Live
| मंगलबार, जेठ २६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगर महानगरको स्थानीय चुनाव, महानगरको भिजन सहित राम्रो र हाम्रो बिराटनगर बनाउने योजना भएका एमाले उम्मेदवार– बिनोद ढकाल

2017 Jun 15 6:48 AM 29

विज्ञापन

Birat Cancer Hospital
विराटनगर महानगरको स्थानीय चुनाव,  महानगरको भिजन सहित राम्रो र हाम्रो बिराटनगर बनाउने योजना भएका एमाले उम्मेदवार– बिनोद ढकाल
अबिजाल बिष्ट । प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेस उम्मेदवार टुंगो नलगाएर अन्योलमा रहेको परिस्थितिलाई अवसरमा बदल्दै नेकपा एमालेले चुनावी अभियान थालेको छ । केही दिनअघि मात्र विराटनगर महानगरपालिकाको उम्मेदवार टुंगो लगाएपछि एमाले विगतका स्थानीयनिकाय चुनावलाई विश्लेषण गर्दै रणनीति बनाउन थालेको छ । एमालेले पञ्चायतपछि भएका तीन मध्ये दुई पटक स्थानीय निकाय चुनाव आफ्नो पक्षमा पारेको थियो । कांग्रेसको आधार क्षेत्रमा चुनाव लडिरहेका एमाले उम्मेदवार विनोद ढकाल संविधानसभाका दुई निर्वाचनमा एमालेले हारेको स्थितिलाई स्थानीय निकाय चुनावसँग जोडेर विश्लेषण गर्न नमिल्ने बताउँछन् । उनी लडिरहेको विराटनगर महानगरपालिकाले तीन वटा निर्वाचन क्षेत्र छोएको छ । मोरङका ५, ६ र ७नम्बर निर्वाचन क्षेत्रले महानगर घेरेको छ । यी क्षेत्र नेपाली कांग्रेसको संसदीय चुनाब जितेको हो तर त्यो आधार भनी भन्न सकिने अबस्था छैन् । त्यस बेला एमालेले समेत नेपाली काग्रेसलाई भोट हालेको अबस्था थियो । त्यसबाट एमालेले पाठ सिकेको छ । सबै एमाललेका साथीहरु र नेपाली काग्रेसका साथीहरुले मलाई सहयोग गर्ने बचन समेत दिनु भएको छ तसर्थ हामीले यो महानगरपालिकामा भोट पाउछौ । मोरङको राजनीतिमा नेपालीकांग्रेसका केन्द्रीय नेताहरु बिभाजित हुँदा कांग्रेसले उम्मेदवार टुंगो लगाउन सकेको छैन । मोरङको राजनीति हाँकेको कोइराला परिवारले युवा नेता भीम पराजुलीलाई अगाडि सार्न खोजेको छ। कोइराला परिवारको हातबाट मोरङ कांग्रेस फुत्काएपछि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा स्थानीय निकाय हतपत दिन मानिरहेका छैनन्। प्रधानमन्त्री देउवा नेता अमृत अर्याल र डा. डिला संग्रौलामध्ये एकलाई टिकट दिलाउनलागेका छन्। तर, कोइराला परिवारको सहयोगबिनायीदुबैलाई स्थानीयनिकायनिर्वाचन लड्न अप्ठेरो छ। सक्रियताको हिसाबले संग्रौला पछाडि छिन्, अर्याल लोकप्रिय छन्। पछिल्लो समय विराटनगरको मेयर उम्मेदवारी सम्भावनाअर्यालमै सरेको स्रोतहरू बताउँछन्। केन्द्रीय सदस्य डा. शेखर कोइराला, मिनेन्द्र रिजाल, आमोदप्रसादउपाध्याय, सुजाताकोइराला पराजुलीलाई उठाउन खोजिरहेका छन्। नेता महेश आचार्य आफ्नानातेदार विश्वनाथ रिजाललाई अगाडि बढाउन खोजिरहेका छन्। दोस्रो संविधानसभानिर्वाचनमा ५ नम्बर क्षेत्रमाउपेन्द्र यादवलाई पराजित गरी नेपालीकांग्रेसका अमृत अर्याल विजयीभएकाथिए। यादव र उनको मतान्तर निकै फराकिलो थियो। ६ नम्बर क्षेत्र महेश आचार्यको क्षेत्र हो भने ७ डा. शेखर कोइरालाको। तिनै नेताको प्रभाव क्षेत्रमाएमाले एक्लै लड्दैछ। ‘हामीकोहीसँगतालमेल नगरीकनै चुनाव लड्दैछौं, कडा टक्कर हुने देखिन्छ,’ ढकाल भन्छन्, ‘संविधानसभाको चुनावलाई लिएर यी क्षेत्रमाएमाले कमजोर छ भन्ने गरिन्छ, तर त्यसो हैन।’ उनले दुई वटा स्थानीयनिकायनिर्वाचनको उदाहरण दिए, २०४३ र २०५४। ढकालका अनुसार २०४३ सालमाकांग्रेसको दबदबा रहेका यिनै क्षेत्रमाएमालेले स्थानीयनिकायचुनाव लडेको थियो। त्यसबेलाएमालेका ध्रुवनारायण श्रेष्ठले जितेकाथिए। २०४८ सालमाएमालेले उम्मेदवारी दियो, तर चुनावबहिस्कार गर्यो। आधामतदान भएपछि एमालेले चुनावबहिस्कार गरेको थियो। तैपनि, एमालेले दुई वटा वडामा विजयप्राप्त गरेको ढकाल सम्झन्छन्। ‘हामीले चुनावबहिस्कार गर्ने स्थिति बन्यो, कांग्रेसले एकपक्षीयहिसाबले चुनावको परिणाम सार्वजनिक गर्यो,’ २०४१ सालदेखि नै मोरङ एमाले राजनीतिमा रहेका ढकाल भन्छन्। ०५४ सालको स्थानीयनिकायचुनावमाएमालेका रमेशचन्द्र पौडेलले जितेकाथिए। कांग्रेसको पकड राम्रो हुँदाहुँदै पनि उसबाट एमालेले मेयर उम्काएको थियो। त्यसहिसाबले पनिएमालेले स्थानीयनिकायको चुनावआफ्नो पक्षमा रहने दाबीगरिरहेको छ। ‘७नम्बर क्षेत्रको कुरा गर्नुहुन्छ भने संसदीयचुनावमा गुरु बराल, कमलकोइरालाले चुनावजित्नुभएको छ,’ ढकाल भन्छन्, ‘कांग्रेसको दबदबाभनिएका ५, ६ र ७नम्बर क्षेत्रमाविगतमाकुनै न कुनै बेलाएमालेले आफ्नो पक्षमापारेको छ, फेरि यो चुनाव संसदीयचुनावजस्तो हैन। हामी जित्छौं।’ संविधानसभानिर्वाचनमाभोट यी क्षेत्रमा ‘कमाण्ड’ गर्न नसकेको ढकालको दाबी छ। ‘हामीले उठाएका उम्मेदवार नै कमजोर थिए, अर्को भोट कमाण्ड गर्न सकिएन, भोट डाइभर्ट भयो,’ ढकाल भन्छन्। यीतिनै क्षेत्रमा दोस्रो संविधानसभानिर्वाचनमाएमालेले तेस्रो स्थानहासिल गरेको थियो। झन्डै १लाख १२ हजार मतदाता रहेको विराटनगरमाविगतको चुनावीनतिजाविश्लेषण गर्दा एमाले कमजोर छ। तर, स्थानीयनिकायनिर्वाचनमाउसले विगतमा सफलताहासिल गरेको छ। ‘घरदैलो कार्यक्रममाजाँदाहामीले कांग्रेसकै मतदाताबाट सद्भावपाएका छौं,’ ढकाल भन्छन्। के छ चुनावी एजेन्डा? केही दिनअघि मात्रउम्मेदवारी टुंग्याएको एमालेमाउपमेयर कसलाई उठाउने भन्ने अझै अन्योल छ। प्रमुखपदमाउम्मेदवारी टुंगो लागेपछि एमालेले चुनावीएजेन्डा तयार पार्दैछ। उसले प्रदेश नम्बर १ को राजधानीविराटनगरलाई बनाउने मुख्यएजेन्डा अगाडि सारेको छ। ‘घोषणापत्र, प्रतिबद्धतापत्र तयार पारिरहेका छौं, हामीविराटनगरलाई समृद्ध सहरको रुपमाविकसितगर्न चाहन्छौं,’ ढकाल भन्छन्, ‘मूल कुरा विराटनगरलाई प्रदेश नम्बर १ को राजधानी बनाउँछौं।’ उपमहानगर रहेको विराटनगर भर्खरैमात्रमहानगर भएको हो। यहाँको भूगोल, जनसंख्यामिलेको छैन। रिङरोडभित्रलाईमहानगर मान्ने किआसपासका क्षेत्रलाई पनिमान्ने टुंगो लागेको छैन। त्यसलाई किनारा लगाउने मुख्यकार्यभार रहेको ढकालको भनाइ छ। औद्योगिक क्षेत्र विकसितगर्ने, आर्थिक केन्द्र बनाउने, मिल्सएरियाकाधेरै उद्योग बन्द छन्, त्यहाँको रुग्णऔद्योगिक क्षेत्रमा प्राण भर्ने, विराटनगर जुट मिललाई पुनः सञ्चालनगर्ने, रोजगारीको अवसर सिर्जनागर्ने लगायतआर्थिक मुद्दा एमालेले उठाउने भएको छ।‘पहिलो त आर्थिक रुपमाजनतालाई सबल नबनाउञ्जेल विकास सम्भव छैन, तयसले हामीले आर्थिक मुद्दालाई प्राथमिकतामा राखेका छौं,’ ढकाल भन्छन्। विराटनगरको सडक चौडा पार्ने कामभइरहेको छ। तर, यो धिमागतिमा अगाडि बढिरहेको छ। यसलाई तीब्रतादिने, नभएकाकामलाई पूरा गर्ने र सफा, स्वच्छ विराटनगर बनाउने एमालेको एजेन्डा छ। ‘अहिलेको जमाना इन्टरनेटको दुनियाँहो, इन्टरनेटलाई टोलटोलमा पुर्याएर आधुनिक सहर तथा‘स्मार्ट सिटी’ बनाउने योजना छ,’ ढकालले भने। २०२५ सालमाभोजपुरको याङपाङ गाविसमाजन्मेका ढकालले कटका निमाविबाटअध्ययन सुरु गरेकाथिए। त्यहीँको सारदा माध्यमिक विद्यालयबाट २०४१ सालमाएलएलसीपास गरेपछि उनको परिवार बसाइँ सरेर विराटनगर आएको हो। ढकालले यहीँ पढे, यहीँ राजनीतिकजीवन अगाडि बढ्यो।जनमतसंग्रहताकै ७÷८ कक्षामा पढ्दादेखि अखिलको राजनीतिमाहोमिएकाउनीविराटनगर आएपछि बढी सक्रियभए। विराटनगरमा आएपछि ल क्याम्पसमाभर्ना भए। ४२ सालदेखि अनेरास्ववियुको सहप्रारम्भिक कमिटी हुँदै प्रारम्भिककमिटी, जिल्लाअध्यक्ष, केन्द्रीय सदस्य, अञ्चलइञ्चार्ज, पूर्वाञ्चलप्रमुख, संगठन विभागप्रमुखभई राजनीति गरेका ढकाल २०५७ सालदेखि पार्टीमा सक्रियभएकाथिए। नगर कमिटी सदस्य, उपाध्यक्ष, नगर अध्यक्ष, मोरङ जिल्ला कमिटी सदस्य, जिल्ला कमिटी सचिवहुँदै दुईपटक मोरङ जिल्लाको अध्यक्षभइसकेका छन्। पार्टीमा सक्रियताको हिसाबले आफूले जनताको चासो र आवश्यकताबुझेको उनी बताउँछन्। चुनावीअभियानकाक्रममाउनले दुई वटा मुख्य समस्या देखेका रहेछन्। पहिलो, विराटनगरको सुकुम्बासी समस्या र अव्यवस्थितबसोबास। यी समस्याले गर्दा महानगरमा बसे पनिजनताले बिजुलीनपाएको, उचितशिक्षादीक्षानपाएको उनले बुझेका छन्। त्यसैले, सुकुम्बासी समस्या र अव्यवस्थितबसोबासलाई व्यवस्थापनउनको पहिलो लक्ष्य छ। दोस्रो, बेरोजगारी समस्या छ। कामनपाएर मान्छेहरू भौंतारिएका छन्। कतिपय मान्छेहरू बिहानखाए बेलुका के खाउँ स्थितिमा रहेको ढकाल बताउँछन्। ‘त्यस्ताजनताकहाँ रोजगारी पुर्याउनअतिआवश्यक छ, आधारभूतशिक्षा, निःशुल्कशिक्षाको खाँचो छ, त्यो म पूरा गरेर देखाउँछु,’ ढकाल भन्छन्। ढकालका अनुसार जनता नेता र राजनीतिप्रतिनिकै निराश छन्। नेताले केहीनगरेको, राजनीतिउपयोगलक्षितमात्र रहेको गुनासो छ। ‘यो सबै मुलुक संक्रमणकालमा रहेर भएको हो, अब संक्रमण विस्तारै सकिँदैछ, अबको राजनीतिविकास र समृद्धिको हो भनेर भोट मागिरहेको छु,’ उनी भन्छन्। नोटः– पत्रकार खिला ढकालको सहयोगमा तयार पारिएको यो सामाग्री

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो