Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भरतपुर, पोखरा र काठमाडौं महानगरमा कांग्रेस–माओवादी तालमेल भत्कियो, प्रचण्ड सरकारको आयु लम्बाउने खेल

2017 May 7 6:32 PM 64

विज्ञापन

Birat Cancer Hospital

 राजनैतिक सहमति सरकार टिकाउ खेल टिप्पणी

अबिजाल बिष्ट/ मोरगं । स्थानीय तहको चुनाव अन्तर्गत मुलुकका चार महानगरपालिकाको निर्वाचनमा राजनीतिक भन्दा पनि आफ्नी छोरीलाई भरतपुर महानगरको मेयर बनाउन कांग्रेससँग तालमेल गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले तालमेलले पनि छोरीले चुनाव नजित्ने ठानेपछि चुनाव लगत्तै प्रधानमन्त्री पदबाट राजीनामा दिन लागेको प्रचार गराएका छन् । काठमाडौं, पोखरा लेखनाथ र भरतपुर महानगरको चुनावी तालमेललाई लिएर दाहालले आफू निकटको एक दैनिक पत्रिकाको आइतबारको अंकमा जेठ दुई गते नै राजीनामा दिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई पद हस्तान्तरण गर्न लागेको प्रचार गराएका हुन् । आफु निकटका दैनिकमा प्रधानमन्त्रीले पद हस्तान्तरण गर्न लागेको प्रचार गरिए पनि दाहाल नेतृत्वको सरकारले बजेट ल्याउनेगरी तयारी अघि बढेको छ । अर्थमन्त्री कृष्णबहादुर महरा बजेट तयारीमा तल्लीन छन् भने प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणी खनालले बजेट ल्याउने र स्थानीय तहको दुवै चरणको चुनाव सम्पन्न गरिसकेपछि पद हस्तान्तरण गरिने वताएका छन् । महानगरमा कांग्रेससँग भएको चुनावी तालमेल टिकाएर प्रधानमन्त्री दाहालकी छोरीको मत नघटोस् भनेर मात्रै देउवालाई पद हस्तान्तरण गर्न लागेको प्रचार गरिएको स्रोतको दावी छ । राजनीतिक तवरबाट चुनावी तालमेल गरिएको भने पनि यी तीनवटै महानगरमा कांग्रेस नेताका नातेदारले मेयरमा उम्मेदवारी दिएकाले आ–आफ्ना पार्टीभित्र विद्रोह सामना गरेर भए पनि तालमेल गरेका हुन् । भरतपुर महानगरमा प्रधानमन्त्री दाहालकी छोरी रेणु, पोखरा महानगरमा सहरीविकास मन्त्री अर्जुननरसिंह केसीका ज्वाईं रामजी कुँवर र काठमाडौं महानगरमा उद्योगमन्त्री नवीन्द्रराज जोशीका दाइ मेयरको उम्मेदवार छन् । नेताका नातेदारलाई चुनावी मैदानमा सफल बनाउन कांग्रेस र माओवादीका कार्यकर्तालाई पार्टीगत मतदानबाट बञ्चित गरिएपछि उनीहरु त्यसप्रति असन्तुष्ट छन् । नेताका नातेदारलाई पदमा पुर्याउन कार्यकर्ताले माने पनि आम मतदाता यस्तो खालको तालमेललाई ब्यक्तिवादी, स्वार्थी र भ्रष्ट तालमेल ठान्छन् । भरतपुर कांग्रेसका कार्यकर्ताहरु नै ‘महारानी साहेवलाई जिताउन वाध्य छैनौं’ भनिरहेका बेला कांग्रेस समर्थक आम मतदाताले उनलाई मतदान गर्न सक्ने देखिंदैन । ठीक यसैबेला माओवादी अध्यक्ष दाहालले आफू निकट दैनिक पत्रिका मार्फत प्रधानमन्त्री पद हस्तान्तरण गर्न लागेको प्रचार गराएका हुन् । जव राजनीतिक तवरमा गरिनु पर्ने चुनावी तालमेल स्वार्थका लागि मात्रै हुन्छ तव त्यो तालमेल पालना नहुने निश्चित हुन्छ । उम्मेदवारी दर्ता गरिनु अगाडि नै तालमेलका लागि आधार तय गरेर सोही मुताविक दर्ता गरिएको भए बेग्लै कुरा नत्र यस्तो  चरित्रको तालमेलले असफलताकै नियति ब्यहोर्नु पर्छ । कसैकी छोरी, कसैका दाइ, कसैका ज्वार्इंलाई पदमा पुर्याउनकै लागि मतदाताले आफ्नो आस्था किन बिसर्जन गर्ने ? तालमेल लगत्तै त्यसको कार्यान्वयन नहुने स्पष्ट संकेत पनि देखिन थालेका छन् । किनभने भरतपुर महानगरमा कांग्रेसका मेयर उम्मेदवार दिनेश कोइरालाको उम्मेदवारी पार्टी सभापति शेरबहादुर देउवाको पत्रले खारेज गरियो । उम्मेदवार स्वयंको मौलिक अधिकार हनन गरी उम्मेदवार स्वयंले उम्मेदवारी फिर्ता नलिए फिर्ता नहुने न्यूनतम धर्म त्यहाँ निभाइएन । त्यसैले चितवन कांग्रेस प्रधानमन्त्री पुत्रीलाई समर्थन गर्ने निर्णय विरुद्ध सडकमा नै उत्रियो । यस्तो अवस्थामा प्रधानमन्त्रीको राजीनामाको मनोवैज्ञानिक प्रचार गराएर कांग्रेस समर्थक मतदातालाई रेणुको पक्षमा पार्न सकिने आधार छैन । दाहालपुत्री रेणुलाई मेयर र शेरबहादुर देउवालाई प्रधानमन्त्री भन्ने पारिवारिक सिण्डकेटको शिकार वैचारिक आस्था बोक्ने कार्यकर्ता किन हुने ? भरतपुरमा दिनेश कोइरालाको उम्मेदवारी देउवाको चिठ्ठीमार्फत फिर्ता गरिए पनि कांग्रेसको ठूलो तप्का एमाले उम्मदेवार देवी ज्ञवालीको पक्षमा खुलेर लागेको छ । त्यसको असर पोखरा र काठमाडौंमा देखिएको छ । पोखरामा कांग्रेस उम्मेदवार तथा सहरीविकास मन्त्री अर्जुननरसिंह केसीका ज्वाईं रामजी कुँवरलाई जिताउन माओवादी उम्मेदवारले आफ्नो नाम फिर्ता लिए पनि उपमेयरमा कांग्रेस उम्मेदवार सरस्वती गुरुङले उम्मेदवारी फिर्ता लिइनन् । त्यस हिसावले त्यहाँ कांग्रेस माओवादी तालमेल परस्पर अविश्वासमा रुमल्लिएको छ । काठमाडौं महानगरमा माओवादीले कांग्रेसका मेयर उम्मेदवार राजुराज जोशीलाई समर्थन गर्ने भनिए पनि माओवादीका मेयर उपमेयर दुवै उम्मेदवारले आफ्नो चुनावी प्रचार तीब्र बनाएका छन् । काठमाडौं महानगरमा माओवादीका मेयर उम्मेदवार सर्वाेत्तम डंगोलले पत्रकार सम्मेलन गरी शनिवार आफ्ना एजेण्डा नै सार्वजनिक गरे र आफ्नो उम्मेदवारी कायमै रहेको वताए । उनले काठमाडौं महानगरमा कांग्रेससँग चुनावी तालमेल गरिएको समाचार झुठो भएको दावी गरे । उनले काठमाडौं उपत्यकामा फोहोरबाट विजुली निकाल्ने र साझा बस सेवालाई विस्तार गर्ने एजेण्डा समेत सार्वजनिक गरे । ‘मैले उम्मेदवारी फिर्ता लिएको छैन, काठमाडौं महानगरमा कांग्रेससँग तालमेल गरिएको भन्ने पनि सत्य होइन’ काठमाडौं महानगरको मेयरमा माओवादी उम्मेदवार डंगोलले शनिवार भने, ‘म काठमाडौं महानगरमा जित्नेगरी चुनावी अभियानमा लागेको छु ।’ लोपालो सरकारको नेतृत्व लिने दुई दलबीचको भद्र सहमति कार्यान्वयन गर्दै प्रचण्डले सत्ता हस्तान्तरण गर्ने माओवादीका वरिष्ठ नेताहरूले बताएका छन् । सहमति कार्यान्वयन भएमा अहिलेको सत्तागठबन्धन पनि कायम रहने उनीहरूले बताएका छन् । गत १९ साउनमा प्रचण्ड प्रधानमन्त्री चुनिनुअघि कांग्रेस-माओवादीबीच स्थानीय निर्वाचन प्रचण्डको नेतृत्वमा तथा प्रदेश र केन्द्रको निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गर्ने भद्र सहमति भएको थियो । त्यतिखेर प्रचण्ड र देउवाले नौ–नौ महिना सरकारको नेतृत्व गर्ने समझदारी बनेको थियो । चैत मसान्तसम्म स्थानीय तहको निर्वाचन गर्ने र वैशाख पहिलो साता देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने समझदारी त्यतिवेला दुई दलबीच भएको थियो । तर, निर्वाचन ढिलो भएपछि प्रचण्ड नेतृत्वको सरकार एक महिना लम्बिएको छ । सरकारले ३१ वैशाख र ३१ जेठ गरी दुई चरणमा निर्वाचनको घोषणा गरेको छ । पहिलो चरणमा ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा लागि निर्वाचन हुँदैछ । दोस्रो चरणको निर्वाचनसम्म यही सरकार टिकाउने वा देउवालाई हस्तान्तरण गरेर चुनाव गराउने भन्ने दुवै पार्टीबीच ठोस समझदारी भने बनिसकेको छैन । प्रचण्डकै नेतृत्वमा दोस्रो चरणको निर्वाचन पनि गराउन कांग्रेस सहमत नभए जेठ पहिलो हप्ता देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गरिने माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न