Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भावी मेयर देवी ज्ञवाली भन्छन्-मत घटे पनि जित मेरै हुन्छ

2017 May 24 2:48 PM 42

विज्ञापन

Birat Cancer Hospital
भावी मेयर देवी ज्ञवाली भन्छन्-मत घटे पनि जित मेरै हुन्छ
अबिजाल बिष्ट बिराटनगर ।  भरतपुर महानगरपालिकाका एमाले उम्मेदवार देवी ज्ञवालीले मतान्तर घटे पनि आफूले नै जित्ने दावी गरेका छन् । माओवादीकी उम्मेदवार रेणु दाहालसँगको मतान्तर घटिरहेका बेला देवीले अन्तिम समयसम्म पनि आफूले नै अग्रता लिइरहने उनको दावी छ । संचारकर्मीहरुसंग कुरा गर्दै ज्ञवालीले भने, ‘सबै वडाको अन्त भइसक्दा, मतगणना टुंगिदा मेरो अग्रता कायमै रहेर निर्वाचन परिणाम आउनेछ ।’ भरतपुर महानगरपालिकाका २९ वडामध्ये १७ वटा वडा गणना भइसक्दा माओवादी मेयरकी उम्मेदवार रेणु दाहाललाई करिब ३८ सय मतले पछि पारेका देबीको मतान्तर अहिले २५ सयसम्म घटेको छ । उनले कांग्रेस-माओवादीको प्रभाव क्षेत्रको मतगणना गर्दा मतान्तर कम हुनु स्वाभाविक भएको बताए ।‘कतिपय क्षेत्रहरुको राजनीति, संगठनात्मक प्रकृति फरक-फरक हुन्छ । शिवनगर, सुन्दरबस्ती लगायतका केही ठाउँहरु छन् जहाँ कांग्रेस-माओवादीको संगठनात्मक आकार केही स्थितिमा छ,’ उनले पत्रकारहरुमाझ भने, ‘केही वडाहरुमा मैले जुन अग्रता प्राप्त गर्दै आइरहेको थिएँ, त्यो थोरै तल झर्ने छ । तर, केही वडाहरु आउनेछन् जसबाट मैले फेरि अग्रता लिनेछु ।’ ज्ञवालीले १४ नम्बर वडापछि २५ नम्बरको वडाको गणना गर्ने र त्यसमा अग्रता कायम रहने बताए । १५ नम्बर वडामा भने थोरै मतले आफू तल पर्ने उनले अनुमान गरे । वडा नम्बर १६, १७, १८ र १९ नम्बर वडाको मत गणना गर्दा एमालेले अध्यक्षसहित प्यानल जित्ने र आफू भारी मतअन्तरले अगाडि हुने ज्ञवालीले बताए । एमाले उम्मेद्वार ज्ञवालीले २८ हजार ४ सय ४० मत ल्याएका छन् । कांग्रेस–माओवादी गठबन्धनकी उम्मेद्वार रेणुले २५ हजार ९ सय ५६ मत पाएकी छन्। उपमेयरमा भने कांग्रेसकी पार्वती शाहले अग्रता लिएकी छन्। उनले २९ हजार ३ सय ३३ मत ल्याएकी छन् । एमालेकी दिव्या आचार्यले २५ हजार ६ सय १२ मत पाएकी छन् । भरतपुरका २९ वटा वडा मध्ये अहिलेसम्म १८ वटा वडाको मत गनिएको छ। अब ११ वटा वडाको मत गन्न बाँकी छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न