधिवक्ताले प्रधानन्यायाधीश कार्कीलाई एक महिनाअघि नै विदा बस्ने प्रचलनअनुसार विदामा बस्न सुझाव दिएका छन् । कार्की विदा बस्ने सम्भावना त निकै कम छ । तर, उनले अब बाँकी कार्यकालमा मुद्दा नहेर्ने संकेत देखिएको छ । न्यायिक प्रचलन अनुसार प्रधानन्यायाधीशले आफ्नो कार्यकाल सकिने बेलामा बञ्चमा बस्दैनन् । प्राकृतिक न्यायको सिद्धान्त अनुसार विदा हुने बेलामा न्यायाधीशले मुद्दा मामिलामा सहभागिता जनाउँदा न्यायमा प्रभाव पर्ने भएकाले त्यसो गर्ने प्रचलन रहेको छ । मुद्दा नहेर्ने भइसकेपछि महिना दिनअघि कोही न्यायाधीश विदामा बस्छन् भने कसैले कार्यालयमा हाजिर भए पनि मुद्दा हेर्दैनन् । प्रधानन्यायाधीश कार्कीले अदालतमा पुगेर जिम्मेवारी सम्हालेको केही घण्टामै व्यवस्थापिका संसद र सभामुख पनि लचिलो भएर प्रस्तुत भएका छन् । तर, सभामुख घर्ती मगरले निकै सुझबुझपूर्ण कदम चाल्दै संसर्द क साताका लागि स्थगित गरिन् । जेठ ४ गतेसम्मका लागि संसद स्थगित गरेर पत्रकारहरुमाझ उपस्थित सभामुख आक्रामक रुपमा प्रस्तुत पनि भइनन् । यसले आफ्नो विशेषाधिकार हनन भयो भन्दै संसद वा सभामुखले तत्काल कुनै प्रतिक्रियात्मक कदम चाल्ने सम्भावनालाई टारेको छ । र, जेठ ४ सम्म्ममा यो विषय कुनै न कुनै रुपमा समाधानमा जाने उनको अपेक्षा देखिन्छ । अब प्रश्न उठ्छ, सरकारले के गर्ला ? यदि सर्वोच्चको फैसलाविरुद्ध जाने हो भने सरकारको एउटा मात्र विकल्प अन्तरिम आदेश पुनरावलोकनमा जाने हो ।  यदि प्रधानन्यायाधीश कार्कीले आगामी दिनमा आफैं मुद्दा हेरिनन् भने कांग्रेस र माओवादीलाई संसदमा रहेको महाअभियोग फिर्ता लिने वातावरण बन्ने स्रोतहरुको दाबी छ । माओवादीको चरित्र राजनीतिक भन्दा यस्तै वार्गे्निङमा आधारित छ र राजनीतिमा उसले पाएको स्थान सहमतिका नाममा पनि वार्गे्निङले खडा गरेको स्पेश हो । सर्वाेच्च अदालतकी प्रधानन्यायाधीश सुशीला कार्कीले नवराज सिलवाललाई आइजीपीको फुली लाइदिने पो हो कि ? शेरबहादुरलाई जेल हाल्ने पो हो कि ? सिलवाललाई फुली लगाउने नलगाउने कुरा अदालतमा चलेको मुद्दामा प्रस्तुत हुने आधार प्रमाण र कानुनी ब्यवस्थासँग गाँसिएको छ । कुनै पनि न्यायकर्मीलाई यस्ता सर्तले बाँध्न मनोवैज्ञानिक त्रास खडा गर्नेगरी समाचार वा प्रचारका विषय हुन सक्दैनन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला