Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

२६ लाख ७४ हजार ५५७ मतदाता भएको प्रदेश नं १ को चुनाबी तिब्र, सब भन्दा कम मतदाता तेह्रथुम जिल्ला

2017 Jun 9 7:26 AM 25

विज्ञापन

Birat Cancer Hospital
२६ लाख ७४ हजार ५५७ मतदाता भएको प्रदेश नं १ को चुनाबी तिब्र, सब भन्दा कम मतदाता तेह्रथुम जिल्ला
अबिजाल बिष्ट,  मोरङ । पुर्वाञ्चलका धेरै जिल्लालाई हेर्ने गरी कार्यालय सन्चालनमा आएको क्षेत्रीय निर्बाचन  कार्यालय बिराटनगरले  आगामी असार १४ गते हुने स्थानीय निर्वाचनको तयारी युद्धस्तरमा भइरहेको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलका अनुसार प्रदेश नं १ मा रहेका १४ जिल्लाका १३७ गाउँपालिकामा स्थानिय निर्वाचन हुनेछ । पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख सञ्जेलका अनुसार कोसी पूर्वका १४ जिल्ला समेटिएको प्रदेश नं १ मा तीन उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ वटा गाउँपालिका छन् । ती स्थानीय तहमा एक हजार १५७ वडा छुट्याइएको छ । असार १४ गते हुने निर्वाचनका लागि २६ लाख ७४ हजार ५५७ मतदाताको नामावली प्रकाशित गरिएको छ । एक हजार ८६२ मतदानस्थल रहेको प्रदेश नं १ मा तीनहजार ४६० मतदान केन्द्र तोकिएको छ । यस प्रदेश अन्तर्गत मोरङ जिल्लामा एक उपमहानगरसहित आठ गाउँपालिका र आठ नगरपालिका छन् भने १५९ वडा तोकिएको छ । मोरङपछि दोस्रो बढी मतदाता रहेको जिल्ला झापा हो । झापामा पाँच लाख १० हजार २१३ मतदाता छन् । आठ नगरपालिका र नौ गाउँपालिका रहेको झापा जिल्लामा १३१ वडा विभाजन गरिएको छ । त्यस्तै, दुई उपमहानगरसहित छवटा गाउँपालिका र चारवटा नगरपालिका रहेको सुनसरी तेस्रो बढी मतदाता भएको जिल्ला हो । १२४ वडा रहेको सुनसरीमा चार लाख २१ हजार १५९ मतदाता छन् । प्रदेश नं १ मा रहेका जिल्लामध्ये सबैभन्दा बढी मोरङ जिल्लामा पाँच लाख ६३ हजार ८७० मतदाता रहेका छन् । त्यसैले मतपत्र गनेर प्याक गर्ने काम धमाधम भइरहेको मोरङका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले बताउनुभयो । यसै गरी संसद्को ठूलो पार्टी कांग्रेसले पनि उम्मेदवार घोषणा नै नगरी चुनावी प्रचार सुरु गरेको छ । कांग्रेस जिल्ला अध्यक्ष तथा सांसद डिकबहादुर लिम्बूले महानगरपालिका निर्वाचन क्षेत्र नम्बर ५, ६ र ७ परेकोले क्षेत्रहरुले उम्मेदवारको लागि गहन छलफल गरिरहेको  र जिल्लाको सबैभन्दा ठूलो गाउँपालिका केराबारीमा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष पदमा सर्वसम्मत उमेदवार चयन गरी क्षेत्रीय कार्य समितिमा सिफारिस गरिएको बताएका छन् । महानगरपालिका घोषणा भए पछि नेपाली कांग्रेसबाट महानगरको उम्मेदवारमा सांसद अमृत अर्याल, पार्टीका केन्द्रीय सदस्य डिला संग्रौला र नगर सभापति भीम पराजुलीको चर्चा छ । अहिले महानगरपालिकालगायत जिल्लास्थित १७ वटै तहमा पार्टी र चुनाव चिह्नको प्रचार प्रसार अभियान सुरु गरिएको अध्यक्ष  लिम्बू   बताए । यस्तै, एमालेले पनि उम्मेदवारबिना नै घरदैलो अभियान सुरु गरेको छ । एमालेले पनि उम्मेदवार घोषणा नै नगरी चुनावी प्रचार प्रसारमा जुटेको हो ।  एमाले नगर कार्यसमितिले उम्मेदवारको आकांक्षी अत्यधिक भएकोले केहीको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरेको छ । उपप्रमुखमा विमला घिमिरे, सावित्रा रेग्मी र शिल्पा कार्कीको नाम सिफारिस गरिएको छ । यस्तै, माओवादी केन्द्रले विराटनगर उपमहानगरपालिका हुँदा नै घोषणा गरेको उम्मेदवारहरुले प्रचार प्रसार अभियानलाई थालेको छ । माओवादीले प्रमुखमा भोगेन्द्र यादव र उपप्रमुखमा नमिता न्यौपानेको नाम घोषणा गरेर प्रचार प्रसारलाई तीव्रता दिएको छ । अब लागौ पुर्वाञ्चलका अन्य जिल्ला तिर । के अबस्था छ र कति मतदाता संख्या छ त्यो बारे बिश्लेषण गरौ ।  क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख सञ्जेलका अनुसार सबैभन्दा कम तेह्रथुम जिल्लामा ६० हजार ७०४ मतदाता रहेका छन् । ९५ हजार ३६७ मतदाता रहेको धनकुटा जिल्लामा तीन नगरपालिका र चार गाउँपालिका रहेका छन् । त्यस्तै, एकलाख ८९ हजार २७४ मतदाता रहेको इलाम जिल्लामा १० वटा स्थानीय तह छन् जसमा चार नगरपालिका र छवटा गाउँपालिका छन् । ९६ हजार ६५७ मतदाता रहेको सङ्खुवासभा जिल्लामा १० वटा स्थानीय तह छन् । ७६ वटा वडा रहेको सङ्खुवासभामा पाँच नगरपालिका र पाँच गाउँपालिका रहेका छन् । यसैगरी, तेह्रथुम जिल्लामा ६० हजार ७०४ मतदाता रहेका छन् भने दुई नगरपालिका र चार गाउँपालिका रहेको यस जिल्लामा ४३ वडा छन् । आठवटा स्थानीय तह रहेको पाँचथर जिल्लामा एक लाख १६ हजार ६२६ मतदाता छन् । एउटा नगरपालिका रहेको पाँचथर जिल्लामा ६० वटा वडा तोकिएको छ । त्यस्तै, एक नगरपालिकासहित आठवटा स्थानीय तह रहेको ताप्लेजुङ जिल्लामा ७० हजार ७७८ मतदाता छन् । सो जिल्लामा ६१ वडा निर्धारण गरिएको छ । नौवटा स्थानीय तह रहेको भोजपुर जिल्लामा एकलाख पाँच हजार ५५३ मतदाता रहेका छन् । दुई नगरपालिका र सात गाउँपालिका तोकिएको भोजपुरमा ८१ वटा वडा रहेका छन् । एक नगरपालिकासहित सात गाउँपालिका रहेको सोलुखुम्बु जिल्लामा ६१ हजार ७४६ मतदाता रहेका छन् । सोलुखुम्बुमा ५२ वटा वडा विभाजन गरिएको छ । ९१ हजार ५०८ मतदाता रहेको ओखलढुङ्गा जिल्लामा आठवटा स्थानीय तहमा ७५ वटा वडा निर्धारण गरिएको छ भने एक लाख १५ हजार ६४४ मतदाता रहेको खोटाङ जिल्लामा एक नगरपालिकासहित आठवटा स्थानीय तह छन् । यसैगरी, एकलाख ७५ हजार ४६१ मतदाता रहेको उदयपुर जिल्लामा चार नगरपालिका र चार गाउँपालिकामा ७५ वटा वडा विभाजन गरिएको छ । चुनावको सबै तयारी पूरा भएपनि पटक पटक चुनाव सर्दा चुनाव हुने वा नहुने भन्ने अन्योल कायमै रहेपनि मुलुकको विकासका लागि चुनाव गराउनैपर्ने सर्वसाधारणको भनाइ रहेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो