Live
| शुक्रबार, बैशाख ४, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोग र माओबादी र काग्रेसका शिर्षनेताको न्यायलयको डर, अब के होला ?

2017 May 7 5:51 PM 37

विज्ञापन

Biratkhavar
प्रधानन्यायाधीश सुशीला कार्कीको महाअभियोग र माओबादी र काग्रेसका शिर्षनेताको न्यायलयको डर, अब के होला ?
अबिजाल बिष्ट / मोरगं । सुशीला कार्की प्रधानन्यायाधीश हुन् । उनले गर्ने न्यायिक काम संविधान, कानुन अनुरुप हुन्छन् कि हुँदैनन् ? उनले न्याय दिँदा निश्पक्षता अपनाउँछिन् कि अपनाउँदिनन् ? नागरिकले गर्नु पर्ने प्रश्न यो हो । तर, विधिको शासनका पक्षमा भएको सञ्चार माध्यमले नै कुन फैसला गर्दा कुन पार्टीलाई लाभ पुग्छ ? आइजीपीमा नवराजलाई फुली लगाइदिइन् भने त शेरबहादुरसँग टसल गरेको सावित हुन्छ भन्न मिल्छ ? संविधान, कानुन, आधार प्रमाणले जे प्राप्त हुन्छ न्यायालयले त्यही गर्नु भन्नु पर्दैन ? प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध महाअभियोग दर्ता भएसँगै राज्यका तीन अंगबीच देखिएको तनाव समाधानतर्फ उन्मूख भएको छ । कार्यपालिकाका नाममा शेरबहादुर र पुष्पकमलले न्यायपालिकामाथि गरिरहेको वार्गे्निङ र तानाशाही कदममा पदको मर्यादा गुमाएर सामेल भएकी सभामुख ओनसरी घर्तीले त्यस क्रममा आफ्नो पदको दुरुपयोग गरिन् । आफ्नै सचिवालयमा बसेर देशको सर्वाेच्च न्यायपालिकाका प्रमुख विरुद्ध महाभियोग तयार गर्ने, महाभियोग दर्ता हुनासाथै हतारहतार निलम्बनको पत्र लेख्ने र अप्रमाणिक हस्ताक्षरको हतियार प्रयोग गरेर रातारात काम प्रधानन्यायाधीशलाई पद बहाली गराउने कामसम्म उनको संलग्नता रह्यो । सभामुखको पदलाई प्रधानमन्त्री मातहतको निजी सचिवालयका रुपमा प्रयोग गरेकी सभामुख ओनसरी घर्तीको यो कदम सर्वाेच्च अदालतको शुक्रवारको अन्तरिम आदेशले निष्काम सावित भयो । संसदको प्रक्रियामा प्रवेश गरिसकेको महाअभियोग अघि नबढाउन र प्रधानन्यायाधीश कार्कीलाई काममा फर्कन सर्वोच्चको एकल इजलासले अन्तरिम आदेश दिएपछि सरकार भर्सेस अदालतमा रहेको द्वन्द्व त्रिपक्षीय भएको थियो । यसको सरुवात प्रधानन्यायाधीश कार्की स्वयंले गरिन् । शुक्रबार नै सर्वोच्चमा हाजिर भएकी प्रधानन्यायाधीश कार्की आइतबारबाट नियमित काममा आएकी छन् । तर, उनले आफ्नो इजलास राखिनन् । आफूले कुनै मुद्दा नहेरेर प्रधानन्यायाधीश कार्कीले सहमतितर्फ अघि बढ्ने संकेत गरेकी छिन् । अब कार्कीको कार्यकाल एक महिना मात्रै छ । केही वरिष्ठ अधिवक्ताले प्रधानन्यायाधीश कार्कीलाई एक महिनाअघि नै विदा बस्ने प्रचलनअनुसार विदामा बस्न सुझाव दिएका छन् । कार्की विदा बस्ने सम्भावना त निकै कम छ । तर, उनले अब बाँकी कार्यकालमा मुद्दा नहेर्ने संकेत देखिएको छ । न्यायिक प्रचलन अनुसार प्रधानन्यायाधीशले आफ्नो कार्यकाल सकिने बेलामा बञ्चमा बस्दैनन् । प्राकृतिक न्यायको सिद्धान्त अनुसार विदा हुने बेलामा न्यायाधीशले मुद्दा मामिलामा सहभागिता जनाउँदा न्यायमा प्रभाव पर्ने भएकाले त्यसो गर्ने प्रचलन रहेको छ । मुद्दा नहेर्ने भइसकेपछि महिना दिनअघि कोही न्यायाधीश विदामा बस्छन् भने कसैले कार्यालयमा हाजिर भए पनि मुद्दा हेर्दैनन् । प्रधानन्यायाधीश कार्कीले अदालतमा पुगेर जिम्मेवारी सम्हालेको केही घण्टामै व्यवस्थापिका संसद र सभामुख पनि लचिलो भएर प्रस्तुत भएका छन् । तर, सभामुख घर्ती मगरले निकै सुझबुझपूर्ण कदम चाल्दै संसर्द क साताका लागि स्थगित गरिन् । जेठ ४ गतेसम्मका लागि संसद स्थगित गरेर पत्रकारहरुमाझ उपस्थित सभामुख आक्रामक रुपमा प्रस्तुत पनि भइनन् । यसले आफ्नो विशेषाधिकार हनन भयो भन्दै संसद वा सभामुखले तत्काल कुनै प्रतिक्रियात्मक कदम चाल्ने सम्भावनालाई टारेको छ । र, जेठ ४ सम्म्ममा यो विषय कुनै न कुनै रुपमा समाधानमा जाने उनको अपेक्षा देखिन्छ । अब प्रश्न उठ्छ, सरकारले के गर्ला ? यदि सर्वोच्चको फैसलाविरुद्ध जाने हो भने सरकारको एउटा मात्र विकल्प अन्तरिम आदेश पुनरावलोकनमा जाने हो ।  यदि प्रधानन्यायाधीश कार्कीले आगामी दिनमा आफैं मुद्दा हेरिनन् भने कांग्रेस र माओवादीलाई संसदमा रहेको महाअभियोग फिर्ता लिने वातावरण बन्ने स्रोतहरुको दाबी छ । माओवादीको चरित्र राजनीतिक भन्दा यस्तै वार्गे्निङमा आधारित छ र राजनीतिमा उसले पाएको स्थान सहमतिका नाममा पनि वार्गे्निङले खडा गरेको स्पेश हो । सर्वाेच्च अदालतकी प्रधानन्यायाधीश सुशीला कार्कीले नवराज सिलवाललाई आइजीपीको फुली लाइदिने पो हो कि ? शेरबहादुरलाई जेल हाल्ने पो हो कि ? सिलवाललाई फुली लगाउने नलगाउने कुरा अदालतमा चलेको मुद्दामा प्रस्तुत हुने आधार प्रमाण र कानुनी ब्यवस्थासँग गाँसिएको छ । कुनै पनि न्यायकर्मीलाई यस्ता सर्तले बाँध्न मनोवैज्ञानिक त्रास खडा गर्नेगरी समाचार वा प्रचारका विषय हुन सक्दैनन् ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

तेस्रो सर्किट ब्रेकपछि आजै रोकियो नेप्सेको कारोबार, ६ प्रतिशत उकालोसँगै बजार बन्द

Mar 9

वेब स्टोरिज

छुटाउनुभयो कि ?

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान